
नवग्रहलाई खुसी पार्न दाईने शंख देख्ने बित्तिकै ॐ लेखेर शेयर गर्नुहोस्
नवग्रहलाई खुसी पार्न यसरी गर्नुहोस शंखको प्रयोग :धार्मिक शास्त्र एवम् ज्योतिषशास्त्रमा शंखलाई अत्यन्त महत्वपुर्ण मानिएको छ । पौराणिक कथाका अनुसार अमृत प्राप्तिकालागी समुन्द्र मंथनका समयमा प्राप्त भएका १४ रत्नमध्ये शंख समेत रहेको थियो ।
शंख कुबेरको प्रतीक मानिन्छ । साथै देवी लक्ष्मी र भगवान विष्णुको प्रिय मानिन्छ । यसलाई घरमा राखेमा सुखसमृद्धि आउने विश्वास गरीन्छ । शंखलाई अलग अलग तरीकाले प्रयोग गर्दा ग्रह समेत प्रसन्न हुने गर्दछन् ।
ग्रहको अशुभ प्रभावबाट बच्न बार अनुसार शंखको प्रयोग गरे ग्रह अनुकूल बन्दछ । ज्योतिषमा सूर्यलाई मान सम्मानको कारक मानिएको छ । यदि कसैको कुण्डलीमा सूर्य कमजोर भएमा उसको सम्मानमा ठेस पुग्न सक्छ । साथै पिताको सम्बन्धमा समेत दरार आउन सक्छ ।
सूर्यको स्थिति अनुकूल बनाउन आइतबार शंखमा जल भरेर सूर्य देवलाई अर्घ्य दिनु पर्दछ ।सोमबारलाई भगवान शिव र चन्द्र ग्रहको बारको रुपमा मानिन्छ ।
दूधलाई चन्द्रको द्रव्य मानिन्छ । तसर्थ चन्द्र अनुकूल बनाउन सोमबार शंखमा दूध भरेर शिवजीलाई अर्पण गरेमा शिव प्रसन्न हुने र चन्द्रमा मजबूत हुने विश्वास रहेको छमंगलबार मंगल ग्रहको बारको रुपमा मानिन्छ । मंगल साहस र पराक्रमको कारक हो ।
तसर्थ मंगल अनुकूल बनाउन मंगलबार शंख बजाएर सुन्दरकाण्डको पाठ गरेमा मंगलको अशुभ स्थितिको कुप्रभावबाट बच्न सकिने मान्यता छ ।बुध ग्रह बुद्धि र वाकपटुता अर्थात वाणिको कारक मानिन्छ ।
साथै बुधबार बुध ग्रहको बारको रुपमा मानिन्छ । तसर्थ बुधबार शंखमा जल र तुलसी हालेर शालिग्रामको अभिषेक गरे बुध ग्रहको दुष्प्रभाव नष्ट हुने मान्यता छ ।
बिहिबार शंखमा केसरको टिका लगाएर भगवान विष्णुको पुजा गर्नु पर्दछ । यसले बृहस्पती ग्रहको शुभ फल प्राप्त गर्न र भगवान विष्णु र बृहस्पतीको कृपा पाउन सकिन्छ ।शुक्रबार शुक्र ग्रहको बारको रुपमा मानिन्छ ।
यो ग्रह धन, वैभव र भौतिक सुख सुविधाको कारक मानिन्छ । शुक्रलाई मजबूत गर्न शंखलाई सेतो रंगको कपडामा राख्नु पर्दछ । यसले शुक्र ग्रह बलवान हुन्छ । ।