
रबि लामिछानेले लिए एक्सन, यी एसएसपीहरूको कार्यकाल पूरा नहुँदै रविले गरिदिए सरुवा, हेर्नुस
उप–प्रधान तथा गृहमन्त्रिस्तरीय निर्णयअनुसार २७ जना एसएसपीहरू सुरुवा भएको शुक्रबार जारी सूचनामा उल्लेख छ । गृहमन्त्री रवि लामिछानेले धेरै एसएसपीहरूको एक वर्ष कार्यकाल पूरा नहुँदै तानेका छन् ।
काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका लगायतका प्रमुखहरूको कार्यकाल पूरा नहुँदै तानेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी दानबहादुर कार्कीको सरुवा भएको छ । एसएसपी भरतबहादुर बोहराको प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा सरुवा भएको छ ।
एसएसपी डा.मनोजकुमार केसीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा सरुवा भएको छ ।
एसएसपी सिद्धिबिक्रम शाहको जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा भएको छ । एसएसपी यज्ञविनोद पोखरेलको बागमती प्रदेश कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडा (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाडौं)मा सरुवा भएको छ ।
एसएसपी सुशीलसिंह राठौरको कर्णाली प्रदेश तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज)मा सरुवा भएको छ । एसएसपी चक्रबहादुर सिंहको प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग वृत्ति विकास महाशाखा नक्सालमा सरुवा भएको छ ।
एसएसपी कृष्णहरि शर्मा पोखरेलको बागमती प्रदेश तालिम केन्द्र दुधौली, सिन्धुलीमा सरुवा भएको छ । एसएसपी मोहनप्रसाद पोखरेलको १ नं. प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा विराटनगर (हाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, काठमाडौं)मा सरुवा भएको छ ।
एसएसपी चन्द्रकुबेर खापुङको प्रहरी प्रदेश कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा सरुवा भएको छ । एसएसपी लालमणि आचार्यको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा सरुवा भएको छ ।
एसएसपी अरुण पौडेलको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा सरुवा भएको छ । एसएसपी दिल्लीराज पन्तको मधेश प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा जनकपुर (हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी)मा सरुवा भएको छ ।
एसएसपी गणेश चन्दको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल, डोटीमा सरुवा भएको छ । एसएसपी अर्जुन चन्द ठकुरीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा (हाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल)मा सरुवा भएको छ ।
एसएसपी ईश्वर कार्कीको मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरमा सरुवा भएको छ । एसएसपी रविन्द्र केसीको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा सरुवा भएको छ ।
एसएसपी रेवती ढकालको प्रहरी प्रदेश कार्यालय भैरहवामा सरुवा भएको छ । एसएसपी दीपेन्द्र घर्ती क्षेत्रीको कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा वीरेन्द्रनगर (काज प्रधान कार्यालय प्रहरी महानिरीक्षकको कार्यालयको सचिवालय नक्साल)मा सरुवा भएको छ ।
एसएसपी जीवनकुमार श्रेष्ठको मावन बेचबिखन अनुसन्धान ब्यूरो, काठमाडौंमा सरुवा भएको छ । एसएसपी अनुरागकुमार द्विवेदीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाव अपराध अनुसन्धान निर्देशनालय नक्सालमा सरुवा भएको छ ।
एसएसपी योगबहादुर पालको प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा सरुवा भएको छ । एसएसपी भोलाबहादुर रावलको प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा सरुवा भएको छ ।
एसएसपी जनक भट्टराईको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा सरुवा भएको छ । एसएसपी सुरेन्द्रप्रसाद मैनालीको प्रहरी प्रधान कार्यालय कार्यविभाग कार्य निर्देशनालय नक्सालमा सरुवा भएको छ ।
एसएसपी विनोद घिमिरेको लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा सरुवा भएको छ । एसएसपी दीपककुमार बस्नेतको लुम्निी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा तुलसीपुरमा सरुवा भएको छ ।
यसैबीच उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेका छन् ।
बिहीबार गृहमन्त्री लामिछानेले डीआईजी बसन्तबहादुर कुँवरलाई मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिएका छन् । प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व डीआईजी श्यामलाल ज्ञवालीलाई दिइएको छ ।
डीआईजी ज्ञवाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखमा थिए । विमानस्थलमा डीआईजी किरण राणालाई काज सरुवा गरिएको छ । मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा काज ल्याइएको छ । डीआईजी खाँ विवादमा तानिएका थिए ।
कर्णाली प्रदेशका पोषराज पोख्रेललाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ । डीआईजी भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश प्रहरीको जिम्मेवारी दिएर काज सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापालाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा काज सरुवा गरिएको छ । डीआईजी अशोक सिंहलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा काज सुरुवा गरिएको छ ।
प्रहरी प्रवक्ता रहेका डीआईजी टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङमा काज सरुवा गरिएको छ । गण्डकी प्रदेश प्रहरीको प्रमुखमा डीआईजी बुद्धिराज गुरुङलाई काज सरुवा गरिएको छ । प्रदेश नं. १ को प्रदेश प्रहरीको प्रमुखबाट डीआईजी सुदीप गिरीलाई विशेष ब्यूरोमा काजमा खटाइएको छ ।