२०७९ चैत्र ७ मंगलवार

11 वर्षको उमेरदेखि लेबर काम गर्न थालेकी मुना अहिले १७ वर्षकि भएकी छिन् ।

11 वर्षको उमेरदेखि लेबर काम गर्न थालेकी मुना अहिले १७ वर्षकि भएकी छिन् ।

आफ्नी जन्मदिने आमा बिरामी भएको र उनले नै पाल्नु पर्ने भएर उनी यो काम गर्दै छिन्आमालाई औसधि पानी गर्न निकै गाह्रो परेको छ ।

सानै उमेरमा ५र६ तला माथी यत्रो भारी बोकेर हिड्न निकै गाह्रो त हुने तर आफ्नो जोहो गर्न काम नगरी नहुने उनी बताउछिन् ।भिडियो हेर्नुस्

विश्वको प्रदूषण जाँच्ने वर्ल्ड एअर क्वालिटी इन्डेक्समा काठमाडौंको प्रदूषणको तह १६५ देखिन्छ। त्यसमा पनि नारायणहिटी संग्रहालयको छेउमै रहेको क्षेत्रको वायुको आद्रता ९३ र वायु प्रदूषण १७३ देखिन्छ, जसमा पिएम २.५ (हजारौं हानिकारक धुवाँका कणहरूको मिश्रण)को तह ९८ देखिन्छ। यो प्रदूषणको तह विश्व स्वास्थ्य संगठनले तोकेको दैनिक मापदण्डभन्दा तीन गुणा बढी हो। त्यति खेर सडकमा सवारीको चहलपहल हुँदैन। तर, किन काठमाडौंमा बिहानैदेखि प्रदूषण धेरै हुन्छ त?

 

चिसो मौसममा जमीनको तल्लो तह चिसो हुने र माथिल्लो तहमा न्यानो हुने भएकाले हावासँगै प्रदूषणका कणहरू जति गहिराइ हुन्छ त्यति नै जमेर बस्ने प्रदूषणविज्ञ डा. भूपेन्द्र दास बताउँछन्। गर्मी महीनामा भने ठ्याक्कै उल्टो हुन्छ अर्थात् जमीनको तल्लो तह तातो र माथिको वायुमण्डल चिसो हुन्छ। वैज्ञानिकहरू यसैलाई इन्भर्जन भन्छन्। डा. दास भन्छन्, “जाडोमा चिसो हावाको एक तह बिहान-बेलुकी तल बस्छ, जसलाई तातो हावाले ढकनी जस्तै छोपेर राखेको हुन्छ। अग्लो ठाउँबाट हेर्दा माथि सफा, तल धमिलो देखिन्छ। त्यो धमिलो नै प्रदूषित हावा हो।”

 

हानिकारक कण हावामै थिग्रिएर बस्ने भएकाले धेरै चिसो समय अर्थात् बिहान र बेलुकीको समय अत्यन्त प्रदूषणमय हुँदा घर बाहिर निस्कन ठीक नहुने विज्ञ बताउँछन्। त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभाग प्रमुख डा. रेजिना मास्के प्रदूषण नघटेको र जाडोमा बेलुकी बालेको आगोको धुवाँ पनि त्यहीं वरपर बस्ने भएकाले बिहान ‘मर्निङ वाक’ जान नहुने बताउँछिन्। उनी भन्छिन्, “अस्वस्थ हावाका कारण बिहानै मास्क लगाउनुपर्ने अवस्था छ, बरु त्यो भन्दा घाम लागेपछि बाहिर जानु उपयुक्त हुन्छ। त्यति खेर प्रदूषण पातलो भएर फैलिएको हुन्छ।”

 

डा. दास विगत केही वर्षदेखि हिउँदमा पानी कम पर्ने र जाडो याममा प्रदूषण बढ्ने कुरा नियमित जस्तै भएको बताउँछन्। उनी भन्छन्, “पानी पर्दा प्रदूषणका कण जमीनमा आउँछ र त्यहीं अब्जर्भ हुन्छ, तर जाडो महीनामा पानी पर्ने दर ३० प्रतिशतले कम हुँदा प्रदूषणका कण हावामै रहन्छन्।”

 

