२०८० जेष्ठ २३ मंगलवार

बाबुको उपचार को लागि 5 रुपैया दिने भएको छ त्यसैले औला चलाको भरमा कुनै गरिब लाई मदत मिल्छ भने पछि नहट्नु होला😓

बाबुको उपचार को लागि 5 रुपैया दिने भएको छ त्यसैले औला चलाको भरमा कुनै गरिब लाई मदत मिल्छ भने पछि नहट्नु होला😓

मीना ढकाल, उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा कम छैन। रमाइलो गर्ने उमेरले होइन, मनले हो, चाहनाले हो, रहरले हो भन्ने गतिलो उदाहरण हुन् उनी। सामाजिक सञ्जाल टिकटकमा उनका १२ हजारभन्दा बढी फलोअर छन् भने उनले बनाएका प्रत्येक भिडियोहरू १५ हजारभन्दा बढीले लाइक गर्ने गरेका छन्।

युवा पुस्तामाझ निकै लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकमा उनका ती भिडिओहरू हेर्दा लाग्छ, उनी भर्खर जवान भएकी छन्, उनको लाउँलाउँ खाउँखाउँको उमेर भर्खरै आएको छ र बल्ल रमाइलो गर्दै जिन्दगीको मज्जा लिइरहेकी छिन्। उनी अहिले सेलिब्रेटी भएकी छिन्। युट्युब च्यानलहरूमा उनका प्रशस्त भिडियोहरू, अन्तर्वाताहरू हेर्न पाइन्छ।

 

उनी चर्चित भने आफ्ना पतिसँगको २२ वर्षे लामो वैवाहिक सम्बन्धविच्छेद गरेपछि बनिन्। यस अर्थमा उनी २२ वर्षसम्म गुमनाम बसिन्। उनकै शब्दमा भन्दा सम्बन्धविच्छेद भएको दिन उनका लागि स्वतन्त्रता दिवस हो। उनी हुन् चर्चित हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी। उनको श्रीमानसँग सम्बन्धविच्छेद भएको वर्षदिन भन्दा बढी भइसकेको छ।

२०७९ माघ ६, शुक्रबार प्रकाशित 1 Minute 242 Views