२०८० जेष्ठ २३ मंगलवार

शरद र आरिफ भन्छन् सन्दीपलाई न्याय दिनुपर्छ, सीआईबीलाई गृहमन्त्री रबि लामिछानेले ठाडो निर्देशन : हेर्नुहोस पुरा भिडियो

शरद र आरिफ भन्छन् सन्दीपलाई न्याय दिनुपर्छ, सीआईबीलाई गृहमन्त्री रबि लामिछानेले ठाडो निर्देशन : हेर्नुहोस पुरा भिडियो

सन्दिप लामिछाने कारागारमा छन्, उनि कारागारमै डिप्रेसनमा भएको समाचार जतातै आईरहेको छ, उनको उपचार पनि कारागारमै भैरहेको छ यतिबेला सीआईबीलाई गृहमन्त्री रबि लामिछानेले ठाडो निर्देशन दिएका छन् : शरद र आरिफ भन्छन् सन्दीप लामिछानेलाई न्याय दिनुपर्छ, भन्दै लागि परेका छन्,पुरा समाचार सहित भिडियो हेर्नुहोस ।

 

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने किशोरीको उमेर सम्बन्धी विवाद निरूपण गर्न अदालतले अस्पतालका कागजात झिकाउन आदेश दिएको छ । सो मुद्दाका विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले किशोरीको जन्म भएको भनिएको नारायणी अस्पताल वीरगञ्जबाट ।

 

‘जन्म’सम्बन्धी विवरणका कागजात झिकाउन आदेश दिएको हो । सन्दीप पक्षले आरोपक किशोरी नाबालिग नरहेको दाबी गर्दै आएको छ । तर, आरोपक किशोरी पक्षले भने उनी नाबालिग नै रहेको दाबी गर्दै आएको छ । हालसम्म देखिएका प्रमाण र सन्दीप पक्षका वकिलहरूका अनुसार आरोपक किशोरीका फरक–फरक जन्ममिती देखिएका छन् ।

 

सन्दीप पक्षका वकिलले किशोरीको जन्म २०६१ जेठ १८ गते भएको दाबी गर्दै आएका छन् । जसअनुसार उनी घटना भएको भनिएका बखत (गत भदौ ५ गते राति) १८ वर्षभन्दा माथि उमेर रहेको दाबी गरिदैँ आएको छ । सन्दीप पक्षका वकिलले किशोरीको २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको दाबी गरेको छ ।

 

तर, किशोरीको जन्मदर्ता, नागरिकता र शैक्षिक प्रमाणपत्रका अनुसार भने उनको जन्म २०६२ जेठ १८ गते भएको देखिन्छ। जसअनुसार घटना भएको दिन उनको उमेर १७ वर्ष दुई महिना भएको देखिन्छ । यही विवाद निरूपण गर्न अदालतले अस्पतालका कागजात झिकाउन आदेश दिएको हो ।

 

लामो समय बितिसक्दा समेत क्रिकेटर सन्दीप लामिछानेको मुद्धाले किनारा पाउन सकेको छैन । तर अब जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोप लगाउने किशोरीको जन्मसम्बन्धी प्रमाण माग गरेको छ । अदालतले जन्म प्रमाण अस्पतालबाट झिकाउन आदेश दिएको हो ।

 

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले यस्तो आदेश दिएको हो । किशोरीको उमेर विवाद निरुपण गर्न अस्पतालबाट कागजात झिकाउन आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

 

अदालतले क्रिकेटर देव खनाल र किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रका लागि पनि बोलाउन पनि आदेश दिएको छ । मंगलबार जाहेरवाला, सरकारी साक्षी र सन्दीप लामिछानेका साक्षीको अदालतले वयान लिएको छ

२०७९ पुष २१, बिहीबार प्रकाशित 1 Minute 67 Views