देशैभरिका शहरहरूमा प्रदूषणको तह बढ्दै गएको तथ्याङ्कहरूले देखाउँछन्। त्यसमा पनि उपत्यकामा प्रदूषण उच्च छ, किनभने उपत्यकालाई वरिपरि अग्ला डाँडाले घेरेका छन्। वरिपरि डाँडाले छेक्दा वायु राम्रोसँग बाहिरिन पाउँदैन। यसो हुँदा हावामा भएका आँखाले देख्न नसकिने हानिकारक सूक्ष्म कण श्वास लिंदा फोक्सोमा पुग्छ।

 

डा. दास भन्छन्, “काठमाडौं कचौरा जस्तो छ। यहाँ भएका धूलो, धुवाँ बाहिर उडेर जान पाउँदैन। त्यसैले प्रदूषण बढ्दा हानिकारक कण श्वास मार्फत शरीरमा जाने सम्भावना हुन्छ।”

 

विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड अनुसार वायुको स्तर ५० सम्म हुनु राम्रो हो। संगठनका अनुसार १०० सम्म मध्यम, १०० देखि १५० सम्म खराब, १५१ देखि २०० सम्म अस्वस्थ र २०१ देखि ३०० सम्मको धेरै अस्वस्थ र ३०० भन्दा बढी पुग्दा आपत्‌कालीन अवस्था हो।

 

अहिले नेपालमा समग्र वायुको तह १७० भन्दामाथि छ, जुन अस्वस्थ हावा हो। यस्तै, हावामा हानिकारक पिएम २.५ को मात्रा एक क्युबिक मिटर (एक मिटर लम्बाइ, एक मिटर चौडाइ, एक मिटर उचाइ, एक मिटर गहिराइको क्षेत्र) भित्र २५ माइक्रोग्राम (कपालको एउटा रौंको गोलाइ बराबर) हुनुपर्ने बताएको छ। अहिले नै यो ६० को तहमा देखिन्छ, यो तोकिएको स्तरभन्दा तीन गुणा बढी हो।

 

गत वर्ष सुक्खा मौसममा ४० हजारभन्दा बढी ठाउँमा वन डढेलो लाग्दा प्रदूषणको तह ६०० सम्म पुग्यो। त्यति वेला विद्यालयहरू नै बन्द गर्नुपर्ने अवस्था आएको थियो। डा. दास भन्छन्, “अहिलेको प्रदूषण नै चिन्ताजनक छ, जबकि हामी अझै पिक समयमा पुगेकै छैनौं। अब अझै पानी परेन भने पुसको अन्तिमबाट माघको बीचसम्म अत्यधिक प्रदूषण हुने सम्भावना छ।”

 

मृत्युको कारण बन्दै

 

पिएम २.५ भनिने हानिकारक धुवाँबाट सन् २०१९ मा नेपालमा १७ हजार ९०० मानिसको मृत्यु भएको स्टेट अफ ग्लोबल एअरको वेबसाइटमा उल्लेख छ। यो तथ्याङ्क अनुसार, नेपालमा सन् २०१० देखि २०१९ सम्मको नौ वर्षको अन्तरालमा सबै उमेर र लिङ्गका गरी एक लाख ४५ हजार ४०० जनाले वायु प्रदूषणका कारण ज्यान गुमाइसकेका छन्। वायु प्रदूषणबाट हुने मृत्युको कारकमा हृदयाघात, श्वासप्रश्वास सम्बन्धी जटिलता, फोक्सोको क्यान्सर, श्वासनलीमा संक्रमण, निमोनिया, ब्रोनकाइटिस, श्वासप्रश्वास सम्बन्धी समस्या, मुटु रोग, डायबिटिज र शिशुहरूमा हुने विभिन्न समस्या छन्।

 

सो अध्ययनमा नेपालको वायुमा पिएम २.५ भनिने हानिकारक तत्त्वको तह विश्वमै प्रदूषित शहरहरू भएको भारतको जत्तिकै छ। जबकि, भारतमा सन् २०१९ मा नौ लाख ७९ हजार ७०० जनाको मृत्यु वायु प्रदूषणले निम्त्याएको जटिल स्वास्थ्य समस्याका कारण भएको थियो। नेपाल पनि विश्वको १० प्रदूषित शहरमध्ये पर्छ।

