२०७९ माघ १६ सोमबार

घरको खाटमुनीबाट समातिए २५ हजारमै कोरिया भनेर बिराटनगर पठाउने व्यक्ति (हेर्नुस भिडियो)

घरको खाटमुनीबाट समातिए २५ हजारमै कोरिया भनेर बिराटनगर पठाउने व्यक्ति (हेर्नुस भिडियो)

दुईचार पैसा कमाउने आशामा घरमा भएको जाहेजेथा बिक्री गरेर र ऋणपान गरेर नेपाली युबाहरु विदेशीने क्रम पछिल्लो समय बढ्दो छ तर यहाँ वैदेशिक रोजगारीको नाममा कतिपयले ठगीको व्यापार गर्दै आएका छन । देशमा बढ्दो गरिबी र बेरोजगारीका कारण नेपालीहरु बिदेशिन पछिल्लो समय बाध्य भैरहेकाउक्ति छन ।

 

सुन्दा निकै नै दुःख लाग्छ, तर पछिल्लो समय वैदेशिक रोजगारीको नाममा करोडौंको ठगी हुनेगरेको छ र यसको मारमा पर्छन सिधासाधा मान्छेहरु । आजको घटना यस्तै प्रकृतिको रहेको छ । मेनपावरको मनपरीले गर्दा कतिपय बिदेश गएका नेपाली नागरिक काठको बाकसमा लाछ भएर आएको र बिदेशमे अनेकों सास्ती भोगेको कैयौं उदाहरण छन हामीसँग ।

 

केही दिन अगाडिको मात्र कुरा हो गणेश दङ्गाल नाम गरेका एक पुरुषले कोरिया पठाईदिन्छु भन्दै चारजना व्यक्तिसँग २५-२५ हजार पैसा उठाएर अन्त्यमा उनी अहिले नागरिकता पासपोर्ट सबै कुम्ल्याएर बिराटनगरमा ल्याएर बिजोग अवस्थामा छोडीदिएका थिए ।

 

एमबेस्सीमा काम गर्ने हो कोरियन भाषा नै पढ्नुपर्दैन भनेपछि आफुहरुले बिश्वास गरेर नागरिकता पासपोर्ट पनि जिम्मा लगाएको एक पिडित पुरुषले बताएका थिए । उक्त ब्यक्तिलाई चिनेको एक महिनामात्र भएको तर सानो छोरीको कसम खाएर कोरिया पठाईदिन्छु भनेपछि आफुहरु विश्वास गर्न बाध्य भएको उनिहरुले बताएका थिए ।

 

यसैक्रममा आज भने उने गणेश दङ्गालसँग राम्रो चीनजान भएका र घटना भएपछि उनिसँग कुरा गरेका एक पुरुष सम्पर्कमा आएका छन गणेशले भने यो कुरा सबै झुट भएको बताएका छन। उनको ठगसँग राम्र चीनजान रहेको बताउँदै ठगीबारे सम्पुर्ण बेलीबिस्तार लगाए ।

२०७९ पुष ३०, शनिबार प्रकाशित 1 Minute 71 Views

ताजा समाचार