२०७८ आश्विन ४ सोमबार

फेरी आर्को कामदार अस्ताय कोरियामा !

दक्षिण कोरियाको ह्वासाङ्सी को एक पलास्टिकका सामान बनाउने कम्पनीमा कार्यरत एक श्रृलङ्कन नागरिकको औधोगिक दृघटनामा परी ज्यान गएको छ।

ख्यङ्गीदो ह्वासाङ्गमा अवस्थित उक्त कम्पनिमा कार्यरत श्रिलङ्कन कामदार लगातार १८ घन्टासम्म काम गरेका कारण दृ’घटनामा परी ज्यान गएको ह्वासाङ्ग सबु प्रहरी स्टेसन ले जानाकारी दिएको छ।

ह्वासाङ्ग फाल्थान सिटीमा रहेको प्लास्टिकका सामान बनाउने उक्त कम्पनीमा मृ’तक सहित ३ जना विदेशी कामदार रहेको र उनीहरु कम्पनीको अर्डर अत्यधिक भएका कारण लगातार १८ घन्टासम्म काम गरेको बुझिएको छ।

३३ बर्षिय मृ’तक कम्प्रेसरमा रहेको प्लेट फेर्ने क्रममा एक्कासी कम्प्रेसर चलेपछी दृ’घटनामा परेका थिय।घटनास्थल मा उनका २ जना साथी भएतापनि उनि दृ’घटनामा परेर चिच्याएपछी मात्र थाहा पाएको बताएका छन।साथीहरुले थाहा पाउने बित्तिकै कम्पनी म्यानेजरलाई जानाकारी गराएर म्यानेजरले ११९ मा फोन गरी सहयोग मागेको प्रहरीले बताएको छ।

प्रहरीको प्रारम्भिक जानाकारी अनुसार अवेल कम्प्रेसरमा प्लेट परिवर्तन गर्ने क्रममा कम्प्रेसर एक्कासी सुचारु हुन गई उनी दृ’घटनामा परेको बताईएको छ।मृ’तक उक्त कम्पनीमा आएको मात्र ३ महिना भएको थियो।

मृ’तक सहित उनका २ साथी अघिल्लो दिन ९ बजे बिहान बाट काम गरेका थिय।कम्पनी म्यानेजर रातको ११ बजेसम्म उनिहरुसंगै काम गरेर घर गएको केही घन्टामै बिहान ३:३० मा उक्त दृघटना भएको थियो।

कम्पनीमा अर्डर बढि उत्पादनमा कमी आएको कारण कम्पनीको टार्गेट पुर्याउन विदेशी कामदारलाई ओभरटाईम गराईएको बुझिएको छ।यधपी अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।भिडियो फुटेज लगाएतका अन्य अनुसन्धान पश्चात श्रम कानुन उल्लङ्घन भए नभएको अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने प्रहरीले बताएको छ।

कोरिया आर्थिक बृद्दीदर र जिडिपी मा अगाडी भएतापनी कार्यस्थल दृ’घटना हुने रास्ट्रमा अगाडी छ।साथै कार्यस्थल सुरक्षा तथा अकुपेशनल सेफ्टी मेजर सम्बन्धि मा ओईसिडी रास्ट्रहरुमध्ये कोरिया सबैभन्दा पछाडी छ।

२०७८ श्रावण १२, मंगलवार प्रकाशित 0 Minutes 116 Views