 

संयुक्त राष्ट्रसंघका अनुसार, कोरोनाभाइरसले भन्दा वायु प्रदूषणका कारण धेरै मानिसले ज्यान गुमाएका छन्। राष्ट्रसंघका अनुसार, सन् २०२१ मा वायु प्रदूषणका कारण ९० लाख मानिसको मृत्यु भयो। जबकि, कोरोनाका कारण झण्डै ६० लाख मानिसले ज्यान गुमाए। यति हुँदाहुँदै पनि वायु प्रदूषण स्वास्थ्य प्राथमिकतामा पर्न सकेको छैन।

 

विश्व स्वास्थ्य संगठनका अनुसार, हावामा भएको तत्‍त्वलाई पार्टिकुलेट्स भनिन्छ, यो हावामा भएको धूलो, धुँवा, फोहोर, तरल पर्दाथको संयोजनबाट बनेको हुन्छ। यस्ता अत्यन्त हानिकारक पार्टिकुलेट्स खासगरी सवारी साधन र कोइलाबाट सञ्चालित कारखानाबाट निस्कन्छन्। यस बाहेक खाना पकाउँदा, कृषिजन्य वस्तु बाल्ने र फोहोर जलाउँदा पनि यस्ता हानिकारक पार्टिकुलेट्स हावामा पुग्छन्। प्रदूषित हावामा यस्ता पार्टिकुलेट्सका अतिरिक्त कार्बन मोनोअक्साइड, ओजोन, नाइट्रोजन डायोअक्साइड, सल्फर डायोअक्साइड लगायतका विषालु ग्यास हुन्छन्।

 

चिकित्सकहरूका अनुसार, यस्तो विषाक्त धुवाँको वरिपरि बस्दा स्वास्थ्यमा नकारात्मक असर पर्छ। चिसो र प्रदूषणले भाइरल, ब्याक्टेरियल र फंगल संक्रमण बढाउने र शरीरको रोगप्रतिरोधात्मक क्षमता घटाउँछन्। त्यसैले प्रदूषित वातावरणमा बस्नु धूमपान गरे जत्तिकै जोखिममा रहनु हो।

 

छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास वातावरणीय प्रदूषणले रोग लाग्नेभन्दा पनि धेरै रोगलाई बढावा दिने बताउँछन्। प्रदूषणले रुघाखोकी, दम, छाती रोग मात्र होइन, पक्षाघात, मधुमेह, कपाल झर्ने, छालाका विभिन्न रोग, पाचन प्रणालीको असन्तुलन जस्ता समस्या हुने उनी बताउँछन्। “प्रदूषित हावाको असर दीर्घकालीन हुन्छ,” उनी भन्छन्, “ज्येष्ठ नागरिक, बालबालिका, दम, मुटुरोग भएर औषधि खाइरहेका, मिर्गौला डायलासिस गरेका बिरामीहरू जोखिममा पर्छन्।”

 

जनचेतनाको कमी

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले पालिकाहरूलाई वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जलउपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन गर्ने अधिकार दिएको छ । साथै, प्रदूषण नियन्त्रण र हानिकारक पर्दाथहरूको नियमन तथा व्यवस्थापन, स्थानीय स्तरमा न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन, स्थानीय स्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन गर्ने अख्तियारी पनि दिएको छ।

 

काठमाडौं महानगरपालिकाले हिउँदमा प्रदूषण बढ्ने आकलन गरेर २५ कात्तिकमै खुला रूपमा आगो बाल्न र फोहोर नजलाउन सूचना जारी गर्‍यो। तर, पुस महीनाको मध्यमा पनि शहरभरि आगो बाल्ने, फोहोर जलाउने काम भइरहेका छन् भने धूलोयुक्त बाटाघाटा पनि मर्मत भएका छैनन्।

 

त्यस्तै, वातावरण विभागले वायु प्रदूषणको मापन गर्न हाल सवारी साधनको छड्के जाँच गरे पनि सवारी प्रदूषण नियन्त्रण हुन सकेको छैन। विभाग र नगरपालिकाको सूचना सर्वसाधारणमाझ नपुगेको कारण यसो भएको तर्क काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईको छ। उनी भन्छिन्, “वायु प्रदूषण बढेकाले आफैं पनि माइकिङमा हिंडिरहेकी छु। सोमबार मात्रै १५ वटा ठाउँमा आगो निभाउन लगाएँ। धेरैलाई सवारी साधन, आगोको धुवाँले कस्तो असर गर्छ भन्ने थाहै छैन।”

