
कठै! आमाको शरीर कुहीएर किरापर्दा समेत छोरा बुहारी हेर्न आएनन,पापी सन्तान , भन्छन मरे पछी किरिया गर्न आउछौ !(भिडियो सहित)
संघ र प्रदेशमा बजेट बहस चलिरहेको छ । स्थानीय सरकार बजेटको चाँजो पाँजोमा व्यस्त छ । कार्यकर्ता प्रदेशमा समावेश भएका योजना फेसबुकमा पोस्टाएर नेताहरुको भक्तिगान गरिरहेका छन् ।
तर, मुसिकोट नगरपालिका–३ की पुतली रानाको खुट्टा कुहिएर किरा खसिरहेको भिडियो समाजिक सञ्जालमा भाइरल हुँदा पनि कसैको ध्यान पुगिरहेको छैन् । उनको घर बागलुङको बडिगाड गाउँपालिका–२ दनियाँ हो । उनी श्रीमानको मृत्युपछि छोराछोरीले पनि हेर्न छोडेकाले तीनबर्ष देखि माइती गाउँ मुसिकोटमा बस्दै आएकी छन् ।
माईतीले बनाइदिएको सानो बास छ । अर्म पर्म गरेर भए पनि गास थियो । तीन महिना अघि खाना पकाउने क्रममा खुट्टा जल्यो । उपचार गर्ने उपाय भएन् । घाउ बल्झिदैँ गएकाले अहिले कि रा परेर बेहाल भएको छ
उनीसंग उठेर हिडडुल गर्ने अवस्था पनि छैन् । घरमा एक्लै भएकाले छिमेकीको कृपाले भोक टारिन् । तर, अब भने दैनिक ज्यान गल्दै गएकाले जीवन देखि हारेकी छन् । बिस्तारामै दिसापिसाब गर्छिन् ।
दिसा पिसाव र खुट्टा कु हिएर गन्हाउन थालेपछि कोहि कोठामा पस्न खोज्दैनन् । अब खाना खाने आश पनि छैन उनले रुदै भनिन, बाँच्न भन्दा छिटै लैजा दैव । पुतलीका एक छोरा र एक छोरी हुन् । छोरीले बिहे गरिन् । छोरा भारतमा परिवारसंग बस्दै आएका छन् । आमाको अवस्थाको बारेमा स्थानीयले फोन गरे । तर कुनै वास्ता गरेनन् ।
मुसिकोट नगरपालिका–३ का वडाध्यक्ष शंकर रायमाझीलाई पनि पुतलीको बारेमा जानकारी गराएपनि उपचारको कुनै व्यवस्था नभएको छिमेकीको आरोप छ । पुतलीको अवस्था बिग्रदै गएपछि उपचारमा सहयोग गर्न छिमेकी पनि टाढिएका छन् ।
मैले अहिलेसम्म जेनतेन खाना पुराएकी छु । म पनि एक्ली काम गरेर खाने मान्छे कसरी गरुँस्थानीय जुना रानाले भनिन श्रीमान मरे छोराले वास्ता गरेर वडाध्यक्षले सुनेने अस्पताल लैजाने कोहि भएन ।
मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीका अनुसार पालिकामा स्वास्थ्य उपचार तथा राहत कोष कार्यविधी छ । कार्य विधीका आधारमा परिवारको आर्थिक अवस्था हेरेर पाँचदेखि २५ हजार मेयर आफैले दिन पाउँछन् ।
अझै ठुलो सहयोगका लागि कार्यपालिकाको निर्णय चाहिने उनले बताए । तर पीडित पुतली रानाको उपचार गर्न लैजाने व्यक्तिको समस्या भइरहेको छ । शारिरीक तथा मानसिक समस्या दुवै भएकाले उपचारमा संगै जाने कोहि नभएकाले सहयोग गर्न नसकिएको जिसीले बताए ।