२०७८ आश्विन ४ सोमबार

एक हजार जना श्रमिकलाई इजरायल पठाउने:महिनामा १६०० सय अमेरिकी डलर

सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने गरी विज्ञापन प्रकाशित गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान गरेको थियो ,यसरी जाने श्रमिकले महिनामा १६०० सय अमेरिकी डलर अर्थात् एक लाख ९२ हजार बराबर मासिक तलब पाउनेछन् ।..

एक हजमारमध्ये महिला ७०० जना महिला र ३०० जना पुरुष छानिनेछन् । त्यसरी जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने । श्रमिकले खानाको खर्च आफैंले गर्नुपर्ने हुन्छ ।सुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । पासपोर्टको म्याद कम्तिमा ३ वर्ष पुगेको र विगतमा इजरायलमा काम नगरेकाहरुले आवेदन दिनसक्नेछन् ।

इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ । त्यहाँ तोकिएका आयकर लगायतका कर पनि तिर्नुपर्ने हुन्छ ।सरकारले ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका-२०७८’ जारी गरिसकेको छ । निर्देशिकाले २५ वर्ष पुरा भएर ४५ वर्ष ननाघेका नेपाली नागरिकले इजरालयको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि जानसक्ने व्यवस्था गरेको छ ।

सरकारले इजरायलबाट आउने मागपत्रका आधारमा २१ दिनको समय दिएर परीक्षाका लागि आवदेन माग्नेछ । अनलाइनबाटै दरखास्त दिन सकिने छ । निर्देशिकाअनुसार दरखास्त स्वीकृत गरेर निवेदकको मोबाइलमा यसको सूचना दिइने छ ।तोकिएको योग्यता भने पुरा गरेका व्यक्तिले परीक्षा पास गर्नुपर्नेछ । अंग्रेजी भाषाको ज्ञानलाई अनिवार्य गरिएको छ । असल चरित्र भएको र मानसिक तथा शारीरिक रुपमा स्वस्थ हुनुपर्ने शर्त पनि छ ।

रोजगारीमा जाने व्यक्ति कम्तिमा १.५ मिटर उचाई र ४५ केजी तौल भएको हुनुपर्ने व्यवस्था छ । कम्तिमा १० कक्षा पास गरी अनमी वा सीएमएको कम्तिमा १५ महिनाको अध्ययन पुरा गरेका वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरेर सरकारबाट स्वीकृति प्राप्त संस्थामार्फत ३ महिनाको तालिम लिएकाहरुले पनि परीक्षामा भाग लिन पाउनेछन् ।

दरखास्त दिएकाहरुले तोकिएको दिनमा तोकिएको स्थानमा पुगेर आफ्नो उचाई र तौल नापजाँच गराउनुपर्नेछ ।अंग्रेजी भाषाको परीक्षा भने रोष्टरमा रहेका विज्ञले लिनेछन् । विज्ञले दिएको अंकका आधारमा विभागका महानिर्देशक संयोजक रहेको छनोट समितिले मागसंख्या भन्दा २५ प्रतिशत बढी व्यक्तिको सूची प्रकाशन गर्नेछ र त्यसलाई इजरायलमा पठाउनेछ ।

नेपालबाट पठाएको नामावली मध्येबाट इजरायलको पीआईबीए नाम संस्थाले छनोट गरेर पठाएका व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ ।भिसाको शुल्क रोजगारदाताले तिर्नुपर्ने छ । तर, बीमा शुल्क, हवाईभाडा, अभिमुखीकरण शुल्क र कल्याणकारी शुल्क भने श्रमिकले नै तिर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।

इजरायलले पाँच सय नेपाली श्रमिक लैजाने गरी २०७७ माघ ८मा समझदारी गरेको थियो ।

२०७८ श्रावण १३, बुधबार प्रकाशित 1 Minute 289 Views