२०७९ माघ २५ बुधबार

२१ बर्सिय सीतालाई अ’पहरण गरि १९ जनाद्वारा बेलुका ७ बजेदेखी बिहान ५ बजेसम्म पालैपालो बला’त्कार, लत्रीदै चौकी पुगिन पिडित

२१ बर्सिय सीतालाई अ’पहरण गरि १९ जनाद्वारा बेलुका ७ बजेदेखी बिहान ५ बजेसम्म पालैपालो बला’त्कार, लत्रीदै चौकी पुगिन पिडित

नेपालगञ्जमा जो कोहीका आँशु बग्ने अत्यन्तै क्रु’र अपरा’ध भएको छ । नेपालगञ्जको जानकी गाउँपालिका वडा नं. ३ मा बस्ने सिता मगर (नाम परिवर्तन) लाई १९ जनाको समूहले अपहरण गरेर पालैपालो बला’त्कार गरेको घ’टना बाहिर आएको छ ।

सिता र उनका श्रीमानको सामान्य झगडा पश्चात सो घट’ना हुन पुगेको हो । जब श्रीमानले खाना बनाउन लगाएको तर उनले खाना नबनाएर आमासँग फोनमा बोल्दा सिम भाँचेर फ्यालिदिए पश्चात सामान्य झगडा भएको थियो ।

त्यसपछि रुकुम माइत जान्छु भनेर हिडिकी सितालाईबिच बाटोमा १९ जनाको समूहले अप’हरण गरेर अडर झाडिमा लगेर क’रणी गरेका थिए । सिताको मुख थुनेर, हात खुट्टा समाएर अडर झाडिमा लामो समयसम्म लगातार पालै पाले बला’त्कार गरिएको पीडितले बताएकी छिन् ।

मा’धक प’दार्थ सेवन गरेका ती १९ जनाको समूहले सामूहिक कर’णीको समय उनलाई याताना दिने, पिटने जस्ता अनैतिक कामहरु पनि गरेका थिए । भर्खर विवाह गरेको ११ महिना पुगेकी उनलाई साँझ ७ बजेबाट बिहान ५ बजे सम्म लगातार कर’णी गरेका थिए ।

आफूले न्याय पाउँ भनी प्रहरीमा निवेदन समेत दिएको र न्यायलयप्रति भरोसा रहेको उनी बताउँछिन् । मेरा लागि त्यो रात बज्रपात परेको छ । म गर्भवती समेत हुनसक्छु । अनेकौँ यौ’न रोगपनि लाग्नसक्छ । माद’क प’दार्थले मातेका १९ जनाले पालैपाले बला’त्कार गरेका छन् ।

हदैसम्मको कारबाही होस् । म त चाहान्छु उनीहरुलाई मृ’त्युद’ण्ड दिइयोस् । मृ’त्युको सुलीमा चढेको हेर्न पाउँदा मात्र आफ्ना आत्मा बाँच्ने उनको भनाई छ । राति भएकाले उनीहरु सबैलाई आफू चिन्न नसक्ने उनको भनाई छ ।

कथा सुनाइरहेका घरहरू

इतिहासको स्मृति जोगाएर राख्ने चिन्तन र अभ्यास भएका देशमा शताब्दियौंपछि पनि घर हरुले कथा भनिरहेका छन्

त्यसो त हरेक घरका आफ्नै कथा हुन्छन् । त्यस घरका मालिक र उसको परिवारले देखेको सपना । त्यो सपना पछ्याउँदा चाहिने पुँजी र त्यो पुँजी जम्मा गर्न गरेको मिहिनेत । अनि सिकर्मी–डकर्मीहरूको परिश्रमले ठडिएको संरचना । र, त्यो संरचनामा समयक्रमसँगै लेखिएका अनेकन् गाथा । त्यसैले प्रत्येक घर केवल चार दिवारमा कैद भौतिक आकार मात्रै होइन, बरु अनगिन्ती गाथाले भरिएको कथा हो ।

मानवीय क्षमताको सीमा नै हो सायद हरेक ती कथा सीमित मानिसको लघुस्मृतिमै संकुचित हुन्छन् । थोरै मात्र घरले फराकिलो वृत्तको दीर्घकालीन स्मृतिसम्म जाने अवसर पाउँछन् । शासकसँग सम्बन्धित वा कीर्तिमानी व्यक्तिका घर मात्रै त्यस्तो भाग्यशाली हुन्छन्, जो दीर्घकालीन स्मृतिसम्म पुग्छन् ।

आमजनले ‘महाकवि’ भनी पुकारेका लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएर नयाँ संग्रहालय बनाउने अभ्यास भएको नेपालमा त्यस्तो अवसर पाउने भाग्यमानी घर विरलै हुन्छन् । तर, इतिहासको स्मृति जोगाएर राख्ने चिन्तन र अभ्यास भएको देशमा भने घरहरू पनि कथा सुनाइरहेका हुन्छन् । त कतिपय घर भने कथा सुनाउनकै लागि बनाइएका हुँदारहेछन्, जसले शताब्दियौंसम्म पनि आफ्नो समयको कथा भनिरहेका छन् ।

त्यस्तै घरहरू घुम्ने र तिनका रोचक कथा सुन्ने अवसर मिल्यो– जर्मनीको अरफोर्ट सहर घुम्दा । एउटा यस्तो सहर, जहाँ हरेक घरका आफ्नै किस्सा–कहानी छन् । ती कथाले तिनका मालिकका सपना, रहर, कामना र आकांक्षा वर्णन गर्छन् । यो लेखमा म तिनै केही घरहरूको कथा कहन्छु ।

पाँच महिला उभिएका घर

अरफोर्ट सहरको मुख्य बजार ‘माछा बजार’ को चोकमा पूर्व फर्किएर खडा छ– एउटा पुरानो रंगीन घर । त्यस भवनको दोस्रो तलामा पाँचवटा झ्याल छन् । बाहिरी भित्तामा हरेक झ्यालको मुनिपट्टि छन्– विभिन्न मुद्रामा उभिएका पाँच महिलाको आकृति । बायाँबाट दायाँ हेर्दै जाँदा यस्तो दृश्य देखिन्छ– पहिलो महिला चिलनजिक बसेर आफ्नो सुन्दर मुहार ऐनामा हेरिरहेकी छन् ।

दोस्रो महिला चञ्चल मृगसँगै लुथेरिअन गितार बजाइरहेकी छन् । तेस्रो महिला कुकुरनजिकै बसेर फूलको सुगन्ध लिइरहेकी छन् । चौथो महिला फल–फूलको टोकरीसँगै फलको रस वा मदिरापान गरिरहेकी छन्, उनको नजिकै छ बाँदर । पाँचौं महिलाले हातमा बाज बोकेकी छन् र उनको नजिकैबाट एउटा कछुवा समुद्रतिर गइरहेको छ । कसले बनाउन लगायो यस्तो घर ? किन कुँदियो यी पाँच महिलाका आकृति ? जिज्ञासाको जवाफमा सुन्नपाइयो यो कहानी ।

कथा हो इसाको सोह्रौँ शताब्दीको । त्यतिबेला उक्त सहरका म्याजिस्ट्रेट एवं काउन्सिलर थिए हेइनरिच वोन डेन्स्तेद्त । औपचारिक रूपमा उनको कुनै पनि महिलासँग विवाह भएको थिएन, तर पाँच जना महिलासँग सुखी र आनन्दित जीवन बिताइरहेका थिए ।

 

सन् १५८४ तिर काउन्सिलर हेइनरिचलाई आफ्नो सुखी जीवन प्रतित हुनेगरी एउटा नयाँ घर बनाउन मन लागेछ । आफ्नो मनोकामना पूरा गर्न उनले अहिले बेल्जियममा पर्ने ‘अन्त्वेर्प’ सहरका आर्किटेक्ट फ्रान्स फ्लोरिसलाई बोलाए । उनको इच्छाअनुसार, फ्लोरिसले एक विशाल भवन बनाए, जसमा ती पाँच महिलाको आकृति कुँदिएको छ । आर्किटेक्ट फ्लोरिसले ती पाँच महिलाको आकृतिबाट मानव शरीरका पाँच ज्ञानेन्द्रियको चित्रण गरेका छन् ।

 

पहिलो महिलाको आकृतिले आँखालाई जनाउँछ । उनीसँगै कुँदिएको पक्षी चिल निकै टाढासम्म देख्न सक्ने जीव हो । दोस्रो महिला संगीत श्रवणमा लीन छिन्, जसले कानलाई जनाउँछ । उनीसँगै चञ्चलपनको रूपमा मृगको आकृति कुँदिएको छ । तेस्रो महिलासँगै कुकुर उभिएको छ । संसारैभरि गन्ध पत्ता लगाउन प्रयोग गरिने कुकुर नाकको प्रतीक हो । चौथो महिला मदिरापान गरिरहेकी छन्, जसले जिब्रोलाई संकेत गर्छ ।

 

उनीसँगै रहेको बाँदरले भने मदिरापानले हाम्रो इन्द्रियलाई बाँदरजस्तै अराजक बनाउँछ भन्ने जनाउँछ । पाँचौँ महिलाको हातमा बाज छ । बाज अत्यन्तै चलाख सिकारी हो । उनको नजिकबाट एउटा कछुवा समुद्रतिर गइरहेको छ । समुद्री कछुवाले समुद्रबाट अलि पर गएर फुल पार्छ । ती फुल कोरलेर जन्मिएका कछुवाका बच्चाहरू समुद्रबाट बहने हावाको चिसोपन महसुस गर्दै समुद्रसम्म पुग्छन् । यो मूर्तिमा कुँदिएको कछुवा स्पर्शको प्रतीक हो ।

 

पाँचवटा ज्ञानेन्द्रियलाई पाँच महिलासँग जोडेर आर्किटेक्ट फ्लोरिसले घरलाई सुखको प्रतीकको रूपमा प्रस्तुत गरेका छन् । हाम्रा पाँचओटै ज्ञानेन्द्रिय सुखी भएपछि मात्रै सुख पूर्ण हुन्छ भन्ने सन्देश उनले दिएका छन् । साथै काउन्सिलर हेइनरिचको जीवनसँग जोडिएका पाँच महिलाले उनलाई ज्ञानेन्द्रियहरूले दिने सुख दिएको देखाएका छन् ।

 

व्यापारीहरूको पुल

 

मध्यजर्मनीको थुरिङ्गजिया प्रान्तको राजधानी अरफोर्ट सहर मध्ययुगको बिसौनी हो । पश्चिम युरोपबाट बाल्टिक देशहरू र मस्कोसम्म व्यापार गर्न जाने व्यापारी यहीँ बास बस्ने गर्थे । मस्कोमा हमला गर्न आउँदा नेपोलियन पनि यहाँ महिनौंसम्म बसेका थिए । यो सहरको अर्को एउटा आकर्षण हो, बेनेदिक्त्स्पल्ज र वेनिगेमर्क्त सहर–बजार जोड्ने एउटा ऐतिहासिक पुल ।

 

‘कामरब्रुक्चे’ अर्थात् व्यापारीहरूको पुल नाम दिइएको यो पुल युरोपकै पुरानामध्ये एक पुल हो । सन् १३२५ मा काठका मुढाहरूको बार बनाएर निर्माण गरिएको यो पुलले उच्च भार थेग्न सक्छ । १२५ मिटर लामो यो पुललाई ६ वटा आर्कले थेगेका छन् । पुलमा चुनढुङ्गा र बलौटे ढुङ्गा बिछ्याइएको छ । सबैभन्दा आश्चर्यमा पार्ने कुरा के भने यो पुलका दुवै किनारमा लहरै घरहरू बनाइएका छन् । ३२ वटा मुढाहरूको फ्रेममा बनाइएका यी घर सात सय वर्षदेखि उभिइरहेका छन् ।

२०७९ माघ ९, सोमबार प्रकाशित 1 Minute 62 Views

ताजा समाचार