२०७९ माघ १६ सोमबार

चौतर्फी चर्चा पछि बल्ल धमाले गरे आफ्नो सबै सम्पत्ति सार्वजनिक, मै हुँ भन्ने धनी पनि अचम्मित ! सय चोरेर काठमाडौं छिरेका ऋषि धमला महिनाको कति कमाउँछन् ? कति छ उनको सम्पत्ति ?

चौतर्फी चर्चा पछि बल्ल धमाले गरे आफ्नो सबै सम्पत्ति सार्वजनिक, मै हुँ भन्ने धनी पनि अचम्मित !

सय चोरेर काठमाडौं छिरेका ऋषि धमला महिनाको कति कमाउँछन् ? कति छ उनको सम्पत्ति ?

काठमाडौं;- पत्रकार ऋषि धमला प्रश्न गर्ने शैली र हाउभाउले नेपाली सञ्चार क्षेत्रमा चिनिएको नाम हो। हाक्काहाक्की प्रश्न गर्ने र कार्यक्रमलाई कसरी हुन्छ रोचक बनाउनेमा उनको ध्यान हुन्छ।रिपोटर्स क्लब नेपालका सभापति, प्राइम टिभीका अध्यक्ष, नेपाली रेडियो नेटवर्कका अध्यक्ष र रिपोटर्स नेपाल डटकमका सञ्चालक तथा प्रधानसम्पादकका रुपमा क्रियाशील धमला ‘धमलाको हमला’ र ‘जनता जान्न चाहन्छन्’ नामक टक शो बाट नेपाली दर्शक स्रोतामाझ प्रस्तुत भइरहेका छन्।

 

घरबाट बुवाको ५०० चोरेर काठमाण्डौ छिरेका धमलासँग कसरी यति धेरै सम्पति भन्ने कुराको जिज्ञासा हुनु स्वाभाविक नै हो। थुप्रै सञ्चारगृहको मालिकका रुपमा रहेका धमला सम्पत्ति मेहनतले नै कमाएको दाबि गर्छन्।

 

कति छ ऋषि धमलाको सम्पत्ति ?

 

तीन दशक बढीको पत्रकारिता अनुभव संगालिसकेका धमला अझै पनि क्रियाशील रिपोर्टर हुन्। धादिङ्ग जिल्लामा जन्मेका ऋषि सानैबाट चलाख थिए।

 

जे कुरा पनि जोसका साथ गरि हाल्ने धमलाले आफ्नो माध्यमिक पढाइ उनको गृह जिल्लामा नै सकेका थिए। गाउँको पढाइ सकेपछि काठमाण्डौ छिरेका उनले काम गर्दै अध्ययन गरे। पछि उनले आफ्नाे पढाइ बिचमा छोड्नु परेको थियो। विहान पाँच बजेदेखि राति १२ बजेसम्म काम गर्ने धमलासँग अहिले भने एउटा किआ सेल्टोस कार रहेको छ।

 

जसको मूल्य ५२ लाख रहेको छ। उनले तलब

 

यो पनि पढ्नुहोस

 

एक-दुई वर्षअघि तीन सयको हाराहारीमा पाइने पुस्तक अहिले दोब्बर महँगो हुँदा पाठक त मर्कामा परेका छन् नै यसले पठन संस्कृतिमा पनि असर परेको छ।

 

भक्तपुरको गठ्ठाघरका नवीन थापा अचेल पहिले जस्तो पुस्तक किन्न जाँदैनन्। उनले पुस्तक किन्न कन्जुस्याँइ गर्नुको एउटै कारण हो, पुस्तकको बढ्दो मूल्य। बरू अनलाइन बजारका ‘अफर’ कुर्ने गरेको उनी बताउँछन्। “कुन अनलाइनले छूटको अफर ल्याउँछ भनेर हेर्छु,” थापा भन्छन्।

 

