२०८० जेष्ठ २७ शनिबार

दुर्घटनाग्रस्त जहाजमा सवार ७२ मध्ये ११ विदेशी, ३ बालबालिका

दुर्घटनाग्रस्त जहाजमा सवार ७२ मध्ये ११ विदेशी, ३ बालबालिका

१ माघ, काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोँचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ ।

अनलाइनखबरलाई प्राप्त यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।

काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो ।

जिल्ला प्रहरी कार्यालय, कास्की कारण साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्दार कार्य जारी छ । onlinekhabar

२०७९ माघ १, आईतवार प्रकाशित 1 Minute 43 Views