२०७९ माघ १६ सोमबार

भर्खरै ड’रलाग्दो ठाउँमा रबीको छड्के, १ सय ६५ प’क्राउ, थुप्रैको भागा’भाग !

भर्खरै ड’रलाग्दो ठाउँमा रबीको छड्के, १ सय ६५ प’क्राउ, थुप्रैको भागा’भाग !

काठमाडौंमा आपराधिक क्रियाकलापमा संलग्न १ सय ५५ जना पक्राउ

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले छ महिनाको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न १ सय ५५ जनालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरीले चालू आव २०७९/८० को साउनदेखि पुससम्मको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न १ सय ५५ जनालाई पक्राउ गरेको हो।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका १ सय ५५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए।

 

पक्राउ परेकालाई अदालतले २९ वर्ष पाँच महिना छ दिन कैद र दुई करोड ९४ लाख ४९ हजार सात सय ५६ रुपैयाँ जरिवाना असुल गरेको प्रवक्ता मैनालीले बताए।

 

८९ प्रतिशत वैदेशिक रोजगार बचतपत्र बिक्री भएन

 

विदेशमा रहेका नेपालीलाई ऋणपत्रबारे पर्याप्त जानकारी नभएको, आवेदन दिन सम्बन्धित व्यक्ति भौतिक रुपले उपस्थित हुनुपर्नेलगायत झन्झटका कारण आकर्षण घट्दो

 

काठमाडौँ — साढे १२ प्रतिशत ब्याजदर र अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था हुँदा पनि करिब ८९ प्रतिशत वैदेशिक रोजगार बचतपत्र बिक्री भएको छैन । गत आर्थिक वर्षमा सरकारको आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले बिक्री आह्वान गरेको ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रमध्ये ११.३४ प्रतिशत मात्र बिक्री भएको छ ।

 

यसले धेरैभन्दा धेरै ऋणपत्र बिक्रीका लागि सरकार र राष्ट्र बैंकबाट भएका भनिएका सबै प्रयास असफल साबित भएको जानकारहरू बताउँछन् ।

 

आह्वान गरिएकोमध्ये निकै कम मात्र वैदेशिक रोजगार बचतपत्र बिक्री हुनु नेपालमा नयाँ भने होइन । पछिल्लो १२ वर्षमा आह्वान भएकोमध्ये ५.२२ प्रतिशत मात्र वैदेशिक रोजगार बचतपत्र बिक्री हुनुले उक्त तथ्य पुष्टि हुन्छ । यद्यपि गत आर्थिक वर्ष धेरैभन्दा धेरै बचतपत्र बिक्रीका लागि सरकार र राष्ट्र बैंकले अनेक प्रयास गरेको दाबी गरेका थिए । यस्तो अवस्थामा पनि आह्वान गरिएको भन्दा निकै कम मात्र बचतपत्र बिक्री हुनुलाई चासोका रूपमा हेरिएको छ ।

 

पछिल्लो १२ वर्षमा राष्ट्र बैंकले कुल १४ अर्ब ८ करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्रीका लागि आह्वान गरेको छ । गत वर्षसम्म आह्वान गरिएका कुल बचतपत्रमध्ये ५.२२ प्रतिशत (७३ करोड ५९ लाख रुपैयाँ) मात्र बिक्री भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीका लागि लाभदायक भए पनि विदेशमा रहेको नेपालीहरूलाई उक्त ऋणपत्रबारे पर्याप्त जानकारी नभएको, जानकारी भए पनि आवेदन दिन सम्बन्धित व्यक्ति भौतिक रूपले उपस्थित हुनुपर्नेलगायत झन्झट रहेको बताइएको थियो ।

 

ती समस्या समाधान गर्न भन्दै गत आर्थिक वर्षमा व्यापक रूपमा प्रचारप्रसार गर्दै आफू रहेकै स्थानबाट अनलाइनमार्फत बचतपत्र खरिद गर्न सकिने, साढे १२ प्रतिशत ब्याजदर प्रदानलगायत व्यवस्था राष्ट्रले गरेको थियो । यो ब्याज रकम हाल वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा दिनेभन्दा बढी हो । हाल वाणिज्य बैंकहरूले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ ब्याजदर प्रदान गर्दै आएका छन् ।

 

गत वर्षदेखि बचतपत्र वैदेशिक रोजगारीमा गएकाहरूले आफू भएकै राष्ट्रबाट बचतपत्र किन्न सक्ने व्यवस्था गरिएको छ । यसमा लगानी गरेको रकममा कर लाग्दैन । ६/६ महिनामा ब्याज भुक्तानी पाइन्छ । आवश्यक परेका बेला बिक्री गर्न र बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन पनि सकिन्छ ।

 