केही समय अघिसम्म हाराहारी २५० पृष्ठको पुस्तकको मूल्य तीन सय रुपैयाँ आसपास हुन्थ्यो। अचेल त्यही आकारको पुस्तकको मूल्य ६-७ सय पुगेको छ। मूल्य बढेकाले पुस्तकको लागि बजेट अपुग भएको थापा सुनाउँछन्। “पहिले पाँच-सात सयमा अंग्रेजी किताब पाइन्थ्यो भने तीन सय हाराहारीमा राम्रै नेपाली किताब पाइन्थे,” उनी भन्छन्, “अचेल मोल बढेर विदेशी पुस्तक किन्नै गाह्रो हुन थालिसक्यो भने नेपाली पुस्तक पनि सस्ता छैनन्।”

 

ललितपुरको शंखमूलका चन्द्रमणि नेपालको पनि त्यस्तै गुनासो छ । नेपालले आफ्ना लागि साहित्यिक तथा बुवाका लागि केही अध्यात्मिक पुस्तक अनलाइनबाटै मगाए। पुस्तक मगाउन उनले रत्न पुस्तक भण्डारले उपलब्ध गराएको छूटको अवसरलाई छोपेको सुनाउँछन्। “अफिसमै ल्याइदिने भएकाले पुस्तक पसल खासै जान्न। पसल चहार्ने समय पनि हुँदैन,” नेपाल भन्छन्।

 

पुस्तक महँगो भएको गुनासोप्रति प्रकाशक संस्था फाइनप्रिन्टका नीरज भारीको असहमति छैन। पुस्तकको मूल्य बढ्नुको मुख्य कारण कागजको बढ्दो भाउ भएको प्रष्ट्याउँदै उनी अन्य धेरै कारणले त्यसमा काम गरेको बताउँछन्। “पुस्तकको मूल्य निर्धारणमा प्रकाशकको निर्णायक भूमिका हुने भए पनि सबै कुरा प्रकाशकको नियन्त्रणमा हुँदैन,” उनी भन्छन्।

 

केही सयमयता कागजको मूल्य बढ्दै गएको छ। त्यस्तै, बजार भाउ पनि अकाशिँदै गएको छ। “अहिलेको नै स्थिति रहने हो भने पठन संस्कृति बढ्दैन,” प्रकाशन संस्था कथालयका राजीव धर जोशी भन्छन्, “यसको असर किताबमा मात्र नभई पत्रिका साथै अनलाइन र सम्पूर्ण ज्ञान प्राप्त गर्ने माध्यममा पर्छ। हामी मात्र हेडलाइन पाठक बन्नेछौं र सीमित अध्ययनले ज्ञानको दायरा साँघुरो हुनेछ।”

 

विगतमा लेटर प्रेसको चल्ती हुँदा कागजमा हातले लेखेर दिएको पाण्डुलिपि प्रेस खर्च मात्रमा पुस्तक बनेर आउँथ्यो। अहिले प्रविधिको प्रयोगले पुस्तक महँगिएको प्रकाशकहरूको भनाइ छ। टाइप, सम्पादन, शुद्धाशुद्धि, भित्री र बाहिरी आवरण सज्जा र ‘प्याकेजिङ’ खर्चले पुस्तकको मूल्य बढेको उनीहरूको भनाइ छ। नेपालका प्रमुख प्रकाशन संस्था साझा प्रकाशन र नेपाल प्रज्ञा प्रतिष्ठानले संस्था सञ्चालनका लागि सरकारी अनुदान पाउँछन् । तर निजी प्रकाशन संस्थाले भने बिक्रीमै भर पर्नु पर्छ ।

 

त्यस्तै, राम्रा सम्पादकले एउटा पुस्तक सम्पादन बापत पुस्तकको आकार हेरी ५० हजारदेखि दुई लाख रुपैयाँसम्म लिन्छन्। लेखकलाई पुस्तकको बिक्री मूल्यको न्यूनतम १० देखि १५ प्रतिशत लेखकस्व दिने गरिन्छ। “यी सब खर्चले पनि पुस्तक महँगो देखिएको हो,” भारी भन्छन्।

