२०८० जेष्ठ २३ मंगलवार

सन्दिपकी आमा भन्छिन: अब मेरो छोरो नेपालको लागि क्रीकेट खेल्दैन (भिडियो सहित)

सन्दिपकी आमा भन्छिन: अब मेरो छोरो नेपालको लागि क्रीकेट खेल्दैन (भिडियो सहित)

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो परिवारसँग केही समय बिताउँने बताएका छन्। शुक्रबार थुनामुक्त भएपछि सन्दिपले आफ्नो परिवारसँग समय बिताउँन चाँहेको बताएका हुन्। सन्दीपले भने, ‘अदालतको तर्फबाट भएको आदेशलाई सम्मान गर्ने छु । अहिलेको लागि म आफ्नो परिवार भन्दाअरु सोच्न सकेको छैन। म अहिले आफ्नो परिवारसँग बस्न चााँहन्छु।

 

तपाइहरुको अपार मायाको लागि धन्यवाद म अहिले म धेरै प्रतिकृया दिने हालतमा छैन।’ उनलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटी रिहा गर्ने आदेश दिएको हो। उनका परिवारले शुक्रबार जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम बुझाएर उनी थुनामुक्त भएका हुन्। यो मुद्दाको किनारा भने लागिसकेको छैन।

 

१७ वर्षीया नाबालिगमाथि बलात्‍कार गरेको आरोप लागेका सन्दीपलाई अदालतले २० लाख धरैटी र १० वटा शर्तमा मात्रै थुनामुक्त गर्न आदेश दिएको हो। उक्त आदेशको पालना नगरी उल्लंघन गरेको पाइएमा उनी पुनः थुनामा पठाइनेछ।

 

उनलाई अदालतले विदेश जान रोक लगाएको छ। काठमाडौं उपत्यका छाड्न पनि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुमतिमा मात्रै पाउने छन्। अदालतले उनीमाथि निगरानी राख्न पनि भनेको छ।

 

आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं उनको मोबाइल नम्बर, वा विवरणको सञ्चार संचार अभिलेख गर्न प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्ने भनिएको छ।

 

डस्टी कार्गो आयात झन्झटिलो

 

भारतीय पक्षले प्रतिबद्धताअनुसार सुविधा नदिएको र रुट अपायक भएको आयातकर्ताको गुनासो

 

पर्सा — भारतीय पक्षले प्रतिबद्धताअनुसार सेवासुविधा नदिँदा एकीकृत सुरक्षा जाँचचौकी (आईसीपी) नाकाबाट डस्टी कार्गो आयात झन्झटिलो बनेको छ । साबिकको वीरगन्ज भन्सार नाकाको बाटोको साटो भारतीय आईसीपी हुँदै नेपाली आईसीपीतर्फ डस्टी कार्गो आयात हुन थालेको हो । तर, यो रुट अपायक तथा झन्झटिलो भएको आयातकर्ताले गुनासो गरेका छन् ।

 

मोनालिसा इन्टरनेसनलका निर्देशक माधव राजपालले रक्सौल रेलवे स्टेसनमा डस्टी कार्गो टिपरमा लोड गरेर त्यहाँबाट ७ सय ५० मिटर बाटो छिचोलेर भारतीय आईसीपी पुग्ने सडकमा आउन समस्या रहेको बताए । ‘साँघुरो र भीडभाडयुक्त ७ सय ५० मिटर बाटो छिचोलेर आईसीपी सडकको पहुँचमा पुग्न मालवाहक टिपरलाई सकस छ,’ उनले भने, ‘भारतीय पक्षले यो बाटोको भीडभाड हटाउने प्रतिबद्धता जनाएको थियो, तर त्यसो गरिएन ।’ त्यहाँबाट सोझै भारतीय आईसीपीमा प्रवेशको सुविधा पनि नपाएको उनले गुनासो गरे ।

 

‘यसअघि भारतीय पक्षले रक्सौल रेलवे स्टेसनबाट सोझै भारतीय आईसीपीमा प्रवेशको सुविधा दिने प्रतिबद्धता जनाएको थियो,’ उनले भने, ‘त्यसका लागि भारतीय आईसीपीमा नेपाली डस्टी कार्गो बोकेका सवारीलाई १० नम्बर गेट खुला गर्ने प्रतिबद्धता जनाएको थियो, तर त्यसो भएन, हाम्रो टिपर अन्य मालवाहक ट्रक तथा लरीसँगै घण्टौं जाममा बस्नुपर्छ ।’ आयातमै ढिलाइ हुँदा २ दिनको टिपरको भाडा, चालक र लामो रुटको भाडासमेत बढी तिर्नुपरेको उनले गुनासो गरे ।

