हर्कले गरे आजसम्मकै ठूलो चमत्कार, सबैलाई मिलाएर धरानमा यस्ता बिकास गरेपछि हर्कको हाईहाई
गत बैशाखमा स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट मेयर हर्क साम्पाङ विजयी हुँदा एमालेबाट प्रत्यासी मञ्जु भण्डारी तेस्रो भएकी थिइन् ।उक्त निर्वाचन परिणाम पछिको ९ महिनामा मेयर साम्पाङ र एमाले पार्टीबीच सम्बन्ध सुमधुर हुन सकेन । अझ बराह सहकारी संघर्ष समितिको आन्दोलनको क्रममा मेयरको कार्यकक्षमा तोडफोड भएपछि त एमालेसँगको सम्बन्धमा झनै तिक्तता बढ्यो ।
नेतृ भण्डारीको चुनावी प्रचारको तस्बिर अंकित संघर्ष समितिका अध्यक्ष खगेन्द्र नेपालीको तस्बिर पोष्ट गरेपछि एमाले र मेयर साम्पाङबीचको फेसबुक वारमा मात्र सिमित रहेन । नेतृ भण्डारीले साइबर अपराधबारे सिआइबीमा नै उजुरी गरिन् ।
एमाले नेतृ भण्डारी मेयरका प्रत्यासी मात्र होइनन्, उनी पार्टी केन्द्रीय कमिटी सदस्य पनि हुन् । बैशाखको निर्वाचन पछि जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराउदा एउटै मञ्च सेयर गरेयता मेयर साम्पाङ र नेतृ भण्डारी कुनै पनि औपचारिक कार्यक्रममा एउटै मञ्चमा देखिएका थिएनन् ।
हिजो बिहिबार भने धरान वडा नं ३ स्थित चन्द्रपुर बजार जल्पा रोड उद्घाटन र आधारभुत स्वास्थ्य केन्द्रको भवन उद्घाटन कार्यक्रममा मेयर साम्पाङ र एमाले नेतृ पहिलो पटक मञ्च सेयर गरे । हुन त धरान उत्सवको उद्घाटन समारोहमा पनि पुर्वउपमेयरको हैसियतमा नेतृ भण्डारी मञ्चमा थिइन् । तर, त्यो बेला भण्डारीले मन्तव्य गर्ने अवसर पाएकी थिइनन् ।
चन्द्रपुर बजार जल्पा रोड कालोपत्रे सडकको इतिहास धरानको स्थापनासँगै जोडिएको छ । वि.स.१९५७ सालमा चन्द्र शम्सेर राणले धरानको चन्द्रपुर बजार बसाएका थिए । चन्द्रपुर बजार नै अहिलेको पुरानो बजार हो ।
त्यही ऐतिहासिक चन्द्रपुर बजारको बाटो कालोपत्रे सम्पन्न भएपछि धरान उत्सवकै अवसरमा बिहिबार उद्घाटन गरिएको हो । धरानको स्थापनाको इतिहाससँगै यो चन्द्रपुर बजार जल्पारोड बाटोको इतिहास पनि १२२ बर्ष भएको छ ।
यो सडकलाई कालोपत्रे गर्न तत्कालिक कार्यवाहक मेयर हुँदा मञ्जु भण्डारीले पहल गरेकी थिइन् । यो सडक २ करोड ३१ लाख ७८ हजार रुपैया बजेटमा तयार भएको हो । भण्डारीले जनसहभागिताको अवधारणा कार्यन्वयन भइरहदा जनताले सधै पैसा लगानी गरिरहनु पर्दा मर्का पर्ने गरेको आफुले अनुभूति गरेको बताइन् ।
त्यही भएर जनसहभागिता विना नै यो सडक निर्माण गरिएको उनले बताइन् । यो सडकसँगै धरान १६ को जनपथ र धरान १५ को आडा लाइनको सडक पनि जनसहभागिता विना केन्द्र सरकारको बजेटबाट निर्माण भएको उनले बताइन् ।
आफुले ५ बर्ष उपमहानगरमा रहदा विकासको काम गर्ने प्रयास गरेको भन्दै अब जनताले ५ बर्ष चुप लाग्नुस् भनेर मेयर हर्क साम्पाङलाई जिताएकोले काम गर्ने अवसर उनलाई भएको पनि नेतृ भण्डारीले बताइन् । उनले ३० फिटभन्दा माथिको बाटो एडिबिले बनाइदिने भएकोले सहजीकरण गर्नुपर्ने पनि बताइन् । नगर र नागरिक मिलेर नै नगरलाई समृद्ध बनाउने उनले बताइन् ।