 

अर्को, नेपालमा पुस्तक तयार पार्न चाहिने सबै सामान विदेशबाटै आयात हुन्छ। त्यसमा जोडिने कर र सेवा शुल्कले नेपाली पुस्तक भारतीयभन्दा महँगो भएको प्रकाशकहरू बताउँछन्। एक वर्षमा कागजको मूल्य झण्डै दोब्बर भएको जनाउँदै पुरानो प्रकाशन संस्था साझा प्रकाशनका अधिकृत भेषराज घिमिरे प्रेसजन्य सामग्रीको अकाशिएको बजार भाउले पुस्तक महँगिएको बताउँछन्। “कोरोना महामारीअघि प्रति किलो ११० देखि १२० रुपैयाँमा पाइने कागजको मूल्य दोब्बर भएको छ,” घिमिरे भन्छन्, “प्रेसलाई चाहिने मसी, फिल्म, ग्लू लगायत यावत् सामानको भाउ थेग्न नसक्ने गरी बढेपछि त्यसको असर पुस्तकको मूल्यमा परेको हो।”

 

महँगीको मार

 

प्रकाशकहरूका अनुसार, समग्र मूल्यवृद्धिको असर पुस्तकमा पनि परेको छ। गत पाँच वर्षमा नेपालको मूल्यवृद्धि ४.६ प्रतिशत थियो, जसलाई मध्यम मूल्यवृद्धि मानिन्थ्यो। तर, कोरोनाभाइरस महामारीपछि अन्तर्राष्ट्रिय बजारमा सामानको मूल्य बढेसँगै परेको चाप रसिया-युक्रेन युद्धले झन् चर्कियो। मुख्यतः पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै वस्तु तथा सेवाको मूल्य बढेको छ।

 

नेपाल राष्ट्र ब्यांकका अनुसार, २०७९ वैशाखमा मूल्यवृद्धि ८ प्रतिशत पुगेको थियो। यस वर्षको अन्त्यसम्म वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि त्योभन्दा उच्च हुने अनुमान छ। २०७९ वैशाखमै खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ७.१ प्रतिशतले बढेको थियो। राष्ट्र ब्यांकका अनुसार, नेपालमा गत ४० वर्षमा औसत मूल्यवृद्धि ८ प्रतिशत छ।

 

त्यस्तै, रुस-युक्रेन युद्धअघि नै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल, धातु, खाद्य सामग्री र अन्य मध्यवर्ती वस्तुको मूल्य २७ वर्षयता उच्च बिन्दुमा पुगेको थियो। कोभिड-१९ ले गराएको बन्दाबन्दीपछि खुलेको बजारमा वस्तु तथा सेवाको माग ह्वात्तै बढ्दा माग र आपूर्तिको असन्तुलनले वस्तुको मूल्यमा विश्वव्यापी चाप परेको विज्ञहरू बताउँछन्। यसको प्रभाव पुस्तकमा पनि परेको प्रकाशकहरूको भनाइ छ।

 

आठ महीनाअघि गत अप्रिलमा भारतको उपभोक्ता मूल्यवृद्धि ७.७९ प्रतिशत पुगेको थियो। जुन आठ वर्षयताकै उच्च हो। त्यसको असर नेपालमा पनि पर्‍यो, किनभने अधिकांश वस्तु भारतबाटै आयात हुन्छन्।

 

