२०८० जेष्ठ २३ मंगलवार

दुधमा गुड र बेसार मिसाएर पिउँदा शरीरले पाउँछ यी ५ फाइदा, जान्नुहोस् यस्तो छ खाने तरिका

बेसार र दुधका फाइदाबारे तपाईंलाई थाहा होला । चिसो वा संक्रमण भएको अवस्थामा बेसार हालेको दूध पिउन सल्लाह दिइन्छ । यसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर के तपाईलाई थाहा छ दूधमा बेसारका साथै गुड मिसाएर पिउनु कति फाइदाजनक हुन्छ ? वास्तवमा दुधमा गुड र बेसार मिसाएर पिउँदा यसको शक्ति थुप्रै गुणा बढ्ने गर्छ । यसको सेवनले शरीरको प्रतिरोधी क्षमता बढ्छ र थुप्रै्र गम्भीर समस्या हटाउन पनि यो निकै फाइदाजनक हुन्छ ।

गुड, दूध र बेसारका फाइदाहरू: दूधमा बेसार र गुड मिसाएर पिउनाले स्वास्थ्यमा धेरै फाइदा हुन्छ । दूधमा क्याल्सियम, प्रोटिन, म्याग्नेसियम र फस्फोरस आदि पाइन्छ भने भिटामिन ए, भिटामिन बी र ल्याक्टिक एसिड पाइन्छ । यसका साथै गुडमा पर्याप्त मात्रामा क्याल्सियम, आइरन, सुक्रोज, ग्लुकोज र मिनरल्स पनि पाइन्छ । साथै, बेसारमा पाइने गुणले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाएर संक्रमणबाट बचाउने काम गर्छ ।

१. शरीरको शक्ति बढाउँछ: दूधमा गुड र बेसार मिसाएर पिउनाले शरीरलाई पर्याप्त पोषकतत्व प्राप्त हुन्छ । यसको सेवनले कमजोरीको समस्याबाट छुटकारा पाउन र शरीरको शक्ति बढाउन निकै फाइदाजनक हुन्छ । दूध, गुड र बेसारको नियमित सेवनले शरीरलाई बलियो बनाउँछ ।

२. पेटका लागि लाभदायी: दूधमा गुड र बेसार मिसाएर पिउँदा पाचन प्रणालीमा धेरै फाइदा हुन्छ । यसको सेवनले पाचन प्रणाली सुधार्न र पेटसम्बन्धी समस्याबाट छुटकारा पाउन निकै फाइदाजनक हुन्छ । तातो दूधमा बेसार र गुड मिसाएर पिउनाले धेरै फाइदा हुन्छ ।

३. मोटोपनबाट छुटकारा: मोटोपनाको समस्याबाट छुटकारा पाउन दुधमा गुड र बेसार मिसाएर पिउनु निकै फाइदाजनक हुन्छ । दूध, गुड र बेसारमा पाइने पोषक तत्व तौल घटाउन निकै फाइदाजनक हुन्छ । हरेक रात एक गिलास मनतातो दूधमा बेसार र गुड मिसाएर पिउनाले निकै फाइदा मिल्छ ।

४. जोर्नी दुखाइमा लाभदायी: दूध र गुड क्याल्सियमको धेरै राम्रो स्रोत मानिन्छ । नियमित रुपमा दुधमा गुड र बेसार मिसाएर पिउनाले जोर्नी र हड्डीको दुखाईमा धेरै फाइदा हुन्छ । यसको सेवनले हड्डी पनि मजबुत हुन्छ । दुधमा गुड र बेसार मिसाएर पिउँदा यस्ता फाइदा हुन्छन् । केही दिनसम्म यसको नियमित सेवन गर्नाले स्वास्थ्यमा पर्ने असरबारे तपाईंले महसुस गर्न थाल्नुहुन्छ । यदि तपाईलाई कुनै प्रकारको रोग वा समस्या छ भने, चिकित्सकको सल्लाह बिना यसको सेवन नगर्नुहोस् ।

२०७९ पुष १४, बिहीबार प्रकाशित 0 Minutes 60 Views