२०७८ आश्विन ४ सोमबार

चितवनमा अत्याधुनिक प्रबिधी सहितको मानसिक अस्पताल : स्थापनाको ३ बर्समा ५०० भन्दा बड़ी लाभान्वित

चितवन। मनोचिकित्सक डाक्टर गिरीराज भन्तानाले बिरामीको उपचार बापत लिने सेवा शुल्कमा ७५ प्रतिशत छुट दिने बताउनुभएको छ । विगत तीन वर्षदेखि चितवनको खैरहनी ११, कठार, गैडाहामा सञ्चालित ब्युटीफुल माइन्ड रिहाबिलिटेशन सेन्टरमा कार्यरत डाक्टर भन्तानाले कोभिड महामारीको यस विषम् परिस्थितिमा हरेक बिरामीको उपचारबाट आफूले आर्जन गर्ने सम्पूर्ण शुल्कको ७५ प्रतिशत सोही बिरामीकै लागि छुट गर्ने उद्घोष गर्नुभएको हो ।

झण्डै डेढ वर्ष लामो समयदेखि फैलिइरहेको कोरोना महामारीका कारण मनोरोगीको संख्या पनि बढ्न गएको छ । नयाँ मानसिक समस्या थपिएको छ, उहाँले भन्नुभयो, कोरोना महामारीले देशको अर्थतन्त्रलाई ठूलै धक्का दिएको अवस्थामा मनोरोगीहरुको जीविकोपार्जन नाजुक भएर क्रयशक्तिमा धेरै कमी आएको यथार्थ छ । मनोरोगीहरुको उपचारमा अझ बढी चुनौती थपिएको छ । देशमा विद्यमान सरकारी निकायले मनोरोगीको उपचारको भार थेग्न सक्ने अवस्थै छैन ।

यस्तो विकराल घडीमा मानसिक स्वास्थ्यको क्षेत्रमा थप योगदान गरुँ भन्ने हेतुले यही आषाढ १ गतेदेखि आगामी ६ महिनासम्म आफूले ७५ प्रतिशत शुल्क नलिएर बिरामीलाई नै सहुलियत दिने घोषणा Enepalisamachar मार्फत् उहाँले सबैमा गर्नुभएको छ । बाँकी २५ प्रतिशत आम्दानीले नै आफ्नो खर्च कटौती गरी निर्वाह चलाउने उहाँले बताउनुहुन्छ ।

व्यक्तिको घर जग्गा नै बेचेर लगानी गरिएको ब्युटीफुल माइन्ड रिहाबिलिटेशन सेन्टर नाफामुखी भएपनि गरीब, विपन्न बिरामीलाई विशेष सहुलियत लिएर उपचार गरिँदै आएको छ ।

 

यहाँसम्मकि बेवारिसे बिरामीको निःशुल्क उपचार गर्नसमेत यो संस्था पछि हटेको पाइन्न । तर सरकारी, गैरसरकारी कुनै पनि निकायबाट आफूहरुले सहयोग भने नपाइरहेको संस्थाका एमडी कृष्णबन्धु अधिकारी बताउनुहुन्छ । स्थानीय, प्रदेश एवम् संघीय सरकारसँग समन्वय भएको खण्डमा ब्युटीफुल माइन्डले गरीब, विपन्न लगायत सम्पूर्ण बिरामीलाई प्रवाह गर्ने सेवासुविधा अझ सुलभ र प्रभावकारी बनाउन सकिने संस्थापक अध्यक्ष भन्ताना बताउनुहुन्छ ।

शान्त, रमणीय प्राकृतिक वातावरणमा सञ्चालित यस ब्युटीफुल माइन्डले एलोपेथिक चिकित्सा पद्दतिलाई मुख्य आधार बनाउनुका साथै प्राकृतिक र आध्यात्मिक पाटोलाई पनि अवलम्बन गरी उपचार, पुनस्थापना, सीपमूलक तालिम र रोजगारीको व्यवस्था गर्न समेत सफल भएको यस संस्थाको दाबी छ ।

 

२०७८ श्रावण १४, बिहीबार प्रकाशित 1 Minute 41 Views