
कपडा नलगाई सुत्दा हुन्छ यति धेरै फाइदा
अधिकांश मानिसहरु राति सुत्दा हल्का, पातला पहिरनहरु लगाउँछन्, किनभने राति सुत्दा रिल्याक्स भएर सुत्नु पर्छ । तर, यही कुराको बारेमा समेत धेरैलाई जानकारी हुँदैन । अहिलेको व्यस्त जीवनमा अधिकांश मानिसहरु साँझ घर पुग्दा थकित भैसकेका हुन्छन् ।
कहिलेकाहीँ त मानिसहरु यति थाकेका हुन्छन् कि अफिसबाट आएको लुगा नै नफुकाली सुतिदिन्छन् । तर, त्यसरी सुत्नु कतिसम्म हानिकारक छ भन्ने कुरा उनीहरुलाई जानकारी नै हुँदैन । राति हाम्रो शरीरलाई निकै कूल राख्नु अति नै आवश्यक छ । गह्रौं कपडाहरु केही मानिसहरु सुत्न त सुत्छन्,
तर उनीहरुलाई तीनै पहिरनका कारण गहिरो निद्रा पर्दैन । यसो गर्नाले हाम्रो शरीरलाई नै विभिन्न प्रकारले हानी भैरहेको हुन्छ । त्यसो त अधिकांश व्यक्तिहरु राति कपडा लगाएर सुत्ने कि कपडा खोलेर सुत्ने भन्ने बारेमै दुविधामा हुन्छन् । यो कुराको निकै सोझो तथा सरल समाधान के छ
भने हामीले सधैं राति कपडा खोलेरै सुत्नु पर्छ, किनभने यसले हाम्रो शरीरलाई निकै फाइदा पुर्याउँछ । आज हामी तपाईंहरुलाई ती फाइदाहरुका बारेमा जानकारी दिँदैछौं :
ब्लड प्रेसरका लागि कपडा नलगाइकन सुत्नाले रक्त सञ्चार उचित तरिकाले हुन्छ र ब्लड प्रेसर पनि नियन्त्रणमा रहन्छ । साथै कपडा खोलेर सुत्नाले अक्सिटोसिन हार्मोन बढ्छ, जसका थुप्रै फाइदाहरु छन् । यसले तनाव र टेन्सन कम गराउन सहयोग पुर्याउँछ ।
छालाका लागि जब तपाईं कपडा नलगाइ सुत्नु हुन्छ, यसबाट तपाईंले छालास’म्बन्धी विभिन्न स’मस्याहरुबाट छुटकारा पाउनु हुनेछ । यसले तपाईंको शरीरले पूर्णरुपले हावा पाउँछ र छालामा संक्रमण जस्ता थुप्रै समस्याहरुबाट छुटकारा मिल्छ ।
राम्रो नि’द्राका लागि जब तपाईं कपडाबिना नै सुत्नु हुन्छ, तपाईंलाई निकै गहिरो निद्रा पर्नेछ । किनभने यसले तपाईंको शरीरलाई ओभर हिट हुनबाट बचाउँछ र राम्रो निद्रा पर्छ । यसले श’रीरमा शितलता प्राप्त हुन्छ भने श’रीरको तापमान पनि नि’यन्त्रणमा रहन्छ, जसका कारण हाम्रो दिमाग पनि सामान्य अवस्थामा रहन सहयोग पुग्छ ।
म’हिला-पु’रुष दुवैका लागि कपडा नलगाइ सुत्नु म’हिला र पु’रुष दुवैका लागि उत्तिकै फाइदाजनक छ । यसबाट श’रीरका जुन अं’गहरुमा अत्यधिक पसिना आउँछ, ती अं’गहरुमा संक्रमण हुने स’म्भावना पनि न्यून रहन्छ ।
राम्रो स्मरणका लागि यदि तपाईं कपडा नलगाइ सुत्नु भयो भने गहिरो निद्रा पर्छ र स्म’रणशक्ति पनि बढ्छ । किनभने गहिरो निद्राले शरीरमा ग्रोथ हार्मोनको उत्पादन बढ्छ, जुन दिमागको वृद्धिका लागि पनि सहायक मानिन्छ ।एजेन्सी