
पोखरामा एक ब्यबसायीले गरे आ’ त्मह’ त्या
पोखरामा एक सहकारीका व्यवस्थापकले आ’ त्मह’ त्या गरेका छन् । पोखरा ११ रानीपौवामा रहेको डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रहेका लेखुराम खातीले साँझ ७ बजे आफ्नै घरको कोठामा पा’ सो लगाएर आ’ त्मह’ त्या गरेका हुन् ।
उनले पोखरा ९ नयाँबजारस्थित पृथ्वीचोकमा रहेको घरमा नै आ’ त्मह’ त्या गरेको वडाध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिए । खाती ह्याप्पी पानी उद्योग सञ्चालकसमेत रहेको खुलेको छ ।उनी चार महिनाको छोरा र एक छोरीका पिता हुन् । उनले आ’ त्मह’ त्या गरेपछि श्रीमती बेहोस भएकी छन् ।
उनलाई गण्डकी मेडिकल कलेजमा उपचारको लागि लगिएको छ ।३८ वर्षका उनलाई नजिकबाट चिन्नेहरुका अनुसार उक्त सहकारीले पछिल्लो समयमा बचतकर्ताको रकम फिर्ता दिन सकिरहेको थिएन । सेयर सदस्यले पनि उनीमाथि दबाब बढाइरहेका थिए ।
वडाध्यक्ष मर्सानीका अनुसार खाती आइतबारको सेयर सदस्यसँगको बैठकमा सहभागी भएर आएका थिए ।व्यक्तिगत ऋण र सहकारीको दबाबका कारण उनी पछिल्लो समय तनावमा रहेको उनका निकटस्थ बताउँछन् । उनको पाइन्टमा आफूले तिर्नुपर्ने ऋण र व्यक्तिको नाम टिपोट गरेको नोट भेटिएको छ ।
प्रहरीले घटनाबारे बिस्तृत जानकारी सोमबार दिने भएको छ ।खातीले धेरै ऋण रहेको र दुई/ तीन दिनअघिसम्म साथीभाइसँग सापटी माग्दै हिँडेको उनका निकटस्थहरूले बताएका छन् । उनका साथी अशोक राईका अनुसार खातीमाथि चर्को ऋण थियो । पछिल्लो समय उनी कार्यरत म्यानेजर
डल्फिन बचत तथा ऋण सहकारी संस्था नाजुक हुँदै गएपछि उन दबाब महसुस गर्न थालेका थिए ।खाती परिवार पहिले सुकुम्बासी टोलमा बस्थ्यो । उक्त घर बेचेर करिब ७ वर्षदेखि नजिकै लालपूर्जा भएको जग्गा किनेर बसेको पनि उनका साथी राईले बताए ।
यो पनि – माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश नं. १ उदयपुर जिल्लास्थित श्री सिद्धवती माध्यमिक विद्यालय खाँबुमा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको छ। सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अतिनिम्न परिवारका
बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले उक्त स्कुलमा २६५ थान स्वेटर वितरण गरेको हो। यसैगरी बैंकले जाडो मौसमलाई नै मध्यनजर गर्दै मधेश प्रदेशको पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिकास्थित जामिया कुलफा मदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीलाई समेत ४० थान ब्ल्यांकेट हस्तान्तरण गरेको छ।
बैंकले यसअघि पनि सामाजिक कार्यमा सक्रिय रहेका विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको थियो। माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा, १६५ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा शाखारहित बैंकिङ सेवा, २०६ वटा एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।