विश्व कागज बजारको प्रमुख आपूर्तिकर्ता र उत्पादक चीन हो। एकातिर चीनले कागजको भाउ बढाउँदा त्यसको असर विश्व बजारमा पर्‍यो भने अर्कातिर पुस्तकको गुणस्तर बढाउँदा पनि महँगो भएको व्यवसायीको भनाइ छ। “पहिले नेपालमै उत्पादित कागज पुस्तकमा प्रयोग हुन्थ्यो, जुन सस्तो पनि हुन्थ्यो,” छपाइ सेवा प्रदायक संस्था प्रिन्ट कम्युनिकेशनका दीपक अधिकारी बताउँछन्, “अचेल विदेशी किताब सरह बनाउन कागज पनि विदेशी नै उपयोग हुँदा महँगो पर्न गएको हो।”

 

यससँगै बजार अनुगमन नहुँदा पनि मूल्यवृद्धि भइरहेको छ। त्यसको मारमा ग्राहक परेको अधिकारी बताउँछन्।

 

त्यस्तै, कम बिक्री हुने पुस्तक थोरै छापिने हुँदा पुस्तकको मूल्य अधिक हुन्छ। प्राज्ञिक पुस्तक थोरै बिक्री हुने भएकाले पनि मूल्य अधिक हुने विश्वव्यापी अभ्यास नै छ। त्यस्ता पुस्तक वर्षौंको अनुसन्धानपछि निकै मिहिनेत साथ लेखिन्छन्। यद्यपि, लगानीको तुलनामा मूल्य सस्तै मान्नुपर्ने प्रकाशकहरूको तर्क छ।

 

कविता, नाटक जस्ता कम बिक्री हुने पुस्तकको मोल पनि तुलनात्मक रूपमा अधिक हुन्छ। पाककलाका पुस्तक चिल्लो प्रकारको महँगो कागजमा रङ्गिन छपाइमा छापिने हुँदा महँगो नै पर्छ। प्रकाशन गृहबाट त्यस्ता पुस्तक कमै छापिन्छन्।

 

आख्यान भने धेरै बिक्री हुने भएकाले मूल्य पनि सस्तो पर्छ। पुस्तक बजारलाई धान्ने भनेकै आख्यानले हो। पुस्तकको महत्त्वसँग यसको मूल्यको तुलना नहुने भए पनि नेपाली ग्राहकको क्रयशक्ति कमजोर हुँदै जाँदा पुस्तक बजारमा प्रतिकूल असर परेको छ।

 

प्रकाशन संस्था कथालयका जोशी पाठ्यपुस्तक बाहेकको सामग्री पढ्नेको संख्या कम रहेको बताउँछन्। “अहिले साहित्यका कथा-उपन्यास केही चर्चित लेखकको पुस्तक १०-१५ हजार बिक्री हुन्छन्,” जोशी भन्छन्, “त्यस्ता पुस्तक वर्षमा ६-७ वटा निस्कन्छन्। चर्चित व्यक्तिका गैरआख्यान पनि दुई-चार हजार बिक्री हुन्छन्। नत्र आम पुस्तक छापिने र बिक्री हुने भनेको हजार-दुई हजार हो।”

 

पठन संस्कृति स्थापनाका लागि पठन अभियान नै सञ्चालन गर्नुपर्ने जोशीको सुझाव छ। त्यसका लागि राष्ट्रिय तहबाटै पुस्तकालयमा कस्ता पुस्तक किन्न लगाउनेदेखि निजी पुस्तक प्रकाशनलाई समेट्ने कुराको निर्धारण हुनुपर्ने उनी बताउँछन्। “विद्यालयले विद्यार्थीको स्तर अनुसार पुस्तक सूची तयार गरी अध्यापन गर्न लगाउने र त्यसलाई परीक्षामा जोड्नुपर्छ,” जोशी भन्छन्।

 

त्यस्तै, पठन संस्कृति बढाउन जिल्ला वा स्थानीय तहस्तरमा बाल साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी हुनुपर्ने अध्येताहरूको सुझाव छ। उनीहरूका अनुसार हाम्रो लक्ष्य अब पुस्तक पढ्ने व्यक्तिको संख्या, वार्षिक पढेको पुस्तक संख्या, बौद्धिक स्तर वृद्धिमा हुुनु जरुरी छ।

