२०८० जेष्ठ २३ मंगलवार

भर्खर टुकुचामा भेटिए महत्वपूर्ण बस्तुहरु, लुकेका तथ्य बाहिरियो, देख्नेसहित बालेनकै होस उड्यो !

 

भर्खर टुकुचामा भेटिए महत्वपूर्ण बस्तुहरु, लुकेका तथ्य बाहिरियो, देख्नेसहित बालेनकै होस उड्यो !

टुकुचा खोलामा भेटियो डुबेको सहकारीको महत्वपूर्ण कागजात (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)

टुकुचा खोला हराएको वर्षौ भइसक्यो । यदाकदा चर्चामा आउन भने छोडेको छैन । जय नेपाल हलको परिसरमा काठमाडौँ महानगरले डोजर लगाएर उत्खनन् गर्दा टुकुचा देखिएको पनि हो ।

 

तर, पूरातात्विक सम्पदा भन्दै त्यसलाई हालकै अवस्थामा छोडिदिन दबाब आएपछि महानगरका मेयर बालेन शाह पछि हटेका छन् ।

 

टुकुचा खोलाको यो प्रसंग यहाँ किन उल्लेख गरिएको हो भने, यो खेला किनारमा बनेका भवनहरुमा सरकारले खोजी गरेका कागजात भेटिन थालेको छ । यसको हालैको उदाहरण हो, समस्याग्रस्त घोषणा भएको चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको कागजात फेला पर्नु ।

 

२०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा भएको यो सहकारी संस्थाको बारेमा हालसम्म केही पत्ता लागेको थिएन ।

 

तर, गत असोज दोस्रो हप्तामा एउटा घरको अण्डरग्राउण्ड सटरबाट यस सहकारी सम्बन्धि कागजात फेला परेको छ । अचम्मको कुरा के छ भने, त्यो अण्डरग्राउण्ड सटर टुकुचा खोलाभन्दा तल छ ।

 

‘टुकुचा माथि नै बनेको घर होइन, टुकुचाको किनारमा बनेको घर रहेछ’ कागजात जफत गर्ने टोलीका एक सदस्य भन्छन्, ‘त्यो अण्डरग्राउण्ड सटरबाट टुकुचा खोला माथि देखिँदो रहेछ ।’चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड नामक सहकारी २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा भयो ।

 

त्यसपछि सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई यो सहकारीमा बचत रहेका बचतकर्ताको रकम फिर्ता गराउने कार्यादेशसहित आवश्यक कारबाहीका लागि लिखित रुपमा पत्र पठायो ।

 

तर, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जति नै प्रयास गर्दा पनि यो सहकारीबारे केही जानकारी पाउन सकेन ।

 

निरन्तरको प्रयास असफल भएपनि समितिले प्रयास गर्न भने छोडेन ।उक्त सहकारीको कार्यालय बसेको घरको ठेगाना र घरधनी पत्ता लगाउन कोसिस गरियो । त्यो पनि सफल भएन । किनकी, घरधनीले अर्कै व्यक्तिलाई रेखदेख र भाडा उठाउने गरी घर जिम्मा लगाएका थिए ।

 

निकै कोसिस गरेपछि उक्त सहकारीमा कारोबार गर्ने एक महिला फेला परिन् । सुरुमा त उनले पनि जानकारी नरहेको नै भनिरहिन् । तर, प्रहरी लगाएरै फकाइफुल्याई गरेर सोधपुछ गरेपछि ती महिलाले कमलादीस्थित काठमाडौँ प्लाजासँगै जोडिएको घर देखाइन् ।

 

उक्त घरका घरधनी प्रदीप प्रसाद प्रधान रहेछन् । प्रधानले शोहन श्रेष्ठलाई रेखदेख र भाडा उठाउने गरी घर जिम्मामा छोडेको पनि खुल्न आयो । शोहनले नै हाल उक्त घर हेरचाह गरिरहेको पाइयो ।

 

चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका कुनै कर्मचारी र सञ्चालक आउन छोडेपछि र १ वर्ष देखिको घरबहाल समेत नतिरेपछि उनै शोहनले अण्डरग्राउण्ड सटरमा लगेर ती कागजात राखेका रहेछन् ।

 

