२०७९ चैत्र १८ शनिबार

जे मागेपनि प्राप्त हुने दुप्चेश्वर महादेव : सन्तान नहुनेहरुलाई तुरुन्तै प्राप्त भएको छ फल

जे मागेपनि प्राप्त हुने दुप्चेश्वर महादेव : सन्तान नहुनेहरुलाई तुरुन्तै प्राप्त भएको छ फल

काठमाडौं । दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । पशुपतिनाथको दोश्रो रुप मानिने नुवाकोट जिल्लाको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेवमा विशेष मेला लाग्ने गर्दछ ।

यहाँ अलौकिक शिलाबाट बनेको मुर्तिलाई महादेवको साक्षत रुप मानेर पूजा गरिन्छ । जे मागेपनि प्राप्त हुने र अहिलेकै युगमा समेत भइरहेकाले मानिसहरुको निक्कै आस्था छ ।

विशेषगरी सन्तान नहुने दम्पतीहरु यहाँ पूजा गर्न पुग्छन् । लगत्तै फल मिलेको कयौँ उदाहरणहरु छन् । बच्चाको बाक्य आएन भनेपनि यहाँ दर्शन गराएपछि बोल्न थालेका धेरै जीवन्त उदाहरण छन् ।

पौराणिक कथनअनुसार चार सय वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ ।

२०७९ माघ १७, मंगलवार प्रकाशित 0 Minutes 44 Views