 

पसल जाने घटे

 

प्रविधिको विकास र आधुनिकताको गतिसँगै सामान किन्न जाने भन्दा पनि सामान मगाउने अभ्यास बढ्दै गएको छ। सामान बिक्रीको प्रवृत्ति नै अनलाइनमय भइरहँदा पुस्तक बिक्रीमा पनि यसको प्रभाव परेको छ। प्हिले पहिले पुस्तक किन्न पसलै जाने चलन थियो, तर अचेल सूचना प्रविधिको व्यापकताले पुस्तक किन्न पसलै जानुपर्ने बाध्यता छैन।

 

जुत्ता, लुगा किन्न शरीरमा ठीक हुन्छ/हुँदैन, सुहाउँछ/सुहाउँदैन जाँच्न पनि पसलै जानुपर्छ। पुस्तकको हकमा भने त्यो आवश्यक देखिँदैन। फेरि पसल जान लाग्ने समय र गाडीभाडा वा सवारी साधनको इन्धनको खर्च पनि अनलाइन खरीदले जोगाउँछ।

 

बागबजारको रत्न बूक डिस्ट्रिब्युटरका सुरेश श्रेष्ठ नयाँ पुस्ता अनलाइनमा अभ्यस्त हुँदै गए पनि पुराना ग्राहक पुस्तक किन्न आइरहेको बताउँछन्। काठमाडौं उत्यकामा शहरीकरण बढेको र बस्ती विस्तार भएकाले टाढाका ग्राहक अनलाइनतर्फ आकर्षित भएको उनी बताउँछन्। “नयाँ पुस्ताका पाठकले अनलाइन मार्फत किन्ने गरेको देखिन्छ,” श्रेष्ठ भन्छन्।

 

पछिल्लो समय सामान बिक्री गर्ने अनलाइन पोर्टल फस्टाउँदै छन्। तिनले पुस्तकलाई पनि समावेश गरेका छन्। जसले गर्दा पाठक पुस्तक पसल पुग्नुभन्दा पनि अनलाइनबाट पुस्तक खरीद गर्न थालेका छन्।

 

केही समयअघि अनलाइनमार्फत पाइने छूट हेरेर पुस्तक किनेका भक्तपुरको गठ्ठाघरका थापा पसल नगएको धेरै भएको बताउँछन्। उनी भन्छन्, “एक क्लिकको भरमा पुस्तक घरमै आउँछ भने किन धाउनु?”

 

सगरमाथामा देशहरूका स्वार्थको टकराव पन्छाउँदै आफ्नै बलबुतामा यसको नयाँ उचाइ नापेर नेपालले आत्मनिर्भरताको सन्देश दिएको छ।

 

खिमलाल गौतम

 

२०७२ वैशाख १२ को भूकम्पले हजारौं संरचना भत्किए। सर्वोच्च शिखर सगरमाथा लगायत हिमाल पनि तेजले हल्लिए। अनुकम्पनले आधारशिविरमा सयौं हिमपहिरो खसे। पहिरोमा १८ जनाले ज्यान गुमाए भने सयौं जना घाइते भए।

 

भूकम्पपछि नापी विभागले दुई महीना अध्ययन गर्दै काठमाडौं उपत्यकाको भौगोलिक अवस्थितिमै परिवर्तन आएको तथ्य बाहिर ल्यायो। जीएनएसएस प्रविधिबाट गरिएको अध्ययनमा औसतमा उपत्यका ९२ सेन्टिमिटरले अग्लिएको तथा १४२ सेन्टिमिटरले दक्षिण पश्चिमतर्फ धकेलिएको पाइएको विभागको निष्कर्ष थियो।

 

