२०७८ आश्विन ४ सोमबार

आज ५५ जनाको मृत्यु : अझै तीब्र रुपमा फैलिदै महामारी

नेपालमा कोरोना संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १३७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३३ पीसीआर परीक्षणमा आइतबार थप २ हजार १३७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ३४५ परीक्षणबाट ४११ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ३७८ परीक्षणमा २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १४ हजार ८७७ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप २ हजार २९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६९ हजार २९९ छ ।reedmore…………

चितवनको निषेधाज्ञामा पुनः कडाई गरिएको छ । यस अघि क्रमशः खुकुलो बनाईदै आएको निषेधाज्ञा संक्रमण बढ्दै गएपछि कडाई गरिएको हो ।प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै साउन २४ गते रातीदेखि लागू हुने गरी निषेधाज्ञामा कडाई गरिएको हो । निषेधाज्ञा साउन ३२ गतेसम्म जारी रहने छ ।

 

जारी आदेशमा खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा/मासु, अण्डा, चल्ला, दाना खान पकाउने ग्याँस पसल, एग्रोभेट, बीउबिजन, रासाायनिक मल र भेटेनरी औषधि पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने व्यवयवस्था गरिएको छ । दूध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म समेत सञ्चालन गर्न पाईने छ ।

 

यस्तै अन्य पसलहरु आईतबार, मंगलबार र बिहिबार दिउँसो १२ देखि ६ बजेसम्म सञ्चालन गर्न पाईने व्यवस्था गरिएको छ ।निजी तथा सार्वजनिक सवारी साधनको हकमा जोर गते जोर नम्बर र विजोर गरे विजोर नम्बर मात्रै सञ्चालन गर्न पाईने छ ।

२०७८ श्रावण २४, आईतवार प्रकाशित 1 Minute 82 Views