
काठमाडौं । रवि लामिछाने विरुद्ध रिट दायर गरेर अधिवक्ता रविराज बसौला कानूनभन्दा माथि कोही नभएको बताएका छन्।
सर्वोच्च अदालतले लामिछानेलाई दोषि गर्दै सांसद पद खारेज गरेपछि उनले कानुन सबैले मानेर जानुपर्ने बताए।
उनले भने, ‘उहाँ नागरिकताको विषयमा कानून बमोजिम जानुभएन भन्ने बिषयमा मात्रै हो। भोलि फेरि जानुहोला नागरिकता लिनुहोला। सबैले देश छाडेर विदेश गएर नागरिकता लिने र फेरि फर्केर आएर
म यही देशको हुँ भन्ने र आफूलाई अनुकुल नहुँदाको अवस्थामा फेरि जाने यो प्रक्रिया बन्द हुनुपर्छ। हाम्रो अभियान थियो त्यसले सार्थकता पायो।’