२०८० जेष्ठ २७ शनिबार

अमिलो डकार आउँदा ‘ग्यास्ट्रिक’ मात्रै होइन ‘जिइआरडी’ रोग पनि भएको हुनसक्छ

अमिलो डकार आउँदा ‘ग्यास्ट्रिक’ मात्रै होइन ‘जिइआरडी’ रोग पनि भएको हुनसक्छ

मुखबाट अमिलो पानी वा डकार आउने समस्या हामी धेरैमा हुन सक्छ। हाम्रो सन्दर्भमा यो समस्या आम बनिसकेको छ। प्राय: खाना खाएपछि मानिसलाई डकार आउने गर्छ । पेटमा भएको हावा बाहिर निस्कनेक्रममा पेटबाट अमिलो डकार निस्कने गर्छ । यस्तो समस्या देखिनासाथ हामी ‘ग्यास्ट्रिक’ भयो भन्छौं ।

 

केही चिज खाएपछि अमिलो डकार, अमिलो पानी आउने या छातिको बीचतिर दुख्ने, छाति पोल्ने, सुक्खा खोकी लागिरहने लगायतका लक्षण महसुश गर्नुभएको छ ? यसो भनिरहँदा पेटका हरेक समस्या ‘ग्यास्ट्रिक’ मात्र हुँदैन । विशेष गरी पल्टेपछि वा सुतेपछि अथवा बिहानीपख यस्ता समस्या बढ्ने गरेको छ भने तपाईलाई ‘ग्यास्ट्रो एसोफेगल रिफ्लक्स’ रोग भएको हुनसक्छ।

 

सामान्यतया आमाशय (पेट) ले एसिड निकाल्छ। जुन पाचनमा र किटाणुबाट बच्न प्रयोगमा हुन्छ। यो एसिडको मात्रा धेरै हुँदा कसैको खानानली र पेटलाई जोड्ने भाग खुकुलो भएर आउँछ । जसले गर्दा पेटमा रहने एसिडमाथि छातिमा र घाँटीमा आउन थाल्छ। जसलाई हामी ग्यास्ट्रो एसोफेगल रिफ्लक्स रोग पनि भन्दछौं।

 

यो समस्या बिशेष गरी युवा वर्ग, महिला, मोटो ब्यक्ति,मानसिक तथा शारीरिक थकान बढी हुने किसिमका काम गर्ने व्यक्तिहरुमा यो समस्या देखिन्छ । खानपिनको ख्याल नराख्ने, समयमा खाना खाजा नखाने, घर बाहिर बढी खाजा र खाना खाने ब्यक्तिहरुमा यो समस्या बढि हुन्छ।

 

रिफ्लक्सका अधिकांश बिरामी ‘ग्यास्ट्रिक’ भन्दै उपचार गराइरहेको पाइन्छ। समस्याको सही पहिचान समयमा नहुँदा मानिस पनि ग्यास्ट्रिककै औषधि लामो समयसम्म खाइरहेका हुन्छन् । औषधि खाँदा हल्का निको भएको अनुभव पनि हुन्छ।

 

कति बिरामी त औषधि खाँदा ठीक तर औषधि छोड्न साथ गाह्रो महसुस हुन्छ । यो रोगबाट बच्नका लागि धेरै पानी बढी पिउने, हरियो साग सब्जी, तरकारी खाने, गिलो गरेर दाल भात खाने, खाजा राम्रो खाने गनुपर्दछ । त्यसैगरी, खाली पेट बस्दै नबस्ने तर खान पायो भन्दैमा धेरै टन्नै पनि नखाने। खाना खान साथ नपल्टने। खाना खाएको २ घण्टा पछि मात्र सुत्ने गर्नुपर्दछ ।

२०७९ पुष १८, सोमबार प्रकाशित 1 Minute 35 Views