२०८० जेष्ठ २३ मंगलवार

जेलमा रहेका पल शाहको कविता रायसंग जोडी बाधिने पक्का

जेलमा रहेका पल शाहको कविता रायसंग जोडी बाधिने पक्का

काठमाडौं ।नायक पल शाह यतिबेला हिरासतमा रहेका छन्। उनि हिरासत बसेको ११ महिना पुरा हुदैछ। अदालतले उनलाई २ बर्ष ६ महिनाको सजाय तोकेको छ भने पुनरावेदनका लागी उनि पुगिसकेका छन्। यसैबीच पल शाह मुख्य भूमिकामा रहने गरि एक चलचित्रको दर्ता चलचित्र विकास बोर्डमा दर्ता गरेको छ।

शिवम अधिकारिको निर्देशनमा निर्माण हुने चलचित्र ‘ओ साजन’ मा पल शाह मुख्य नायकको रुपमा रहेका छन्। नायिकाको रुपमा मोडल कविता राय रहेकी छिन्। राय फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रलाइ कविता रायले निर्माण गर्नेछिन्। कविता र पलले केहि म्युजिक भिडियोमा संगै सहकार्य गरेका छन्।

पल र कविताको ओ साजन बोलको गीतको भिडियो हिट बनेको थियो। पल शाह हिरासत मुक्त भएपछी खेल्ने पहिलो चलचित्र यहि हुने दावी निर्माण टिमको रहेको छ। पल र कविताको चलचित्र बन्ने घोषणा गीत हिट भएको समयमा नै गरिएको थियो। पलसंग लिखित सम्झौता सोहि समयमा गरिएको निर्माण टिमले बताएको छ।

२०७९ माघ ८, आईतवार प्रकाशित 0 Minutes 93 Views