२०७९ माघ २५ बुधबार

पल साह भन्छन: म र सन्दिपमा के फरक छ र सन्दिप निस्के ?

पल साह भन्छन: म र सन्दिपमा के फरक छ र सन्दिप निस्के ?

नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई साढे दुई वर्ष जेल सजाय सुनाएको छ । अदालतले बाल यौन दुरुपयोगको मुद्दामा २५ हजार रुपैयाँ जरिवाना सहितको फैसला सुनाएको हो । तर बलात्कारको मुद्दामा भने अभिनेता शाहलाई अदालतले सफाइ दिएको छ ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ ।अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अुसार अभिभावकलाई सचेतसमेत गराइएको छ । यसअघि उच्च अदालत पोखराले शाहलाई थुनामै राख्ने जिल्ला अदालत तनहुँ र नवलपारसी (पूर्व)को आदेशलाई सदर

गरेको थियो । नबालगिकले जबरजस्तीकरणीमा तनहुँ प्रहरीमा जाहेरी दिएपछि अभियुक्त शाहले फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।मुद्दाको थुनछेक बहसमा जिल्ला अदालत तनुहुँले १० चैतमा र

जिल्ला अदालत नवलपरासी (पूर्व)ले २३ चैतमा पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो ।

विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरेको, मध्यरातमा पीडितको कोठामा गएको स्वीकार गरेको र गर्भवती भएमात्र स्वीकार्छु भन्ने पीडकको अडियोलाई

आधार मानेर अदालतले अभियोग पुष्टि हुने थुप्रै आधार देखिएको भन्दै शाहलाई थुनामै राखेर अनुसन्धान अगाडि

बढाउन आदेश गरेको थियो । त्यसविरुद्ध शाहका वकिलले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

यसबीचमा पीडितले बयान फेरेकी थिइन । उनले पीडकले जबरजस्तीकरणी नगरेको र आवेशमा आएर जाहेरी दिएको बयान दिएकी थिइन । उनका संरक्षक बुबाले पनि बयान फेर्दै अरुको उक्साहटमा जाहेरी दिएको बयान दिएका थिए ।

२०७९ माघ १, आईतवार प्रकाशित 0 Minutes 45 Views

ताजा समाचार