२०८० जेष्ठ २३ मंगलवार

अभिनेत्री मलिना र सुशान्तको ब्रेकअप

अभिनेत्री मलिना र सुशान्तको ब्रेकअप

अभिनेत्री तथा पूर्व मिस नेपाल मलिना जोशीको सुशान्त प्रधानसँग ब्रेकअप भएको छ।

मलिना र सुशान्तले आफ्नो प्रेम सम्बन्धबारे खुलेर कुरा गर्थे। उनीहरू सामाजिक सञ्जालमा एकअर्काको फोटो समेत सेयर गर्थे।

मलिनाले सुशान्तको जन्मदिनमा ‘ह्याप्पी बर्थ डे लभ’ भन्दै इन्स्टाग्राममा तस्बिर पोस्ट गरेकी थिइन्। त्यसपछि उनले प्रेमीसँग कुनै तस्बिर पोस्ट गरेकी छैनन्।

यसैबीच उनीहरूको ब्रेकअपको खबर बाहिरिएको छ। मलिनाले सञ्चार माध्यमसँग कुराकानी गर्दै यस खबरलाई पुष्टि गरेकी छन्।

‘कसैले आफ्नो प्रेम सम्बन्ध खुलाउँछ भने सधैंको लागि होस् भनेर नै हो। तर कहिलेकाहीँ सम्बन्धमा फरकपन आउँछ। कतिपय कुरा मेल नहँदा हामीले छुट्टिने निर्णय गरेका हौं। म उहाँको सधैं राम्रो होस भन्ने चाहन्छु,’ उनले भनिन्।

मलिना आगामी फिल्म ‘छक्का पन्जा ४’ मा देखिनेछिन्। यो फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुनेछ।

सुशान्त जिम ट्रेनर हुन्। उनले हालै पोडकास्ट पनि सञ्चालन गरेका छन्।

Setopati

२०७९ पुष २०, बुधबार प्रकाशित 1 Minute 65 Views