 

हाल महानगरपालिकाले सफाइ कर्मचारी, वडाका कर्मचारी र नगर प्रहरीलाई तालीम दिएर प्रदूषण सम्बन्धी जानकारी व्यापक बनाउने काम भइरहेको राई बताउँछिन्। “प्रदूषणबारे व्यापक प्रचारको खाँचो देखिन्छ। धेरै धुवाँ फाल्ने सवारी, आगो बाल्ने, धूलो उडाउने जस्ता कार्य प्रतिबन्धित छ,” उनी भन्छिन्, “तर जानाजान अटेर गर्नेलाई दण्ड हुन्छ।”

 

‘रेड जोन’मा भक्तपुर

 

वल्र्ड एअर क्वालिटी इन्डेक्सले भक्तपुरको वायु प्रदुषण खतराको तहमा पुगेको संकेत दिएको छ। भक्तपुरको खरिपाटी, सुडालको सरस्वतीस्थान, काठमाडौं क्यान्सर सेन्टर, सल्लाघारी कटुन्जे, सैनिक मुख्यालय, झौखेल चा“गुनारायण, खरिपाटी चा“गुनारायण गरी सात ठाउ“को प्रदुषण तह एक्यूआई इन्डेक्स २०० भन्दामाथि नै देखिन्छ।

 

बिहान ६ बजेको समयमा हेर्दा एकयूआई इन्डेक्स भक्तपुर नाम्गेलको सबैभन्दा धेरै ३७६, ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर ३१४, सल्लाघारी कटुन्जे २३४, झौखेल चा“गुनारायण २०६, खरिपाटी चा“गुनारायण १६७ र सैनिक मुख्यालय २१८ र सुडालको सरस्वतीस्थान १९८ रहेको छ। यो खतराको संकेत हो।

 

विश्व स्वास्थ्य संगठनका अनुसार एक्युआई ३०० माथि पुग्नु भनेको आपतकालीन अवस्था हो। यो अवस्थामा पीएम २.५ भनिने हजारौं हानिकारक धु“वाको मिश्रण अत्याधिक मात्र हुन्छ। भक्तपुरको प्रदुषण तह काठमाडौंको भन्दा झण्डै दुई गुणा बढी हो। त्यस्तै एक्यूआई इन्डेक्स पनि बढी भएका औधोगिक शहर विराटनगर २०७, वीरगञ्ज १३१, चितवन ११९, हेटौंडा १४६ र धनगढी १६० भन्दा अत्यधिक छ।

 

काठमाडौंस“गै जोडिएको भए पनि केही गहिराईमा रहेको भक्तपुरमा पनि सवारी साधनको आवागमन बढेको छ। यसबाहेक कलकारखाना, इटाभट्टा पनि सञ्चालनमा छन्। कृषि अवशेष बाल्ने चलन पनि प्रदुषण बढाएको पाइएको छ।

 

त्यस्तै, ललितपुरका केही स्थानको वायु प्रदुषण पनि हारिकारक अवस्थामा पुगेको छ। ललितपुरमा चक्रपथ नजिक एक्युआई २३३ र भैंसेपाटीको १८९ छ।

 

चीनमा भेटिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन बीएफ-७’ पछिल्लो समय अन्य देशमा पनि फैलिन थालेको छ।

 

भारतमा कोरोनाभाइरसको संक्रमित बढेसँगै नेपालमा पनि संक्रमण फेरि फैलने जोखिम बढेको छ। चीनमा भेटिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन बीएफ-७’ का कारण पछिल्लो समय अन्य देशमा पनि संक्रमण बढ्दै गएको छ।

 

चीनमा संक्रमण बढेसँगै भारत, बेलायत र अन्य यूरोपियन देशले त्यहाँबाट गएका यात्रुलाई अनिवार्य आइसोलेशनमा बस्न निर्देशन दिएका छन्। चीनबाट गएका यात्रुबाट संक्रमण फैलिन थालेपछि संक्रमण रोक्न ती देशले यस्तो निर्णय गरेका हुन्।

