२०७८ मंसिर १२ आईतवार

बुद्धभुमि नेपाल हाइड्रोको आईपिओ बाँडफाँड गर्ने मिति तोकियो

बुधबार, असोज २०, २०७८ मा प्रकाशित
बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ यसै साता बाँडफाँड हुने भएको छ ।

बिक्रि प्रबन्धक सिभिल क्यापिटलले असोज २० गते बुधबार आईपिओको प्रि अलोटमेन्ट गर्ने र

नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि २२ गते शुक्रबार शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर बिक्रि खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको हो।

८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि

र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।

बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन्।

कम्पनीको आईपिओमा ३५ गुणाको आवेदन परको छ ।

कम्पनीको आईपीओमा २१ लाख ११ हजार ८ सय १९ जना आवेदकबाट २ करोड ६५ लाख ३१ हजार ४० कित्ताको लागि आवेदन परेको हो ।

यो माग भन्दा ३५.६६ गुणा बढी हो ।माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ ।

जस अनुसार ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउने छन् ।

यस हिसाबमा आवेदन दिएका मध्ये २० लाख बढी आवेदकले शेयर पाउने छैनन् ।

यद्यपि यो आवेदन भेरिफाई हुनु भन्दा अगाडीको डाटा रहेकोले यो संख्या केहि तलमाथि हुन सक्ने छन् ।

२०७८ आश्विन २०, बुधबार प्रकाशित 0 Minutes 66 Views

ताजा समाचार