यसरी समितिले लामो कसरत गरेर बल्ल कागजात फेला पार्न सफल भएको छ ।काठमाडौँ महानगरपालिका वडा नम्बर २८, कमलादीस्थित उक्त को–अपरेटिभको कार्यालय रहेको भवनबाट जफत गरिएका कागजात धुलाम्मे छन् । कतिपयमा धमिरा लागेर बुझ्न समेत कठिन भइरहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति स्रोत बताउँछ ।

 

तर, हालसम्म ती कागजात अध्ययन गर्दा ६ सय जना ऋणी फेला परेका छन् ।यो सहकारीबाट आफ्नो बचत फिर्ता नपाएको भन्दै १४ जनाले ब्याजसहित १ करोड ६५ लाख ३४ हजार ५ सय १८ रुपैयाँ १३ पैसा मागदावी गरेका छन् ।यसका सञ्चालकमा राजु श्रेष्ठ, शन्तोष आचार्य, प्रतिमा श्रेष्ठ, गोविन्द मरासिनी, स्वरुप मरासिनी, रेश्मा श्रेष्ठ र प्रसाद राइ लगायत रहेको खुलेको छ ।

 

‘समस्याग्रस्त घोषणा भएदेखि कोही पनि सम्पर्कमा छैनन्, सबै फरार छन्’ स्रोत भन्छ, ‘समस्याग्रस्त घोषणा गर्नै ढिला गरेपछि सञ्चालक र ऋणीहरु कागजात लुकाएर, फालेर आफ्नो सम्पत्ति लिएर फरार हुँदा रहेछन् ।’बिजपाटि

 

टुकुचा खोला खोज्ने बालेनको आँट

 

२४ जेठ, २०६६ मा काठमाडौं महानगरपालिकाले एक सार्वजिनक सूचना निकालेर टुकुचा (इक्षुमती) खोलामा भएको अतिक्रमण हटाउन भन्यो । तर, खोला खोज्न फिल्डमा गएन ।

 

२०७६ सालमा फेरि टुकुचा खोज्न महानगरले वडा नम्बर १ को कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्राचार गर्‍यो । उपत्यका विकास प्राधिकरण फिल्डमा पुग्यो तर, महानगरपालिकाले ‘फलोअप’ गरेन ।

 

टुकुचाको खोजीको विषय पटक-पटक उठ्दा पनि बीचमै सेलाउनुको मूल कारण थियो, जय नेपाल हल (नारायणहिटीको दक्षिण पर्खालसँगै सडकपारि) देखि काठमाडौं मलसम्म खोला नै गायब हुनु ।

 

यो खोला गायब भएका क्षेत्रमा ठूला-ठूला व्यवसायिक र आवासीय भवनहरु बनेका छन् । टुुकचा खोज्दा तिनलाई हटाउनु पर्ने अवस्था देखिएपछि महानगरको तत्कालीन नेतृत्वले आँट नै गर्न सकेन ।

 

हात्तीसारमा सडकको समानान्तर रुपमा बगेको टुकुचालाई करिब ४५० मिटरमा जमिनभित्र छोपिएको कुरा धेरैलाई थाहा नै थियो । तर, यति ठूला-ठूला कुन भवनको मुनि कुन भागबाट कस्तो अवस्थामा खोला बगिरहेको छ भन्ने कुरा खोजी नै भएन ।

 

३० वैशाख २०७९ को स्थानीय तह चुनावमा नयाँ नेतृत्व आएसँगै १२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकालेर फेरि भन्यो, ‘काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ) देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउनू ।’

 

सूचनामा घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैंले हटाउने चेतावनी दिएको थियो ।

 

यो पटक पनि टुकुचाबारेको सूचना विगतकै जस्तो ‘टाँस्नका लागि मात्रै हो’ भन्ने धेरैको अनुमान थियो । तर, बिहीबार दिउँसो साढे १ बजे जय नेपाल हलको परिसरमा महानगरको डोजर पुगेपछि भने अनुमान फेल खायो ।

 

यसपटक मेयर बालेन्द्र साह (बालेन) ले विगतको जसरी सूचना मात्रै जारी गर्ने तर, खोला नखोज्ने परम्परा तोडेका छन् । डोजर लिएर पुगेको महानगरको टोली बिहीबार दिउँसोदेखिनै जय नेपाल हलको उत्तरतर्फको परिसरमा खन्न तल्लीन रह्यो । सुरुमा जय नेपाल हलको परिसरमा करिब १५ फिट खोतल्दा महानगरले खोला ढाकिएको परम्परागत गुम्बज शैली नाला फेला पारेको थियो ।