 

जनस्वास्थ्यको मापदण्ड नअपनाए भारतमा संक्रमण फैलिएको दुई सातामा नेपालमा पनि नयाँ भेरिएन्टको संक्रमण फैलन सक्ने विज्ञहरू बताउँछन्। यसअघि भारतमा कोरोना फैलिएको दुई साताको आसपासमा नेपालमा पनि संक्रमण फैलिएको थियो।

 

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन नेपालमा केही दिनपछि संक्रमण फैलन सक्ने सम्भावना भएकाले अहिले नै तयारी अवस्थामा बस्नुपर्ने बताउँछन्। “अहिलेसम्म नयाँ भेरियन्ट कति खतरनाक भन्ने कुरा आइसकेको छैन, तर छिटै फैलने भएकाले त्यस विरुद्ध लड्न तयारी अवस्थामा रहनुपर्छ,” डा. पुन भन्छन्।

 

उनका अनुसार, कोरोनाको नयाँ भेरिएन्ट ज्येष्ठ नागरिक, उच्च रक्तचाप, मुटु तथा मधुमेह र अन्य दीर्घरोगीका लागि खतरनाक हुन सक्छ। भारत र चीनमा संक्रमित भएकाहरू अधिकांश रोग प्रतिरोधात्मक क्षमता कम भएका दीर्घरोगी छन्।

 

 

 

ओमिक्रोनको बीएफ-७ भेरियन्ट छोटो समयमा व्यापक रूपमा फैलिए पनि कति घातक हो भन्ने तथ्य आइसकेको छैन। भारतीय सञ्चार माध्यमका अनुसार, त्यहाँ भेटिएका धेरै संक्रमित सिकिस्त भएर अस्पताल भर्ना हुनुपरेको छैन।

 

त्यस्तै, उनीहरूलाई क्रिटिकल केयर सेवा आवश्यक परेको छैन। सोही कारण संक्रमण दरलाई मात्रै हेरेर अहिले नै अत्तालिनुपर्ने अवस्था नरहेको भारतका इपिडिमियोलोजिस्ट तथा स्वास्थ्य प्रणाली विज्ञ डा.चन्द्रकान्त लहरियाले बीबीसी हिन्दीलाई बताएका छन्। उनका अनुसार, भारतमा देखिएका नयाँ भेरियन्टका संक्रमितलाई ज्वरो आउने, छातीमा कफ जम्ने, रुखाखोकी र टाउको दुख्ने, शरीर दुख्ने र कमजोरी महसूस हुने जस्ता लक्षण देखिएको छ। त्यस्तै, सास फेर्न गाह्रो हुने जस्ता लक्षण भएका संक्रमित पनि भेटिएका छन्।

 

भारतमा पुस १४ मा २६८ जना संक्रमित भेटिएसँगै त्यहाँ तीन हजार ५५२ जना सक्रिय संक्रमित छन्। जसमध्ये पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भयो। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, संक्रमितको दर ०.०१ प्रतिशत छ।

 

ओमिक्रोनको यो भेरियन्ट हाल चीन, भारत र यूरोपका केही देशमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनले पनि यसबाट सतर्क रहन सचेत गराएको छ। धेरै तथ्याङ्क नआइसकेकाले यकीन रूपमा भन्न नसके पनि यो भेरियन्टले पहिले नै खोप लगाएका वा संक्रमित व्यक्तिलाई पनि फेरि संक्रमण हुन सक्ने डा. पुन बताउँछन्। जसका कारण संक्रमितको सङ्ख्या फेरि बढ्न सक्छ । “धेरै तथ्याङ्क नआइसकेकाले अहिले नै नयाँ भेरियन्ट गर्ने क्षतिबारे बोल्नु हतार हुन्छ,” डा. पुन भन्छन्।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार, आज बिहानसम्म ८५८ नमूना परीक्षण गर्दा १४ जना नयाँ संक्रमित भेटिएका छन्। दुई दिनअघि एक हजार ४३२ नमूना परीक्षण गर्दा आठ जना नयाँ संक्रमित भेटिएका थिए। एक साताअघिसम्म ७०० हाराहारीको नमूना परीक्षण गर्दा नयाँ संक्रमित भेटिएका थिएनन्। यो तथ्याङ्कले नयाँ भेरियन्ट नेपाल छिरेको आशङ्का जन्माए पनि जीन सिक्वेन्सिङको रिपोर्टमा भने नयाँ भेरियन्ट पुष्टि भइसकेको छैन।

