२०७८ आश्विन ४ सोमबार

Pubg,Free fire र Call Of Duty बन्द गर्न सदनमा बहस

संसदमा अनलाइन गेम बन्द गर्न माग भएको छ ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद आशाकुमारी विकले अनलाइन गेमका कारण बालबालिका तथा

अभिभावकहरूमा समेत मानसिक समस्या उत्पन्न भएकाले त्यस्ता गेम बन्द गर्नुपर्ने माग गरेकी हुन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले त्यस्ता गेम बन्द गर्न आग्रह गरेकी हुन् ।

उनले भनिन्, ‘इन्टरनेट प्रयोग बढेको छ, यो खुसीको कुरा हो । तर, पब्जी र फ्रि फायर जस्ता खेलको लतमा बालबालिका परेका छन् ।

उनीहरूमा डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिएको छन् । पछि गएर मानसिक रोगी बन्न सक्छन् । त्यसैले अनला

सरकारले यी गेम बन्द नगरे अभिभावक नै न्याय खोज्दै अदालत जानुपर्ने दिन आउने उनले बताइन् ।

यस्तै प्रभाव रही रहे भविष्यमा मानसिक अस्पतालको कमी हुने पनि उनको भनाइ छ ।

गेमको लतका कारण बालबालिकाहरूमा डराउने, झर्किने जस्ता समस्या देखा परेको उनको भनाइ छ ।

सरकारले यस्ता गेम बन्द नगरे अभिभावकहरू अदालत जाने उनले बताइन् ।

२०७८ श्रावण १२, मंगलवार प्रकाशित 0 Minutes 372 Views