भूगर्भविज्ञान अनुसार भूकम्पले सामान्यतया उचाइ घटाइदिन्छ। शायद, यसै आधारमा विदेशी भूवैज्ञानिकले विभिन्न अनुसन्धानात्मक आलेख पनि प्रकाशन गरेका थिए। अधिकांशको निष्कर्ष थियो- भूकम्पले सगरमाथाको उचाइ घटाइदिएको छ। सगरमाथाको देश भएकाले उचाइ सम्बन्धका आशङ्का निवारण गर्नु नेपालको कर्तव्य थियो। सरकारले विसं २०७३/७४ मा आफ्नै लगानी र जनशक्तिबाट सगरमाथाको उचाइ नाप्ने निधो गर्‍यो।

 

यसैबीच सर्भे अफ इन्डियाले सगरमाथा अर्थात् ‘पीक एक्स भी’ सर्वोच्च चुली रहेको कुरा पहिलो पटक आफैंले पत्ता लगाएको भन्दै नयाँ उचाइ समेत नेपालसँग मिलेर नाप्न चासो देखायो। तर, नापी विभागले आफ्नो चुली आफैं मापन गर्न सक्षम रहेको सन्देश दिँदै भारतको चासोलाई त्यत्तिकै टारिदियो। सन् २०१७ को जियोस्पासियल वर्ल्डमा एक समाचार आयो- ‘संयुक्त रूपमा सगरमाथाको उचाइ मापन गर्ने भारतको प्रस्ताव नेपालद्वारा अस्वीकार’।

 

समाचारमा यसका पछाडि चिनियाँ दबाब समेत हुन सक्ने तर्क उठाइएको थियो। तर, नेपालले यो काममा भारत र चीन कसैलाई सहभागी नगराई आफ्नै स्रोतसाधनमा सम्पन्न गर्ने, आवश्यक परे अद्यावधिक तथ्याङ्कको सवालमा भने दुवै देशबाट सहयोग लिने जनाएको थियो।

 

तयारी र प्रक्रिया

 

विभागका तत्कालीन महानिर्देशक गणेशप्रसाद भट्टले सगरमाथाको उचाइ मापनको अग्रसरता लिए। विभागले २०७४ मंसीरबाट द्रुत गतिमा काम अघि बढायो। यसकै लागि तत्कालीन प्रमुख नापी अधिकृत सुशील डंगोलको संयोजकत्वमा ‘सगरमाथा उचाइ मापन सचिवालय’ बनाइएको थियो। मापनको सर्वस्वीकार्य विधि तय गर्न विभागले अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी समेत आयोजना गर्‍यो जसमा सगरमाथाका अघिल्ला मापनमा संलग्न व्यक्ति/संस्था एवं देशका प्राविधिक वैज्ञानिकहरूको उपस्थिति थियो।

 

भारत, चीन, अमेरिका, जापान, न्यूजिल्यान्ड, इटाली लगायत देशका विज्ञ प्रतिनिधिको सुझाव समेटेर मापन विधि निक्र्योल गरियो। विभागले स्थलगत कामदेखि ‘शिखर अवलोकन’, तथ्याङ्क प्रशोधनसम्मका काम छुट्याई विभिन्न प्राविधिक समिति बनाएको थियो। यस अन्तर्गत त्रिकोणमितीय, समतलन, भू-आकर्षण र जीपीएस सर्वेक्षण तथा शिखर अवलोकनका लागि टोलीहरू तयार पारिए।

 

सामान्यतया उचाइ मापन गर्दा मध्य समुद्री सतहलाई आधार मानिन्छ। तर, नेपाल भूपरिवेष्टित देश भएकाले पहिल्यैदेखि बंगालको खाडीको समुद्रलाई आधार बनाइँदै आएको थियो। भूकम्पले यसअघिका उचाइका आधारबिन्दुहरू (बेन्चमार्क)मा केही परिवर्तन ल्याइदिएकाले पनि त्यसको प्रमाणीकरणका लागि पुनः समुद्री सतहदेखिकै तथ्याङ्क चाहिन्थ्यो। यसमा भारतीय नापी विभागले सहयोग गर्‍यो। हामीले सिरहाको मार्डरमा मूल आधारबिन्दु स्थापना गरेर काम थाल्यौं।