उल्लिखित सुविधा भए पनि वैदेशिक रोजगारीमा गएका नेपालीलाई बचतपत्रबारे पर्याप्त जानकारी नहुँदा अपेक्षित बिक्री हुन नसकेको नेपाली मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले बताए । खासगरी विकसित राष्ट्रमा मध्यम र उच्च स्तरको काम गर्न जाने नेपालीलाई लक्ष्य गरेर प्रचारप्रसार गरेका बचतपत्र बिक्रीमा समस्या नहुने उनको बुझाइ छ ।

 

‘यो धेरै राम्रो र सुरक्षित लगानीको औजार हो । राम्रो ब्याज पाइन्छ । लगानी भएको रकममा कर छुट हुन्छ,’ उनले भने, ‘चाहेको समयमा बिक्री गर्न सकिन्छ ।’ लगानीको सुरक्षित औजार हुँदाहुँदै पनि सम्बद्ध मानिसहरूलाई पर्याप्त प्रचारप्रसार र शिक्षा दिन नसक्दा निकै कम मात्र बचतपत्र बिक्री भएको टण्डनको भनाइ छ । ‘सरकारले हरेक देशमा रहेको राजदूतावाससँग समन्वय गरेर व्यापक रूपमा प्रचारप्रसार गर्नुपर्छ,’ उनले थपे, ‘यो कार्यमा हरेक पाइलामा सहकार्य गर्न रेमिट्यान्स कम्पनी तयार छन् ।’

 

बजार ब्याजदरभन्दा धेरै प्रतिफल सुनिश्चित भए पनि बिक्री नहुँदा वैदेशिक रोजगार बचतपत्र कार्यक्रम पूर्णरूपमा असफल भइसकेको राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले बताए । ‘यो पूर्णरूपमा असफल कार्यक्रम हो,’ ती अधिकारीले भने, ‘राष्ट्र बैंकले प्राण जोगाएर जीवित राखेको मात्र हो ।’ बचतपत्र बिक्री सुरु गरिएको दशकभन्दा बढी समय हुँदा पनि लक्षित वर्गसम्म नपुगेको उनको दाबी छ ।

 

वैदेशिक रोजगारीमा गएका बहुसंख्यक नेपालीसँग परिपक्वको अवधि धेरै भएको बचतपत्र किन्ने पैसा हुँदैन । अलिअलि भएको पैसा पनि घरघडेरीलगायतमा खर्च गर्छन् । ‘अलिअलि बिक्री भएका बचतपत्र पनि संयुक्त राष्ट्रसंघलगायत राम्रो विदेशी नियोगमा काम गर्ने नेपालीले खरिद गरेका हुन्,’ उनले भने, ‘विदेशमा कमाएको रकम पठाएरै घरबार चलाउने नेपालीको बचतपत्रसम्म पुहुँच नै पुगेको छैन ।’

 

वैदेशिक रोजगार बचतपत्रका लागि भएका प्रयास पर्याप्त नभएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले स्विकारे । ‘अघिल्ला वर्षको तुलनामा गत वर्ष राम्रो प्रचारप्रसार गरिएको थियो । यद्यपि त्यो पर्याप्त भएन,’ उनले भने, ‘सम्बन्धित नेपालीहरू समक्ष बचतपत्रमा लगानी गर्दाका लाभबारे जानकारी पुर्‍याउनै सकिएको छैन ।

 

आउँदा दिनमा प्रचारप्रसार अझै व्यापक बनाउनुपर्छ ।’ विदेशमा रोजागारीमा रहेका धेरै नेपालीलाई बचतपत्रबारे राम्रोसँग जानकारी गराउन नियामक निकाय, रेमिट्यान्स कम्पनी र सरकारका विदेशस्थित निकाय संयुक्त रूपमा लाग्नुपर्ने उनले बताए ।

 

वैदेशिक रोजगार बचतपत्र रोजगारीका लागि विदेश गएका र गैरआवासीय नेपालीले खरिद गर्न पाउँछन् । बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) का नाममा किन्न पाउने व्यवस्था छ  ।

 

बचतपत्र पाँच वर्ष अवधिको हो । वाणिज्य बैंकको भन्दा धेरै ब्याज पाइन्छ । ब्याज ६/६ महिनामा भुक्तानी हुन्छ । लगानीकर्ताले घटीमा ५ हजार र बढीमा ५ हजारले भाग गर्दा निःशेष हुने गरी लगानी गर्न पाउँछन् ।

 

बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन पाइन्छ । वैदेशिक रोजगार बचतपत्र नयाँ अवधारणा होइन । आर्थिक वर्ष ०६६/६७ देखि नै यस्तो बचतपत्र निष्कासन सुरु भएको हो । सरकारले हरेक वर्ष यस्तो बचतपत्र बिक्री आह्वान गर्दै आएको छ ।

२०७९ पुष १७, आईतवार प्रकाशित 1 Minute 429 Views

ताजा समाचार