२०८० जेष्ठ २३ मंगलवार

पिसाबबाट बनाउँन थाल्यो बियर, जान्नुहोस् दुनियाँ हैरान भइरहेको तथ्य !

पिसाबबाट बनाउँन थाल्यो बियर, जान्नुहोस् दुनियाँ हैरान भइरहेको तथ्य !

काठमाडौं । बियर संसारमा सबैभन्दा लोकप्रिय पेय पदार्थ मध्ये एक हो । यसलाई बनाउन धेरै पानी चाहिन्छ ।त्यही भएर पानीको अभाव झेलिरहेको सिङ्गापुरको एउटा ब्रुअरीले न्युब्रु नामक बियर बजारमा ल्याएको छ ।यो बियर त्यही ढलको पानीबाट बन्छ, जसमा मानिसको पिसाब र मल मिसिएको हुन्छ ।

 

वास्तवमा, न्यूब्रू लगभग ९५ प्रतिशत ताजा पानीबाट बनाइन्छ । त्यसले सुरक्षित पिउने पानीको लागि अन्तर्राष्ट्रिय मापदण्डहरू मात्र पूरा गर्दैन, बल्कि बियर बनाउन प्रयोगको लागि आवश्यक पूर्ण रूपमा फिल्टर समेत गरिएको हुन्छ ।

 

यसको उद्देश्य हालैका वर्षहरूमा देशको पानी समस्याहरू बारे चेतना जगाउने हो । सिङ्गापुरले अहिले पानी अभावको चुनौती सामना गरिरहेको छ ।

 

द स्ट्रेट टाइम्सका अनुसार, न्युब्रु अप्रिल ८ मा राष्ट्रिय वाटर एजेन्सी पीयूबी र स्थानीय क्राफ्ट बियर ब्रुअरी ब्रेवर्क्ज़द्वारा सिंगापुर इन्टरनेशनल वाटर वीक (एसआईडब्ल्यूडब्ल्यू) मा पानी सम्मेलनको संयोजनमा सुरु गरिएको थियो ।

 

नयाँ पानीले माल्ट, हप्स र यीस्ट स्ट्रेनको स्वादलाई दूषित गर्दैन । एसआईडब्ल्यूडब्ल्यूका प्रबन्ध निर्देशक श्री रायन युएनका अनुसार, न्यूब्रू सिङ्गापुरको ग्रीनेस्ट बियर हो, जसले पानीको पुनः प्रयोग गर्न सचेतना फैलाउने उद्देश्य राखेको छ ।

 

सिङ्गापुरको खानेपानीको अभावबारे सचेतना जगाउनको लागि देशको जल निकायले यो बियर ल्याएको हो ।

 

निकायले पानी संकट समाधान गर्ने उपाय पत्ता लगाएको छ । यसरी बियर बनाएको यो पहिलो पटक होइन, यसअघि क्राफ्ट बियर कम्पनी ‘स्टोन ब्रुइङ’ ले २०१७ मा ‘स्टोन फुल सर्कल पेले एले’ ल्याएको थियो ।

 

क्रस्ट ग्रुप र सुपर लोको ग्रुप जस्ता अन्य ब्रुअरीहरूले पनि ढलको पानी रिसाइकल गरेर क्राफ्ट बियर ल्याएका थिए ।

२०७९ पुष २७, बुधबार प्रकाशित 1 Minute 52 Views