 

विभागको टोली २०७६ जेठ ८ बिहान ३ देखि पौने पाँच बजेसम्म सगरमाथाको चुचुरोमै विभिन्न यन्त्र-उपकरण जडान गरी सबैभन्दा महत्त्वपूर्ण तथ्याङ्क जुटाउन सफल भयो जुन आफैमा जटिल काम थियो। जेठ ९ गते सगरमाथाको दोस्रो शिविरबाट टोली हेलिकोप्टरमा सोझै काठमाडौं फर्कियो। विभागले जेठ १० गते पत्रकार सम्मेलन गरी केही स्थलगत काम तथा तथ्याङ्क प्रशोधन बाहेक सगरमाथा उचाइ मापनको अधिकांश काम सम्पन्न भएको र ६ महीनाभित्र सार्वजनिक गर्ने जानकारी गरायो।

 

चिनियाँ चासो

 

सगरमाथाको उत्तरी भूभाग चीनमा पर्छ वा सगरमाथाको चुचुरो चीनसँगको अन्तराष्ट्रिय सीमारेखा सँगै पर्दछ। नेपालले आफ्नै सर्वेक्षकद्वारा स्पेस जियोडेसी प्रविधि मार्फत गरेको ‘शिखर अवलोकन’ को समाचार संसारभर फैलिएपछि चीनको पनि चासो बढ्यो। यसअघि २०३२ र २०६२ सालमा चाइनिज स्टेट ब्यूरो अफ सर्भेयिङ एन्ड म्यापिङले नेपालसँग समन्वय नै नगरी सगरमाथाको उचाइ नापेको थियो।

 

२०७६ असोज २५-२६ मा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भयो। त्यस क्रममा दुवै देशले फरक फरक सर्वेक्षण गरी जेजस्ता तथ्याङ्क जुटाएका भए पनि उचाइ घोषणा संयुक्त रूपमा गर्ने सम्झौतापत्रमा हस्ताक्षर भयो। लगत्तै २०७६ चैतबाट संसार नै कोभिड-१९ महामारीको चपेटामा पर्‍यो। नेपाल र चीन दुवैतर्फबाट सगरमाथा लगायत सबै हिमालको आरोहण स्थगन गरियो। त्यो अवस्थामा समेत चिनियाँ टोलीले २०७७ जेठ १४ गते सगरमाथा चुचुरोमा पुगेर अवलोकनको काम पूरा गर्‍यो। संयोग, त्यही दिन नापी विभागको ६३औं स्थापना दिवस थियो।

 

भारतीय चासो प्राविधिक तहमा थियो भने चिनियाँ चासो राजनीतिक रूपमै देखिएको थियो। विश्लेषकहरूका अनुसार, चीनसँग पनि जोडिएकाले सगरमाथाको उचाइ मापनको शुरूआती चरणमै भारतीय चासो टारिदिएको नेपालले चिनियाँ चासो भने नकार्न सकेन।

 

नेपालले सम्झौता अनुसार चिनियाँ सर्वेक्षणका लागि एक वर्ष पर्खियो। २०७७ मंसीर २३ गते दिउँसो ‘वेबिनार’ मार्फत दुवै देशका परराष्ट्र मन्त्रीले आआफ्ना राष्ट्रपतिको शुभकामना सन्देश सुनाए। त्यही क्रममा नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीले नयाँ सर्वेक्षण अनुसार सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर निर्धारण भएको घोषणा गरे।

 

सगरमाथा पहिलेभन्दा झण्डै एक मिटर अग्लिएको तथ्य सार्वजनिक हुँदा संसारभरका सञ्चार माध्यमले मुख्य समाचार बनाए। सोही साँझ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत ‘सगरमाथाको मात्र नभई समग्र नेपालीको उचाइ बढेको’ अभिव्यक्ति दिए।