 

निर्मल निवास पछाडि सुनदेवीबाट सुरु भएको टुकुचा खोला नारायणहिटी दरबार संग्रहालयभित्र कल-कल बगिरहेकै छ । तर, जब नारायणहिटीको पर्खालबाट बाहिर निस्कन्छ, त्यसपछि भने खोला हेर्न झण्डै ५०० मिटर तल काठमाडौं प्लाजानजिक आउनुपर्छ ।

 

विहीबार जय नेपाल हलको परिसरमुनि टुकुचा खोला भेटिंदा स्थानीय वासिन्दा नै अचम्मा परे । टुुकुचालाई गहिरो खाल्डोमा ईंटाको डोलो पाइप बनाएर बगाएको भेटिंदा हेर्नेका भीड लाग्यो । जब इँटाको गोलो पाइपभित्र बगिरहेको टुुकचा देखियो, भीडले परर तालीले स्वागत पनि गर्‍यो । भीड यति थियो कि भेटिएको टुकुचा हेर्न आउनेहरुलाई पन्छाउन नगर र ट्राफिक प्रहरीलाई मुश्किल पर्‍यो ।

 

खोलाको हराएको भाग उत्खनन गरेको हेर्न महानगरकी उपप्रमुख सुनीता डंगोल आफैं पनि त्यहाँ पुगेकी थिइन् । उनले स्थानीयलाई सहयोगको लागि धन्यवाद दिइन् ।

 

कसले खायो टुकुचा ?

 

दशकौं अगाडि हराएको टुकुचा खोलाको कहिले र कसले अतिक्रमण पर्‍यो भन्नेबारे सरकार र महानगर, नापी विभाग अनभिज्ञ छ । खोलामाथिको जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता छन् । उनीहरुसँग लालपूर्जा छ ।

 

उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी तिवारी खोला छ भन्ने देख्दा देख्दै त्यसमाथि नापी गर्नु नै नापी विभागको गम्भीर त्रुटिर र लापरवाही भएको बताउँछन् । ‘शीरतर्फ पनि खोला छ, पुछारतर्फ पनि खोला छ, बीचमा खोला छैन भन्ने पनि हुन्छ ?’ उनी भन्छन्, ‘त्यसमाथि नै भवन बनाउन दिएर विगतमा महानगरपालिकाले पनि गल्ती गरेको हो ।’

 

तर, महानगरपालिका भने टुुकचामाथि बनेका र तोकिएको सेट-ब्याक नछोडिएका कुनै पनि घरको नक्सा पास नभएको दाबी गर्छ । महानगरका एक अधिकारीका अनुसार २०३३ सालमा यस क्षेत्रमा नापी भएको हे । त्यतिबेला नै यो क्षेत्रमा खोला क्षेत्र कायम गरिएको थिएन । यसले गर्दा यहाँको जग्गा व्यक्तिको नाममा दर्ता हुँदै किनबेच भएको भेटिएको छ ।

 

‘तल र माथि खोला छ भने बीचमा खोला छैन भन्ने मिल्दैन, त्यसैले महानगरले त्यहाँ खोला छ भनेर नै नक्सा पास गरेको थिएन’, ती अधिकारीले भने, ‘त्यसैले कतिपयले त्यहाँ खोला बग्ने भाग छाडेर पनि भवन बनाएका छन्, अटेरी गरेर बनाउनेहरुको संरचना भत्किन्छ ।’

 

काठमाडौं महानगरपालिका वडा नम्बर १ वडाध्यक्ष भरतलाल श्रेष्ठ खोला कहिले छोपियो भन्ने विषयमा जानकारी नभए पनि खोला खोज्न सुरु गरिएको बताउँछन् । ‘टुकुचा खोलाको विषयमा धेरै सुनेको हो, यहाँ पहिलो खुला रुपमै खोला बग्थ्यो भन्ने सुनेको हुँ,’ उनले भने, ‘अब पानी देखिने गरी खोला बग्छ ।’

 

