२०७८ आश्विन ४ सोमबार

भाईरल सूरज घिमिरेको मनै रूवाउने अबस्था : (भिडियो सहित)

टिकटक बनाएर निकै नै चर्चामा रहनु भएका सूरज घिमिरे को बस्ताबिकता सायदै कसैलाइ थाह नहून सक्छ,दिनहु लाखौ भिडियो अपलोड हुने टिकटक जस्तों सामाजिक संजालले धेरैको पहिचान लाई फ़रक धारबाट देखाऊने सुनौलो मौक़ा दियाकोछ । त्यों मध्यका एक हून सूरज घिमिरे ।

जिबन्त अभिनय का कारण रात रात भाईरल भएका सूरज का फ़्यान फलोईंगको कमी छैन । टिकटक बाटै उहाको लागी ज्यान दिनेको लाइन लाग्छ “अभिनय भनेको यस्तो हुनू पर्छ “, उहाको टिकटक यस्तो कमेंट धेरै देख्न पाइन्छ । हालैमात्र नेपालका चर्चित youtuber भोजराज काफ़्ले ले लियको एक interviewमा सुरज घिमिरेको बस्ताबिक अबस्था सामुण्य आयको छ । interview मा सूरज आफुलाई संसारकै धनी हु भन्दै आफू संग माया गर्ने बुवा आमा रहेको बताऊनु हूँछ ।

बाक़ी भिडियो बाट नै हेराऊँ

Must read

। तेस्रो त्रैमासदेखि नै लकडाउन शुरु भएकाले राम्ररी कर्जा लगानी गर्न नसकेका बैंक तथा वित्तीय संस्थाहरुको गत वर्षको वित्तीय विवरणले भने कोरोनाले ठूलो असर नपरे जस्तो देखिएको थियो ।

वित्तीय विवरणमा केही बैंकको नाफामा सामान्य गिरावट आएको र केहीको नाफा बढेको देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेका केही बैंकबाहेक अरुको नाफा बढेकै देखिन्छ ।
वित्तीय विवरणमा ठूलो असर नदेखिए पनि कालान्तरमा यसको निकै ठूलो प्रभाव पर्ने विज्ञहरुको विष्लेषण छ । अन्तर्राष्ट्रिय मुद्रा कोष –आईएमएफ) ले नेपालको बैंकिङ क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) का कारण निकै ठूलो असर पर्ने बताएको छ ।केही दिनअघि नेपाल राष्ट्र बैंकका अधिकारी र बैंकिङ क्षेत्रका अन्य विज्ञहरुसँगको छलफलमा आईएमएफका प्रतिनिधिले नेपालको बैंक तथा वित्तीय संस्थाको निस्कृय कर्जा निकै बढ्ने बताएका थिए ।

राष्ट्र बैंकका अनुसार, २०७७ असार मसान्तसम्म लगानी भएको ३२ खर्ब ७६ अर्ब ऋणमध्ये १ खर्ब ७४ अर्ब रुपैयाँ हायर पर्चेजमा छ । त्यसमा पनि व्यक्तिगत प्रयोगका लागि ५९ अर्ब ऋण लगानी भएको छ । त्यस्तै, १ खर्ब १५ अर्ब रुपैयाँ व्यवसायीका लागि हायर पर्चेज लगानी भएको छ । यो जोखिमको लगानी हो ।
हाल बैंकहरुको औसत निस्कृय कर्जा २ प्रतिशतभन्दा तल छ । ४ प्रतिशतभन्दा कम निस्कृय कर्जा हुनु राम्रो मानिन्छ । तर अब नेपाली बैंकहरुमा निस्कृय कर्जा ८०० प्रतिशतसम्म बढ्ने आईएमएफको अनुमान छ ।निस्कृय कर्जाबारे राम्रै बहस भएको थियो, अहिले राम्रो अवस्था देखिएको निस्कृय कर्जामा कोभिडले निकै गहिरो असर पार्ने सबैको ठम्याइ थियो’, राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘निस्कृय कर्जा अनुपात बढेर १० देखि १५ प्रतिशतसम्म पुग्ने अनुमान आइएमएफले गरेको छ ।’

गत आर्थिक वर्षको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाहरुको लगानी ३२ खर्ब ७६ अर्ब छ । यसको १५ प्रतिशत (४ खर्ब ९१ अर्ब) सम्म खराब कर्जाको अनुपात पुग्ने अनुमान छ । करिब ५ खर्ब कर्जा जोखिममा पर्ने देखिएको छ । सर्वसाधारणले त्यसको असर देख्न भने समय लाग्ने छ ।पूर्व बैंकर सुमन शर्मा केन्द्रीय बैंकले दिएको सुविधाका कारण बैंकहरुको वित्तीय विवरणमा खराब कर्जा नदेखिएको बताउँछन् । कालान्तरमा यसले निकै नराम्रो प्रभाव देखाउने उनको विश्लेषण छ ।