मेयर साम्पाङले पनि आफु भन्दा अघिल्लो नेतृत्वले गरेको असल कामहरुलाई निरन्तरता दिइने बताए । जनताको मुल्यांकनमा आशातित प्रतिफल दिन नसकेको कुरालाई मात्र छोड्ने उनले बताए । जनतालाई भएको पीरमर्का, जनतालाई सेवासुविधा नपुगेको भन्ने कुरालाई छोड्ने उनको भनाई थियो । धरानको समग्र विकास आफुहरुको प्राथमिकता भएको पनि मेयर साम्पाङले बताए ।
यसैगरी धरानको कार्यपालिका बैठकले वडा नं २० मा बेसार उद्योग स्थापना गर्ने निर्णय गरेको छ ।आज (बिहिबार) बसेको कार्यपालिका बैठकले वडा नं २० मा उपयुक्त स्थान खोजेर उद्योग स्थापना गर्ने निर्णय गरेको हो । मेयर हर्क साम्पाङले वडा २० मा बेसार उद्योग बनाउने योजना अघि सारेका छन् । उनले यसअघि नै वडा अध्यक्ष पदम लिम्बुसँग उद्योग स्थापनाको लागि स्थलगतरुपमा जग्गा पनि हेरिसकेका छन् । वडा २० को कटहरेमा स्थानीयले उद्योग स्थापना हुने भए जग्गा दिन सहमत पनि भइसकेका छन् ।
भञ्ज्याङ निवासी समाजसेवी ओम सुच्चा राईका अनुसार कटहरेमा शेरबहादुर लिम्बु र सुरेन्द्र लिम्बु दाजुभाईले उद्योगको लागि जग्गा दिने भएका छन् । उनीहरुले आफ्नो बाजेको नाममा भएको जग्गा उद्योगलाई दिने सहमति जनाएको राईले बताए । प्राविधिकहरु पुगेर नापजाँच गर्दा ७ कट्टा बढी जग्गा देखिएको पनि उनले जानकारी दिए ।
मेयर साम्पाङले वडा २० मा नै यसअघि माया धराने साबुन उद्योग पनि स्थापना गर्ने योजना अघि बढाएका थिए । साबुन उद्योगको लागि छनौट गरिएको जग्गामा वन कार्यालयसँग स्वामित्वको विवाद भएको थियो ।
गिट्टी कुट्ने श्रमदान अभियान चलिरहदा वन कार्यालयले भोगाधिकर नलिई काम गरेको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको थियो । आदालतबाट भोगाधिकार प्राप्त नभएसम्म काम नगर्नुं भन्ने अन्तरिम आदेश जारी भएपछि उक्त जग्गाभित्र श्रमदानको काम स्थगित भएको छ ।यसैबीच धरान उपमहानगरपालिकाले आन्तरिक आय बढाउनको लागि सम्भाव्यताहरुको अध्ययन गराउन विज्ञ परामर्शदाता नियुक्त गर्ने भएको छ ।
आज (बिहिबार) भएको कार्यपालिका बैठकले राजश्व सम्बन्धी विज्ञ परामर्शदाता नियुक्त गरी अध्ययन गराउने निर्णय गरेको हो । उपमहानगरपालिकाको आन्तरिक आय एकदमै न्युन भएकोले यसका सम्भावित स्रोतहरु र क्षेत्र पहिचान गरि उचित प्रतिवेदन पेश गर्न अध्ययन गराउने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाको आफ्नो आन्तरिक आय २५ करोड पुग्न सकेको छैन । उपमहानगरपालिका हुनको लागि २५ करोड आन्तरिक आय हुनुपर्ने भएपनि केन्द्र र प्रदेश सरकारसँगको राजश्व बाँडफाँड हुँदा प्राप्त हुने आयले मात्र यो मापदण्ड पुग्ने गरेको छ । त्यसैले आफ्नै आन्तरिक आय २५ करोड कटाउनको लागि सम्भावित स्रोतहरु खोजी गर्न विज्ञ नियुक्त गर्ने निर्णय गरेको हो ।
कार्यपालिका बैठकमा यो प्रस्ताव पेश गरिदा २ जना कार्यपालिका सदस्यहरुले प्रश्न उठाएका थिए । कार्यपालिका सदस्य विकास भाटीले आफ्नै जनप्रतिनिधिहरु राजश्व सम्बन्धी जानकार हुँदाहुदै विज्ञ ल्याएर अध्ययन किन गराउनु भन्दै प्रश्न गरेका थिए भने वडा नं १० का वडाअध्यक्ष विवेक राईले विज्ञ नियुक्ती गर्न छुट्याइएको ५ लाख बजेट एजेण्डामा किन उल्लेख नगरिएको भन्ने प्रश्न गरेका थिए ।
मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले दुवैको जवाफ दिदै विज्ञहरुसँग ज्ञानको दायरा फराकिलो हुने र फरकढंगले अध्ययन गरेर प्रतिवेदन दिने भएकोले महत्वपुर्ण हुने बताएका थिए । यस्तै, सम्भाव्यता अध्ययन गराउनको लागि बजेटमा नै ५ लाख विनियोजन गरिएको पनि एजेण्डामा बजेट उल्लेख नगरिएको उपमेयर बेघाले जानकारी दिएका थिए ।
सोही बैठकले आगामी दुई बर्षको लागि राजश्व परामर्श समितिले निर्णय गरेको आय व्ययको प्रक्षेपणलाई पनि पारित गरेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा १८ (१) वमोजिम यो प्रक्षेपण पुष मसान्त भित्र अर्थ मन्त्रालयमा पेश गर्नुपर्ने हुन्छ ।
आर्थिक बर्ष २०८०/०८१ को कुल बजेट १ अर्ब ८६ करोड ४७ लाख ७० हजार १ सय प्रक्षेपण गरिएको छ भने २०८१/०८२ को बजेट २ अर्ब ८ करोड १४ लाख ५१ हजार प्रक्षेपण गरिएको छ । आर्थिक बर्ष २०८०/०८१ मा आफ्नो स्रोतबाट प्राप्त हुनसक्ने अनुमानित राजश्व ३१ करोड २१ लाख २१ हजार प्रक्षेपण छ भने आर्थिक बर्ष २०८१/०८२ मा ३७ करोड ३७ लाख ९६ हजार प्रक्षेपण गरिएको छ ।
राजश्व बाँडफाँडबाट २०८०/०८१ आर्थिक बर्षमा ४० करोड ११ लाख ८२ हजार १ सय प्राप्त हुने अनुमान गरिएको छ भने २०८/०८२ आर्थिक बर्षमा ४४ करोड १३ लाख २१ हजार प्राप्त हुने अनुमान छ । यस्तै, आर्थिक बर्ष २०८०/०८१ मा अनुदानबाट १ अर्ब १४ लाख ६७ हजार प्राप्त हुने अनुमान छ भने आर्थिक बर्ष २०८१/०८२ मा १ अर्ब १० करोड १३ लाख ३४ हजार प्राप्त हुने अनुमान छ ।यस्तै गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा धरानको मेयरमा स्वतन्त्रबाट हर्क साम्पाङ निर्वाचित भएपछि उनको चर्चा र प्रशंसा सबैतिर छ ।
ठुला भनिएका राजनीतिक पार्टीहरुको उम्मेद्वार मात्र होइन, गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएकाहरुलाई पनि पराजित गरेर मेयरमा चुनिएपछि शुरु भएको साम्पाङको चर्चा र अलोचना भइरहेको छ । तर, यही धरान उपमहानगरपालिकामा एक जना वडाअध्यक्ष पनि स्वतन्त्रबाट निवार्चित भएका थिए । उनी हुन्, धरानको वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराई ।
यी वडाअध्यक्षले पनि राजनीतिक दलहरुबाट वडाअध्यक्षमा उठेका उम्मेद्वारहरुलाई पराजित गरेका थिए । उनको चुनाव चिह्न थियो, पानीको धारा । तर मेयरमा निवार्चित साम्पाङको जित र चर्चाको अघि उनको जित ओझेलमा परेको थियो ।
हुन पनि वडाअध्यक्ष भन्दा बढी महत्व मेयर पदको नै हुन्छ । त्यसैले पनि मेयरमा विजयी साम्पाङको चर्चा धेरै हुनु स्वभाविक नै थियो । तर वडाअध्यक्ष भट्टराई पनि चर्चा गर्न योग्य पात्रकोरुपमा देखिएका छन् ।
