
दुई दाजुभाईको जोडिएको टाउको डाक्टरले २७ घण्टासम्मको निरन्तर अप्रेशनपछि छुट्याए !
जुम्ल्याहा दाजुभाईको २७ घण्टा लामो शल्यक्रियापछि डाक्टरहरुले टाउको छुट्याएका छन् । खबर हो ब्राजिलको । ब्राजिलका ३ वर्षका जुम्ल्यहा दाजुभाइृ बर्नाडो र आर्थर लीमाको रियो द जेनेरियोमा लगातार ७ वटा शल्यक्रिया पश्चात उनीहरुको टाउको अलग गरिएको भारतीय मिडियाहरुले जनाएका छन् ।
जसका लागि एक एक ब्रिटिश न्यूरोसर्जनको सहयोगमा ब्राजिलका ख्यातिप्राप्त न्यूरोसर्जनका साथमा बालरोग विशेषज्ञ डाक्टर र बाल रोग सर्जनहरुले यो समस्यालाई सधामान गरेर संसारलाई चकित पारेको दाबी गरिएको छ ।
ग्रेट अरमोण्ड स्टिट हस्पिटलमा बाल रोग सर्जन डाक्टर नुर उल ओवासेले नजिकबाट रेखदेख गरिरहेका थिए । यो शल्यक्रियाका लागि डा जिलानीले पनि आर्थिक सहयोग गरेको समाचारमा जनाइउको छ ।
शल्यक्रियामा लण्डन र रियो दी जेनेरियोका सर्जनहरुले एमआरआई स्क्इानका आधारमा उनीहरुको पटक पटक परिक्षण गरेका थिए । यो शल्यक्रिया २७ घण्टासम्म चलिरहँदा डाक्टरले बिचबिचमा खाना र पानीका लागि मात्र १५ मिनेको रेस्ट लिएको समेत बताइन्छ ।