
दीपिका पादुकोणको बोल्ड र हट दृश्यले भारतभर हंगामा (भिडियो सहित)
बलिउडका किंग खान मानिने शाहरुख खानद्धारा निर्माण गरिएको ‘पठान’ फिल्म हलहरुमा लाग्नभन्दा पहिले विवादमा तानिएको छ । शाहरुख खान आफै नायक बनेका उक्त फिल्मकी नायिका दिपीका पादुकोणले फिल्म कैरियरमा दिएको अहिलेसम्मकै हट र बोल्ड सिनका कारण फिल्म विवादमा तानिएको छ ।
पादुकोणको ड्रेससँगै फिल्म निर्माता शाहरुख खान समेत विवादमा तानिएका छन् । मंगलबार उक्त फिल्मको एउटा गीत ‘बेशरम रंग’ युट्युवमार्फत् सार्वजनिक गरिएपछि यसमा उनीहरुले दिएको सिनको भारतमात्र नभएर विश्वमै सकारात्मक तथा नकारात्मक रुपमा चर्चाको विषय बनेको छ ।
मध्यप्रदेशका गृहमन्त्री गृहमंत्री डा‘. नरोत्तम मिश्राले उक्त गीतमा दिपीकाले लगाइएको कपडाको विरोध गरेका छन् । गीतमा दिपीकाले लगाएको पहेलो ( जोगी रंग) को कपडाको विरो गरेका छन् । उनले फिल्ममा अभिनेत्रीको भेषभुषा र उक्त दृश्य नसच्याएर प्रदेशमा उक्त फिल्म प्रदर्शनको अनुमति नदिने चेतावनी समेत दिएका छन् ।
चलचित्रको गीतमा प्रयोग गरिएको कस्ट्य्ुम पहिलो नजरमा निकै आपत्तिजनक रहेको मिश्राले बताएका छन् । यो गीत नकारात्मक मानसिकताका कारण छायांकन गरिएको प्रष्ट देखिन्छ । उनले दीपिका पादुकोण टुकडे टुकडे गिरोहको समर्थक रहेको भन्दै यस्तो दृश्य परिवर्तन गर्न भनेका छन् ।
नयाँ वर्ष २०२३ को जनवरी २५ मा हिन्दी तथा साउथ भाषामा प्रदर्शन गर्न लागिएको पठानमा शाहरुख खान र दिपीकाका साथै अर्का नायक जोन आब्रहमको पनि मुख्य भूमिका रहेको छ ।