उनले चुनावको बेला नै घोषणा गरेका थिए, ‘चुनाव जिते भने आफुले पाउने पारिश्रमिक जनताको सेवामा खर्च गर्नेछु ।’ अन्ततः उनले चुनाव पनि जितेका छन्, र आफुले जनतासँग गरेको वाचालाई पुरा गर्न लागिपरेका छन् । उनले आफ्नो पारिश्रमिकबाट विपन्न परिवारका सदस्यहरुलाई आवश्यक पर्ने सामान खरिद गरेर वितरण गरिरहेका छन् ।
आज (बुधबार) उनले २५ वटा ब्ल्याङ्केट विपन्न परिवारका जनतालाई वितरण गरेका छन् । धरान वडा नं ६ घोपाली टोलमा पुगेर वडाअध्यक्ष भट्टराईले ब्लांङकेट वितरण गरेका हुन् । अहिले पुषको कठ्याङ्ग्रिदो जाडोमा वडाअध्यक्ष भट्टराईले वितरण गरेको ब्ल्याङ्केटले केही हदसम्म भएपनि विपन्न परिवारलाई न्यानो महशुस गराउने अपेक्षा गरिएको छ ।
उनले आफ्नो पारिश्रमिकबाट जनतालाई सेवा गरेको यो पहिलो पटक भने होइन । यसअघि पुष ९ गते पनि उनले ४५ वटा ब्ल्याङ्केट यसरी नै विपन्न परिवारलाई वितरण गरिसकेका छन् ।
प्रतिकृया दिनुहोस्
मुख्य समाचार सम्बन्धित
राष्ट्रपतिमा महन्थलाई अघि सार्ने प्रचण्ड-देउवाको तयारी, सिंगो मधेशवादी दल एक ठाउँमा
प्रचण्डलाई भेटेर चिनियाँ राजदूतले भने-सँगै मिलेर काम गरौँ, हामिसँग मिलेर काम गर्ने हजुर नै हो….
विदेश जादैहुनुहुन्छ ? सरकारले विदेशमा हुने र जानेहरुको लागि ल्यायो नया नियम…
सन्दीपले राष्ट्रिय टिमका चार क्रिकेटरलाई इन्स्टाग्राममा अनफलो गर्दै ट्विटरमा के लेखे ?
चिनियाँ शैलीमा चितवनको बिकास गर्दै मेयर रेणु दाहाल, यो कामले चितवनभरि रेणको हाईहाई, शेर गर्नुस
मलेसियामा बन्धक बनाइएका सबै नेपालीहरुको प्रचण्डको एक बोलीले उद्दार भए, हेर्नुस (धेरै धन्यवाद)
ताजा
लोकप्रिय
राष्ट्रपतिमा महन्थलाई अघि सार्ने प्रचण्ड-देउवाको तयारी, सिंगो मधेशवादी दल एक ठाउँमा
काठमाडौं, । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु राष्ट्रपति कसलाई बनाउने भन्नेबारे गृहकार्यमा जुटेका छन् ।…
प्रचण्डलाई भेटेर चिनियाँ राजदूतले भने-सँगै मिलेर काम गरौँ, हामिसँग मिलेर काम गर्ने हजुर नै हो….
काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता…
विदेश जादैहुनुहुन्छ ? सरकारले विदेशमा हुने र जानेहरुको लागि ल्यायो नया नियम…
काठमाडौ । (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस) वैदेशिक रोजगार ऐन परिमार्जन हुन्छ- अर्थमन्त्री पौडेलउपप्रधानमन्त्री…
सन्दीपले राष्ट्रिय टिमका चार क्रिकेटरलाई इन्स्टाग्राममा अनफलो गर्दै ट्विटरमा के लेखे ?
काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेले केही क्रिकेटरलाई इन्स्टाग्राममा अनफलो गरेका छन् । ट्विटर ह्यान्डलको बायोमा…
चिनियाँ शैलीमा चितवनको बिकास गर्दै मेयर रेणु दाहाल, यो कामले चितवनभरि रेणको हाईहाई, शेर गर्नुस
चितवन । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको…
Copyright © 2016-2023 NParda | Design By EasySoftnepal
खोजी गर्नुहोस्…
News Portal
MENU
हर्कले गरे आजसम्मकै ठूलो चमत्कार, सबैलाई मिलाएर धरानमा यस्ता बिकास गरेपछि हर्कको हाईहाई
एनपर्दा संवाददाता
516 0Google +0 0७९८ पटक
(भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस)