
खेतमा ब्रोकाउली टिपेको तलब १ करोड रुपैयाँ, दिनको ८ घण्टा काम, हप्तामा २ दिन विदा
खेतमा ब्रोका’उली टिप्ने मजदुरलाई १ करोड रुपैयाँ पारि’श्रमिक दिने कुरा सुन्दा हामी अचम्ममा पर्छौं ।
तर, यो साँचो हो । दिनमा ८ घण्टा काम र हप्तामा २ दिन विदा लिएर समेत ब्रो’काउली टिप्ने मजदुरले वर्षमा १ करोड रुपैयाँ पारि’श्रमिक पाउनेछन् । यो अफर बेला’यतको एक कम्पनीले दिएको हो ।
इङल्याण्डको लिंकन’शायरको यो कम्पनीले कर्म’चारीको अभाव भएपछि तर’कारी टिप्ने मजदुरलाई मोटो रकम अफर गरेको हो । टिएच क्लेमेन्ट्स नामको यो कम्पनीले मजदुरहरु’लाई प्रति’घण्टा ३० पाउण्ड अर्थात ४ हजार ८ सय नेपाली रुपैयाँ अफर गरेको छ ।
यस हिसाब’ले दिनमा ८ घण्टा काम गर्दा मजदुरले २४० पाउण्ड कमाउँछन् । हप्तामा २ दिन विदा लिएर ५ दिन मात्र काम गर्दा पनि उनी’हरुले हप्तामा १२०० पाउण्ड कमाउँ’छन् । वर्षका कूल ५२ हप्ता काम गर्दा उनी’हरुले ६२ हजार ४ सय पाउण्ड कमा’उँछन् जुन नेपाली १ करोड रुपैयाँ बराबर हो ।
बेलाय’तको प्रमुख खाद्य आपूर्तिकर्ता तथा सुपरमार्केट’हरुलाई ब्रोकाउली र ब्रसेल्स स्प्राउट आपूर्ति गर्ने यो कम्पनीले मजदुर भर्ती गर्नको लागि सूचना निका’लेको छ । सूचनामा मज’दुरले प्रतिघण्टा ३० पाउण्ड’सम्म पाउने बताइएको छ । कम्पनीले सामा’जिक संजालमा पोस्ट गरेको तस्वीरमा खेत’बाट विदा भएर जाँदै गरेका मजदुरलाई आइस’क्रिम खुवाइएको देख्न सकिन्छ ।