
फ्लाइट राडरले पत्ता लगायो विमानको यान्त्रीक त्रुटि , तनहुमै टुटेको थियो कनेक्सन !
संसारभारको एयर ट्राफिक ट्र्याक गर्ने कम्पनी फ्लाइट राडरले यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको ट्रान्सपोन्डरमा समस्या भएको पुस्टि गरेको छ।
सामाजिक संजाल ट्वीटरमा पोस्ट गर्दै उसले यस्तो जनाएको हो। “यसमा संलग्न विमान १५ वर्ष पुरानो एटीआर ७२-५०० रजिष्ट्रेसन नम्बर ९ एन-एएनसी र सिरियल नम्बर ७५४ हो । यो विमान अविश्वसनीय डाटा संग पुरानो ट्रान्सपोन्डर संग सुसज्जित थियो। हामी उच्च रिजोल्युसन डाटा डाउनलोड गर्दै र डाटा गुणस्तर प्रमाणीकरण गर्दैछौं।” पोस्टमा भनिएको छ।
फ्लाइट राडरले पत्ता लगायो विमानको यान्त्रीक त्रुटि , तनहुमै टुटेको थियो कनेक्सन !
ट्रान्सपोन्डर एउटा यन्त्र हो जुन विमानमा स्थापित हुन्छ र हवाई ट्राफिक नियन्त्रण रडार प्रणालीहरूमा स्वचालित रूपमा विमानको पहिचान, स्थिति र अन्य जानकारी पठाउन प्रयोग गरिन्छ। यो जानकारी एयर ट्राफिक कन्ट्रोलरहरूले विमानको उडान ट्र्याक गर्न र व्यवस्थापन गर्न प्रयोग गरिन्छ, र विमानहरू बीचको टक्कर रोक्न मद्दत गर्न पनि प्रयोग गरिन्छ। ट्रान्सपोन्डरहरू अन्य विमानहरूमा जानकारी पठाउन पनि प्रयोग गर्न सकिन्छ, जस्तै मौसम जानकारी वा टर्ब्युलेन्स रिपोर्टहरू।
जहाज पोखरामा पुगेर दुर्घटना भएपनि ट्रान्सपोन्डरले तनहुसम्मको मात्र सिग्नल दिएको छ। ट्रान्सपोन्डरले दिएको सिग्नलपनि विस्वासगर्न लाएक नरहेको कम्पनीले जनाएको छ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा दुर्घटना भएको थियो । विमानमा ६८ जना यात्रुसहित ४ जना चालक दलका सदस्य थिए ।