
अपराधको पुष्टिपछि फिफाको कारवाहीमा अर्जेन्टिना
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले विश्वकप विजेता अर्जेन्टिनामाथि कारवाही गर्ने भएको छ । कतारमा भएको फाइनलका क्रममा गरेको ‘अपमानजनक व्यवहार’ र ‘फेयर प्ले उल्लंघन’ गरेको भन्दै फिफाले अनुशासानात्मक कारवाही गर्ने भएको हो ।
त्यतिमात्रै नभइ सम्भावित ‘खेलाडी र अधिकारीहरूमाथि पनि दुर्व्यहार’ गरेको पुष्टि भएको फिफाले जनाएको छ । यस्तैगरी अर्जेन्टिना फुटबल एसोसिएसन (एफए)लाई प्रतियोगिताको क्रममा मिडिया र मार्केटिङ नियमहरू उल्लङ्घको आरोप लागेको छ ।त्यस्तै सेमिफाइनलमा पराजित भएको क्रोएसियामाथि पनि अर्जेन्टिनाले भेदभावका साथै खेलमा व्यवस्था र सुरक्षाको सम्भावित उल्लंघनको विषयमा पनि अनुसन्धान भइरहेको छ।
फिफाको अनुच्छेद ११, जसले आपत्तिजनक व्यवहार र निष्पक्ष खेलका सिद्धान्तहरूको उल्लङ्घनलाई समेट्छ, धारा १२, जसले खेलाडी र अधिकारीहरूको दुर्व्यवहारलाई समेट्छ, र धारा ४४ जसले मार्केटिङ नियमहरू समावेश गर्दछ ।अर्जेन्टिनाले सन् १९८६ पछि पहिलो पटक विश्वकप जितेको हो । फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको थियो ।