२०८० जेष्ठ २३ मंगलवार

विदेशबाट फर्कदै हुनुहुन्छ ? थाहा पाइराख्नुस अबबाट कतिवटा मोबाइल ल्याउन पाइन्छ ! जानकारीको लागि शेर गर्नुस ।

विदेशबाट फर्कदै हुनुहुन्छ ? थाहा पाइराख्नुस अबबाट कतिवटा मोबाइल ल्याउन पाइन्छ ! जानकारीको लागि शेर गर्नुस ।

सरकारले विदेशबाट फर्केका नेपालीहरूलाई अतिरिक्त मोबाइल ल्याउन दिने तयारी गरेको छ । हालको ‘निजी झिटीगुन्टा’ सम्बन्धी व्यवस्थालाई संशोधन गरी अतिरिक्त मोबाइल ल्याउन दिने विषयमा अर्थ मन्त्रालयले तयारी थालेको हो ।

यसका लागि ठोस प्रस्ताव ल्याउन भन्सार विभागलाई निर्देशन दिइएको अर्थसचिव तोयम रायले जानकारी दिए । ”विभागले ल्याउने प्रस्ताव अनुसार आवश्यक निर्णय लिइनेछ,” उनले भने ।

हाल विदेशबाट फर्किएका नेपालीले साथमा ल्याएको एउटा मोबाइल सेटमा मात्रै सरकारले भन्सार छुट दिँदै आएको छ । अतिरिक्त मोबाइल सेट ल्याउँदा १८ प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था ल्याइएपछि यसकाे विरोध भइरहेकोे छ ।

अवैध मोबाइल आयात रोक्ने उद्देश्यसहित ल्याइएकाे मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनका लागि भन्सार विभागले अतिरिक्त एउटा मोबाइल सेटका लागि प्रज्ञापनपत्र दिने र थप फोन ल्याए जफत गर्नेसम्मको तयारी थालेकाे थियाे ।

यसको चौतर्फी विरोध हुन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मौखिक निर्देशन दिँदै तत्काल एमडीएमएस लागू नगर्न निर्देशन दिए । हाल एमडीएमएस लागू नभएपनि भन्सार विभागले अतिरिक्त फोनमा १८ प्रतिशतसम्म कर लिइरहेकाे छ ।

”हामीलाई अर्थ मन्त्रालयले प्रस्ताव मागेको छ,” भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले भने, ”हाल यात्रुले ल्याएको एउटा मोबाइल सेटलाई भन्सार छुट दिइएकोमा अतिरिक्त सेट ल्याएमा छुट दिने कि महसुल लिने भन्ने विषयमा छलफल गरिरहेका छौं ।” विदेशबाट फर्किएका नेपाली श्रमिकलाई सहजीकरण गर्नेगरी विभागले सुझाव दिने उनले बताए ।

यसैबीचमा विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट फर्किएका नेपालीहरूले ल्याउने मोबाइल नरोक्न निर्देशन दिनु भएको हो ।

सरकारले आजदेखि अनधिकृत रूपमा आयात हुने मोबाइल फोनको वितरण तथा प्रयोगलाई निरूत्साहित गर्नका लागि भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो।

गत भदौ ३० गतेबाट नेपाल दूरसञ्चार प्राधिकरणले उक्त प्रणालीको परीक्षण सुरू गरेको थियो।विदेशबाट दुख गरेर परिवारका सदस्यलाई एउटा मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले विरोध गरीरहेका छन् ।

यसैबीचमा रेमिट्यान्समा भएको वृद्धि र आयात घटेसँगै व्यापार घाटामा भएको संकुचनले विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै गएको छ ।उच्च आयातले अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दबाब कम गर्न भन्दै आयातमा नियन्त्रण गर्ने नीतिले बाह्य क्षेत्रमा सुधार भएको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना (साउन–मंसिर) सम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजकि गर्दै विदेशी मुद्रा सञ्चिति बढ्दै गएको उल्लेख गरेको छ ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति मंसिर मसान्तमा आउँदा ६.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यसबीचमा अमेरिकी डरलको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँमा हिसाब गर्दा ६ प्रतिशत भन्दा माथिले विदेशी विनियम सञ्चिति बढेपनि अमेरिकी डलरमा भने ३ प्रतिशतले बढेको छ।

अमेरिकी डलरमा २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७९ मंसिर मसान्तमा ९ अर्ब ८२ करोड कायम राष्ट्र बैंकले उल्लेख गरेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ११ खर्ब ३९ अर्ब २२ करोड पुगेको छ । यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ५३ अर्ब ३४ करोड कायम भएको छ । २०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ ।रेमिट्यान्स नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

आयातमा भएको संकुचन र विदेशी विनियम सञ्चितिमा सुधार हुँदै जाँदा आयात पर्याप्तता सुचकमा पनि सुधार भएको छ । आर्थिक वर्ष २०७९/८० को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७९ माघ ४, बुधबार प्रकाशित 0 Minutes 87 Views