 

८,८४८.८६ अर्थ र महत्त्व

 

हाम्रा हिमाल केवल हिउँका थुप्रा होइनन्, वैदिक कालगणना अनुसार, १२ करोड वर्षभन्दा पहिले बनेका अटल र स्थूल मोती हुन्। यी चट्टान र हिउँका डाँडा मात्र हैनन्, पृथ्वीको फेरिएको सबैभन्दा पछिल्लो आकृतिका प्रमाण समेत हुन्। मुख्य कुरा, हामी सम्पूर्ण नेपालीका पहिचान हुन्। यीमध्ये सर्वाधिक अग्लो हिमालको उचाइ आफ्नै बुताले मापन गर्नु आफैंमा ठूलो अवसर र सौभाग्य थियो। नेपालका सर्भे वैज्ञानिकले आफ्नै देशको गौरवपूर्ण आयोजनामा क्षमता र कौशल प्रयोग गर्ने अवसर पाउनुले पनि यो कार्यक्रमको महत्त्व दर्शाउँछ।

 

काठमाडौं र बेइजिङबाट भिडिओ कन्फरेन्स मार्फत संयुक्त रूपमा सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ यी लगायत पदाधिकारी। प्रविधिसँगै नापनक्शाका तरीका पनि परिवर्तन भइरहन्छन्। नयाँ परिशुद्ध प्रविधिसँगै उचाइको शुद्धता पनि सूक्ष्म हुँदै जान्छ। स्पेस जियोडेसीको प्रयोगबाट उचाइ मापन गर्न हामी आफैं सक्षम छौं भनेर विश्वलाई देखाउन सक्नु र त्यसले अन्तर्राष्ट्रिय मान्यता पाउनु यो अभियानको महत्त्वपूर्ण पक्ष हो।

 

हिजो विभिन्न देशले गरेका उचाइ मापनमा पनि विरोधाभास थिए। देशहरूका स्वार्थको टकराव सागरदेखि सगरसम्म देखिँदै आएको छ। जस्तो- चीनले बनाएको ग्लोबमा सर्वाेच्च चुलीको उचाइ ८,८४४.४३ मिटर छ भने अमेरिकाले बनाएका नक्शा र अभिलेखहरूमा ८,८५० मिटर। हामीले पहिले मानिआएको उचाइ ८,८४८ मिटर पनि भारतको नापी विभागले मापन गरेको हो। तर, भूकम्पपछि उचाइमा केही न केही फरक परेको छ भन्नेबारे एकमत नै थियो।

 

हाम्रो सगरमाथाको उचाइ मापन गर्नुलाई अरू देशले आआफ्नो प्रतिष्ठाको विषय बनाए। यस्तोमा उनीहरू सबैलाई पन्छाएर आफ्नै बुताले सगरमाथा नाप्नु नापी विभाग मात्र नभई नेपालकै लागि चुनौती थियो। त्यसमा सफल भई हामीले देशकै प्रतिष्ठा कायम राख्न सक्यौं।

 

लामो समयदेखि जनजिब्रोमा झुन्डिएको सगरमाथाको उचाइ ८,८४८ मिटर फेरिइसके पनि त्यसलाई लोकजीवनमा ग्रहण गर्न पक्कै समय लाग्ला। यसका लागि सगरमाथा आधारशिविर जाने बाटोका विभिन्न स्थानमा स्थानीय सरकार र पर्यटन मन्त्रालयको पहलकदमीमा नयाँ उचाइ उल्लिखित शिलालेख र स्तम्भहरू बनाउन सकिन्छ। सञ्चारका अन्य माध्यमबाट पनि आवश्यकता अनुसार प्रचारप्रसारलाई जोड दिइरहनुपर्छ।

Kankainews

२०७९ पुष २५, सोमबार प्रकाशित 1 Minute 46 Views

ताजा समाचार