२०८० जेष्ठ १९ शुक्रबार

पल शाहले सफाइ पाएपछि पुजा शर्माले भनिन् – खुसीको सीमा रहेन, म जहिले तिम्रो साथमा थिएँ

पल शाहले सफाइ पाएपछि पुजा शर्माले भनिन् – खुसीको सीमा रहेन, म जहिले तिम्रो साथमा थिएँ

काठमाडौंँ : अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको सफाइको खबरले आफ्नो खुसीको सिमै नरहेको बताएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै आफू जहिले पनि पलको साथमा रहेको समेत उल्लेख गरेकी छन् ।

 

नाबालिका बलात्कारको आरोपमा पल पक्राउ परेपछि पल निर्दोष भएको भन्दै विभिन्न अभियान समेत सञ्चालन गरेकी पुजाले पलको सफाइमा एकदमै खुसी देखिएकी छन् ।

 

नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको हो । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।

 

एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बालयौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो

२०७९ माघ ४, बुधबार प्रकाशित 1 Minute 68 Views