२०७९ माघ २५ बुधबार

‘जाँड खाएर कुट्ने लोग्नेसँग जाँडै खाएर लड्नुपर्छ’

‘जाँड खाएर कुट्ने लोग्नेसँग जाँडै खाएर लड्नुपर्छ’

पछिल्लो केही समययता सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरूको सामना गर्दै आएकी गायिका समीक्षा अधिकारीले गायिका बन्नकै लागि जन्मिएको बताएकी छिन् । उनले सामाजिक संजालमा स्टाटस राख्दै स्वरले साथ दिँदासम्म गीत गाउने बताएकी हुन् ।

 

आफूलाई आइरहेका नकारात्मक कमेन्टहरूको प्रसङ्गलाई लिएर उनले एकजना दिदीको भनाईलाई उधृत गर्दै भनेकी छिन्, ‘जाँड खाएर कुट्ने लोग्नेसँग जाँडै खाएर लड्नुपर्छ, यो कुरा मलाई पनि ठिकै लाग्छ । नबोले त यहाँ हेप्छन्, घस्यौटाहरु मन लागी उड्छन् ।’

 

सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले उक्त कुरा बताएकी हुन् । उनले लेखेकी छिन्, ‘एउटा ठुलै विद्वानले भनेका रैछन् मान्छे तिन किसिमका हुन्छन् । उच्च स्तरको त्यो हो जसले बिचार र सिद्धान्तका कुरा गर्छ ब्यक्तिको होइन व्यक्तित्वको कुरा गर्छ ।

 

मध्यम स्तरका ति हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो । अनि जो व्यक्तिको बारेमा कुरा गर्छ अरुको कुरा काट्छ त्यो तल्लो स्तरको अर्थात घटिया हुन्छ । यी रुख होइनन्, फल र फूल पनि होइनन्, पात हुन्, खसेर घस्यौटा बन्ने र जता हावा लाग्छ उतै उड्ने । यहाँ अरुको कुरा काट्ने यस्ता घस्यौटा धेरै छन् ।’

 

समीक्षाले लेखेकी छिन्, ‘सानो उमेरमा छोरी मान्छे बहकिन्छन्, राम्रो नराम्रो छुट्याउन जान्दैनन् । मान्छेका जालझेल बुझ्दैनन् । भविष्यको बारेमा निर्णय गर्न जान्दैनन् । देश कस्ता कानुनमा जेलिएको छ भन्ने उनीहरुलाई थाहा हुँदैन । सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ । म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु, कसैले मेरो गीत नसुनोस्, कसैले मलाई अवसर नदेओस् म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु, मलाई माया गर्ने पनि हुनुहुन्छ ।

 

कसैलाई मेरो गीत सुन्नु छैन भने नसुन र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ ? हुन त हिउँदका कठ्याङ्ग्रिँदा दिनमा घसौटा बटुलेर आगो ताप्नुपर्दो रहेछ । एउटी दिदीले भन्नुहुन्थ्यो, जाँड खाएर कुट्ने लोग्नेसँग जाँडै खाएर लड्नुपर्छ, यो कुरा मलाई पनि ठिकै लाग्छ । नबोले त यहाँ हेप्छन्, घस्यौटाहरु मनलागी उड्छन्।’ktmdainik

२०७९ पुष २६, मंगलवार प्रकाशित 1 Minute 32 Views

ताजा समाचार