२०८० जेष्ठ १९ शुक्रबार

अन्तिम पटक अबैले निरा छन्त्याल को फोटो छोएर Rip लेख्नु होस् 😭😭.

अन्तिम पटक अबैले निरा छन्त्याल को फोटो छोएर Rip लेख्नु होस् 😭😭.

काठमाडौं :पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा लोकगायिक निरा छन्त्यालको मृत्यु भएको छ। उनी माघी मनाउन सो विमानबाट पोखरा जाँदै थिइन्।

तर,पोखरा नपुग्दै उनी चढेको विमान दुर्घटनामा पर्‍यो। पोखरामा पाइला टेक्न नपाउँदै उनी संसारबाट विदा भइन्। उनीसहित ६८ यात्रु सवार रहेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा सेती खोँचमा दुर्घटनाग्रस्त भयो।

 

पुरानो एयरपोर्टको आकाश पुग्न १ मिनेट

पनि नपुग्दै जहाज आकाशमै कोल्टियो र सेतीनदीको खोँचमा खसेको थियो। उनले विमान चढ्नुअघि माघे संक्रान्तिको अवसरमा शुभकामना दिएकी थिइन्।

 

माघे संक्रान्तिको शुभकामना दिँदै उनले लेखेकी छन्-‘माघे संक्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्मपूर्ण आमाबाबु,दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

 

माघीको अवसरमा काठमाडौंमा शनिबार एक कार्यक्रममा सहभागी भएकी थिइन् उनी। कार्यक्रमपछि काठमाडौंमा गरेको रमाइलोपछि आज (आइतबार)

 

का लागि पोखरामा रमाइलो गर्नुपर्छ भन्दै फेसबुकमा तस्बिर समेत पोस्ट गरेकी थिइन्। nसोही अनुरुप उनी बिहान पोखरा जानका लागि यती एयरलाइन्सको विमान चढेकी थिइन्।

 

विमानमा सवारमध्ये ६८ जनाको शव भेटिएका छन्। ४ जनाको अवस्था अज्ञात छ। दुर्घटनामा २५ महिला,३७ पुरुष,३ बालक र ३ शिशु परेका छन्।

 

विमानमा १५ जना विदेशी नागरिक रहेको पाइएको छ। खोज कार्य जारी रहेको प्रहरीले जनाएको छ। सरकारले दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। शोकमा भोलि सार्वजनिक बिदा समेत दिइएको छ।

२०७९ माघ ७, शनिबार प्रकाशित 1 Minute 146 Views