काठमाडौं महानगरपालिका-३ का वडाध्यक्ष प्रेम थापाका अनुसार यो हराएको भाग टुकुचाको ‘बोटल नेक’ हो । यसका कारण माथिल्लो क्षेत्रमा खोला थुनिएर वडा नम्बर २ र ४ का खोला किनारका बासिन्दालाई सताउने गरेको छ । ‘२ नम्बर वडाको आधा क्षेत्रको टुकुचाको पानी जाम हुँदा वर्षायाममा डुबानमा पर्छ,’ उनी भन्छन् ।

 

निरन्तर उत्खनन्

 

काठमाडौं महानगरपालिकाका मेयर बालेनको सचिवालयका अनुसार जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्मको करिब ४ सय ५० मिटर टुकुचा खोला तत्काल खोलिनेछ । ‘नदीलाई अतिक्रमण हटाइने छ र छोपिएको भाग खुला हुने छ, काम निरन्तर हुन्छ,’ मेयर बालेनका सचिवालय सदस्य सुनील लम्साल भन्छन् ।

 

खानी तथा भूगर्भ विभागको प्राविधिक सहयोगमा खोलाको भूमिगत भएको स्थानहरु पत्ता लगाएपछि चिहृन लगाएर महानगर प्रहरीको सहयोगमा डोजर चलाएको लम्सालले बताए । काठमाडौं महानगरपालिकाले तीन जना इन्जिनियरलाई डोजर चलाउने स्थानमै राखेर काम गरेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । उनका अनुसार दैनिक विहानदेखि बेलुका ९ बजेसम्म दैनिक खोला उत्खनन गरिने छ ।

 

महानगरपालिकाका मेयरका रुपमा बालेन आएपछि महानगरले बोनाफाइड इन्जिनियरिङ कन्सलटेन्सीमार्फत टुकुचाको खोला पहिलेको अवस्था, हालको भएको अतिक्रमण र महानगरले महानगरले गर्नुपर्ने कामको सम्बन्धामा अध्ययन भएको थियो ।

 

टुकुचा काठमाडौं महानगरभिर्त्र उत्पत्ति भएर महानगरमै अन्त्य हुने ५ किलोमिटर लामो खोला हो । टुकुचामा माथिल्लो तटीय क्षेत्रमा ३ मिटरदेखि तलको क्षेत्रमा तल्लो तटीय क्षेत्रमा ८ मिटरसम्म फराकिलो बहाब क्षेत्र छ ।

 

तर, खोलाका विभिन्न भागमा मापदण्ड विपरीत नक्सा मिचेर घर, टहरा र संरचनाहरु बनाइएका छन् । अब तोकिएको सबै बहाब क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने मेयर बालेनको योजना छ ।

 

यो खोलाको पानी प्रशोधनका लागि बाग्मतीमा मिसिनुअघि कमालमोचन घाट क्षेत्रमा प्रशोधन गर्न अहिले करिब ३ अर्बको लागतमा फोहोर पानी प्रशोधन केन्द्र बनाइँदैछ । यो काम सकिएपछि टुकुचाले शहरकै बीचमा लुकेर बग्नुपर्ने अवस्था नआउने महानगरका अधिकारीहरु दाबी गर्छन् ।

 

Post navigation

Previous: प्रदेश खारेजको माग गर्दै रबि र बालेन भोलि १० बजे संसद भवनमा जाँदै

Next: देउवालाई फेरी सरप्राइज: बन्यो वाम सरकार, ओलीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री, रास्ट्रपति को ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

Comment *

 

Name *

 

Email *

 

Website

 

Save my name, email, and website in this browser for the next time I comment.

 

 

Search

 

Recent Posts

मैले कमलाको गित सुने राम्रो लाग्यो गितको लागि बिरोध गर्न पर्दैन: मेयर बालेन नया टुइस्ट: प्रचण्ड पहिलो प्रधानमन्त्री बन्नेमा जुट्यो सहमति, दोश्रो इनिंग पौडेलको, रास्ट्रपति देउवा गठबन्धन जोगाउन रामचन्द्र पौडेलको दौडधुप, प्रचण्ड माधवसंग मागे हारगुहार म यो देशका सबै बेरोजगार युवाहरुलाई रोजगार दिन्छु: रबि लामिछाने भर्खरै रबि नेपाली नागरिक भएको पुस्टि, नागरिकता विवादमा सर्वोच्चले दियो यस्तो आदेश

२०७९ पुष ९, शनिबार प्रकाशित 1 Minute 122 Views