२०७८ आश्विन ४ सोमबार

फेरी आयो IPO बन्ने होइन त मालामाल ??

साउन २० र २७ गते दुई कम्पनीको ६३ लाख ९३ हजार ७ सय ५० कित्ता आइपिओ निष्काशन हुँदैछ । साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ भने मानुषी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ निष्कासन गर्नेछ ।

सानीमाले ३ लाख ( ५ प्रतिशत सेयर) कर्मचारी र ३ लाख (५ प्रतिशत) सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ ।

बाँकी ५४ लाख कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त समयमा आइपिओ बिक्री नभएमा भदौ २ गतेसम्म आइपिओ निष्कासन खुला हुनेछ । सानिमा लाइफको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ ।

यता मानुषी लघुवित्तले ०.५ प्रतिशत ( ५ हजार ४ सय ६९ कित्ता) कर्मचारी र ५ प्रतिशत (१९ हजार ६८८ कित्ता ) म्युचुअल फन्डलाई छुट्याएको छ ।

२०७८ श्रावण १२, मंगलवार प्रकाशित 0 Minutes 142 Views