२०७८ आश्विन ४ सोमबार

चिप्लियर लड़दा १ लाख ९० हजार डलर पाय !!

आइतबार,जापान
टोकियोको एक अदालतले सुपरमार्केटमा चिप्लिएर लडेका एक ब्यक्ति लाई १ लाख ९० हजार डलर तिर्न सुपरमार्केट सञ्चालकलाई त्याहाको अदालतले आदेश दिएको छ ।

सलादका रुपमा प्रयोग गरिने साग लेटिशबाट चुहिएको पानीका कारण भिजेको भुँइमा चिप्लिएर घाइते भएका ती व्यक्तिलाई सो रकम तिर्न अदालतले सुपरमार्केट सञ्चालकलाई आदेश दिएको हो ।

टोकियोमा बस्ने ६० वर्षिय ती पुरुषले टोकियो जिल्ला अदालतमा सुपरमार्केट सञ्चालक विरुद्ध मुद्दा दायर गरेका थिए । ती व्यक्ति खानागावास्थित एक सुपरमार्केटमा पाँच वर्षअघि किनमेल गर्न गएका थिए । यस क्रममा उनी किराना सामान पाइने हिस्साको भुँइमा लडे । सो घटनापछि उनी अपाङ्ग भए अनि चिसो भुँइका कारण आफू चिप्लिएको भन्दै क्षतिपूर्ति माग गरी मुद्दा हाले ।

भुँइ चिसो नभएको र ती व्यक्ति चिप्लो खालको चप्पल लगाएकोले चिप्लिएको भन्दै सुपरमार्केटले सो दाबीको खण्डन गर्दै आएको थियो । तखताबाट हरेक पटक ग्राहकहरुले रातो पात भएको लेटिश उठाउँदा यसमा भएको पानी भुँइमा चुहिने अनि भुँइ भिज्ने गरेको टोकियो जिल्ला अदालतका न्यायाधीस शिनादा युकिओले फैसला सुनाउने क्रममा भनेका छन् ।

यस्तो हुन सक्छ भनेर सुपरमार्केट सचेत रहेको भएपनि नियमित रुपमा पुछ्ने जस्ता कदम चालेर समस्या सम्बोधन नगरेको उनले बताए । भुँइमा चिप्लेर अपाङ्ग हुन पुगेका ती व्यक्तिको आय गुमेको र अपाङ्ग हुनु परेको अवस्थाको क्षतिको पूर्ति गर्न पीडितलाई २ करोड १० लाख येन तिर्न युकिओले सुपरमार्केट सञ्चालकलाई आदेश दिएका छन् । यस मामिलामा सुपरमार्केट सञ्चालकले प्रतिक्रिया दिइ नसकेको बताइएको छ ।

आँखा र सिङ तीन/तीन र मुख दुई वटा भएको गाई हेर्न भीडअनौठो प्रकारको गाईलाई हेर्न यहाँ मानिसको भीड लागेको छ ।

अनौठो गाई प्रत्यक्ष अवलोकन देखेकामध्ये कतिपयले यसलाई धार्मिक आस्थाका साथ पुजासमेत गर्दै आएका छन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

मकवानपुर हेटौडा १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले ल्याएको तीन आँखा र तीन सिङ र दुई मुख भएको गाईलाई बिभिन्न ठाउमा देखाइएको छ ।अनौठो गाई हेर्न भन्दै मानिसहरुको भीड लागेको छ ।

मन्दिरको सहयोगार्थ अनौठो गाई लिएर गुल्मीका विभिन्न स्थानहरुमा पुर्याइएको छ । गाईलाई गाडीमा हालेर स्थानीय बजार र चोक–चोकमा

पुर्याइएको छ ।पुर्याइएको ठाउँमा मानिसहरुको भीड लाग्ने र उनीहरुले आफू सक्दो भेटी चढाउने मन्दिर व्यवस्थापन समितिका सदस्यले जानकारी दिए ।

२०७८ श्रावण १७, आईतवार प्रकाशित 0 Minutes 153 Views