 

कोरोना संक्रमणबाट बच्चन खोप लगाउनु अनिवार्य हुने विज्ञहरू बताउँछन्, तर नेपालमा खोप अभियान रोकिएको ६ महीना नाघिसकेको छ। कुल जनसङ्ख्याको ७९.५ प्रतिशतले पहिलो डोज लगाएका छन् भने दोस्रो डोज लगाउनेको सङख्या ७६.५ प्रतिशत छ। अर्थात्, देशको ठूलो जनसंख्याले दुवै डोज खोप लगाएको छैन।

 

दुवै डोज खोप लगाएको पनि एक वर्ष नाघिसकेकाले त्यसको प्रतिरोधी क्षमता (एन्टिबडी) घट्दै गएको छ। यो वेला खोप अभियान द्रुत गतिमा अघि बढाउनुपर्ने विज्ञहरू बताउँछन्।

 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जय ठाकुर भने संक्रमण घट्न थालेपछि खोप लगाउने मानिस नभेटिएकाले खोप अभियान स्थगन गर्नुपरेको बताउँछन्। “अबको एक साताभित्र खोप पर्याप्त आउँछ र हामी फेरि खोप अभियान शुरू गर्छौं,” ठाकुर भन्छन्।

 

के छ तयारी?

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमख डा. चुमनलाल दासले भारत र चीनका सीमानाकाबाट प्रवेश गर्नेलाई जाँच गर्न शुरू गरिएको बताए। उनका अनुसार, देशभरका १६ वटा सीमानाकाबाट नेपाल छिर्ने मानिसको ज्वरो, खोप कार्ड र अन्य लक्षण हेरेर स्क्रीनिङ गर्न थालिएको छ।

 

त्यस्तै, हवाईमार्गबाट नेपाल आउनेलाई ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट र खोप कार्ड हेरेर मात्र नेपाल छिर्न दिइएको छ। “शङ्कास्पद केसलाई आइसोलेशनमा राख्ने र परीक्षण गर्ने पनि गरेका छौं,” उनले भने।

 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. ठाकुर देशभरको स्वास्थ्य प्रणालीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताउँछन्। उनका अनुसार, अस्पतालमा बिरामी बढेको अवस्थामा राख्न मिल्ने शय्या व्यवस्थापन र शङ्कास्पद बिरामीको परीक्षण गर्न, पोजेटिभ आएको केसलाई जीन सिक्वेन्सिङ गर्न निर्देशन समेत दिइएको छ। “संघ, प्रदेश र स्थानीय तहका सबै स्वास्थ्य संस्थालाई कोभिड नियन्त्रणका लागि तैनाथ रहन निर्देशन दिइसकेका छौं,” उनी भन्छन्।

 

त्यस्तै, स्वास्थ्य मन्त्रालयले ट्राफिक प्रहरीसँगको सहकार्यमा ‘तपाईंको मास्क खोइ?’ अभियान फेरि शुरू गरेको छ। काठमाडौंका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरू मास्क खोइ लेखिएका सचेतनामूलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन्। कोरोनाको जोखिम बढेको जनमानसलाई जानकारी दिन यो अभियान शुरू गरिएको मन्त्रालयका प्रवक्ता डा. ठाकुर बताउँछन्।

 

भीडभाड कम गर्न, भीडभाड हुने ठाउँमा मास्क लगाउन र अन्य जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन सबै निकायलाई निर्देशन दिएको बताउँदै डा. ठाकुर भन्छन्, “अहिले हामीले पूर्व तयारी र जनचेतना फैलाउने काम गरिरहेका छौं, संक्रमण फैलिए पहिला जस्तो बेड, अक्सिजन र खोप केही कुराको पनि अभाव रहँदैन।”

२०७९ पुष २०, बुधबार प्रकाशित 1 Minute 72 Views

ताजा समाचार