 

एउटा रेलवे र्‍याकमा १ सय ७० देखि २ सय टिपर डस्टी कार्गो हुने गरेको र विगतमा यसरी एक रेलवे र्‍याक डस्टी कार्गो ढुवानी गरेर रक्सौलबाट वीरगन्जसम्म ल्याउन ३६ घण्टा लाग्ने गरेको थियो । अहिले ५ देखि ६ दिनसम्म लागिरहेको राजपालले गुनासो गरे ।

 

अर्का आयातकर्ता प्लाटिनम मार्केटिङका व्यवस्थापक रजनिश करनानीले भारतीय आईसीपीले पार्किङ चार्ज र जीएसटी शुल्क पनि लिने गरेको गुनासो गरे । यो शुल्क नेपाली आयातकर्तासँग भारतीय पक्षले लिन नमिल्ने उनको तर्क छ । यस्तै अवस्था भए भैरहवा र विराटनगर नाकाबाट आयात हुन सक्ने सम्भावना रहेको पनि उनले बताए ।

 

भारत सरकारको बिहार राज्यको राजधानी पटनास्थित प्रिन्सिपल कमिस्नरको कार्यालयका प्रिन्सिपल कमिस्नर प्रदीपकुमार कटियारले करिब ४ महिनाअघि सूचना जारी गरी रक्सौलबाट भारतीय आईसीपीसम्म आउने बाटो पूर्णरूपमा सञ्चालनमा आइसकेको जनाएका थिए । त्यसैले रक्सौलबाट निर्यात हुँदै आएको डस्टी कार्गो पनि असोज ३० देखि आईसीपीबाट मात्रै गर्न आदेश दिएका थिए ।

 

तर नेपाली आयातकर्ताले साँघुरो सडकको कारण देखाउँदै साबिककै नाकाबाट डस्टी कार्गो आयात गरिरहेका थिए । तर, भारतले दबाब दिएपछि आईसीपीबाट आयात र त्यहाँ तेस्रो मुलुकका पर्यटकका लागि यात्रु शाखा सञ्चालन गरिएको हो ।

 

यही जनवरी ८ देखि आईसीपीबाट डस्टी कार्गो भित्रिन थालेको हो । शनिबारसम्म डस्टी कार्गो बोकेका ३ सय १७ टिपर नेपाल भित्रिएको इन्टर मोडल यातायात विकास समितिका अपरेसन इन्चार्ज जितेन्द्र रसाइलीले जानकारी दिए, जसमा कोइला बोकेका १ सय ७६ र युरिया मल बोकेका १ सय ४१ वटा टिपर छन् ।

 

यसअघि भारतबाट डस्टी कार्गो बोकेका दैनिक १ सय ७० देखि २ सय टिपरसम्म भित्रिने गरेका थिए । भारतीय रेलवेबाट अनलोड गरी टिपरमा कोइला, स्ल्याग, नुन, मल, जिप्सम, आइरन धूलो र फलाम वीरगन्जसम्म ल्याउने गरिन्छ ।

 

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एक कन्सुलरले नेपाली पक्षको सहमतिमै आईसीपीबाट आयात भएको बताए । ‘नेपाल र भारत दुवैतर्फ सुविधासम्पन्न आईसीपी निर्माण भएर सञ्चालनमा आएको पनि झन्डै ५ वर्ष बित्यो,’ ती कन्सुलरले भने, ‘आयात निर्यात व्यापार सहज बनाउन भारत सरकारले ठूलो रकम लगानी गरेर आईसीपी निर्माण गरेको हो, त्यसको सदुपयोग नै हुँदैन भने निर्माण गरेको के नै अर्थ भयो र ?’

 

उनले भारत सरकार वा भारतीय महावाणिज्य दूतावासलाई यसबाट कुनै लाभ नभएको बरु आईसीपी नाकाबाट डस्टी कार्गो भित्रिँदा वीरगन्ज भन्सारको बाटोमा प्रदूषण नियन्त्रण र ट्राफिक जामको समस्या पनि समाधान भएको दाबी गरे ।

२०७९ माघ ४, बुधबार प्रकाशित 1 Minute 120 Views