उनका अनुसार बैंकको ऋण लिएका केही प्रतिशत बिजनेस यो अवधीमा डुबिसकेका हुनसक्छन् । अब ‘रिभाइभ’ हुन गाह्रो पर्ने ती बैंकहरुको खराब कर्जामा नदेखिने भए । बैंकले दिएको ऋणको खराबी वाचलिस्टमा गएर लुकेको हुन्छ । ‘यस्तो बेलामा बैंकले एक्सन लिन पनि मिलेन’, शर्मा भन्छन्, ‘कुनै न कुनै दिन त समस्या बाहिर आइहाल्छ । यसको असर कोभिड सकिएपछि पनि देखिन सक्छ ।’वाणिज्य बैंकहरुका सीईओको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल कोभिड महामारीले अर्थतन्त्रमा गहिरो प्रभाव पारेको बताउँछन् । यसका असरहरु बिस्तारै देखिने उनले बताए ।

लकडाउन खुलेपछि भने ऋण लगानीमा सुधार भएको र तिर्नेहरुको संख्या पनि बढ्ने देखिएको दाहालले बताए । उनका अनुसार, नतिर्नेको संख्या पनि सानो छैन ।लकडाउन खुलेपछि यातायात क्षेत्रमा सुधार देखिए पनि होटल, विद्यालय, फिल्म हलहरु समस्यामै छन्’, सानिमा बैंकका सिइओ रहेका दाहाल भन्छन्, ‘यी क्षेत्रमा गएको ऋण तिर्न समस्या पर्ने देखिएको छ ।’राष्ट्र बैंकका अनुसार, २०७७ असार मसान्तसम्म लगानी भएको ३२ खर्ब ७६ अर्ब ऋणमध्ये १ खर्ब ७४ अर्ब रुपैयाँ हायर पर्चेजमा छ । त्यसमा पनि व्यक्तिगत प्रयोगका लागि ५९ अर्ब ऋण लगानी भएको छ । त्यस्तै, १ खर्ब १५ अर्ब रुपैयाँ व्यवसायीका लागि हायर पर्चेज लगानी भएको छ । यो जोखिमको लगानी हो ।

राष्ट्र बैंकका अनुसार, यस अवधिमा रियल स्टेटमा ४ खर्ब १६ अर्ब र ओभरड्राफ्टमा ४ खर्ब ८९ अर्ब रुपैयाँ लगानीमा रहेको छ ।
पछिल्लो ४ वर्षमा बैंकहरुले निकै धेरै लगानी गरेका गरेका छन् । यो अवधिमा कर्जा लगानी दोब्बर बढेको छ । २०७२ असारमा बैंक तथा वित्तीय संस्थाहरुले १३ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी गरेकामा २०७६ असार मसान्तसम्म आइपुग्दा यो रकम २९ खर्ब १० अर्ब पुग्यो । गत आर्थिक वर्षको अन्त्यसम्म कर्जा लगानी ६६ अर्बले बढेर ३२ खर्ब ७६ अर्ब रुपैयाँ पुग्यो ।कर्जा लगानी अधिक हुँदा बैंकहरुले तरलता (लगानीयोग्य रकम) अभाव खेप्नुपरेको थियो । चार वर्षमा शतप्रतिशत कर्जा लगानी वृद्धि भएको विषयमा अध्ययनहरु पनि भए । आईएमएफले एउटा मिसन नै बनाएर अध्ययन गर्यो, जसको नाम थियो– ‘आर्टिकल फोर’ ।

त्यो मिसनले कर्जा लगानी धेरै विस्तार हुनुको कारण ‘एभरग्रिनिङ’ (कर्जा तिर्न कर्जा) भन्ने निश्कर्ष निकालेको राष्ट्र बैंकका एक अधिकारी बताउँछन् । उनी भन्छन्, ‘त्यसले एउटा बैंकको कर्जा तिर्न अर्को बैंकबाट कर्जा लिने प्रचलन बढेको देखाएको थियो, जसले कर्जा लगानी धेरै देखिन्थ्यो ।’कोभिडपछि बैंकहरुले कर्जा लगानी गर्न सकेनन् । लकडाउन खुलेपछि भने कर्जा लगानी बढ्दै गएको छ । बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा मात्र २७ वटा वाणिज्य बैंकले ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।अहिले कर्जा किन बढिरहेको छ भन्ने चासोको विषय भएको पूर्व बैंकर शर्मा बताउँछन् । ‘किनभने, धेरै व्यापार–व्यवसाय अझै बन्द छन्, नयाँ शुरु भएको पनि होइन’, उनी भन्छन्, ‘पहिले जस्तै ‘एभरग्रिनिङ’ भएको हो भने त बैंकिङ क्षेत्रलाई अझ वेफाइदा हुन्छ ।’

२०७८ श्रावण १३, बुधबार प्रकाशित 1 Minute 74 Views