२०७९ चैत्र १८ शनिबार

दोहोरी गायक भीम पौडेलको बिदाईमा छत्र शाही,कृष्ण कंडेल देखि रबिन लामिछाने सम्मको आँखामा आँसु

डिप्रेसनका कारण दोहोरी गायक भीम पौडेलको नि’धन भएको आशंका गरिएको छ ।

चर्चित लाेकदाेहाेरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चाकाे शिखरमा पुगेका स्याङ्जाका गायक पाैडेलकाे बिहीबार राति करिब ११:२० मा निधन भएकाे हो ।

पारिवारिक स्राेतका अनुसार गायक पाैडेल केही समययता डिप्रेशनमा थिए। यद्यपि, उनकाे मृत्युकाे कारण भने खुल्न बाँकी छ। उनी केही समयदेखि डिप्रेसनका कारण बिरामी परेको उनी निकटका साथीहरुले सामाजिक सञ्जालमा लेखिरहेका छन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले पनि उनी केही समयदेखि बिरामी रहेको बताएका छन्।

गायक पाैडेलकाे शव बिहान ११ बजे कास्कीकाे रामघाटमा ल्याइ लाेकदाेहाेरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसं’स्कार गरिएको बताइएको छ।

२०७९ माघ १४, शनिबार प्रकाशित 0 Minutes 43 Views