२०७८ आश्विन ४ सोमबार

Samsung र Apple लाई पछी पार्दै No १ मा पर्यो यो Company ।।

सामसङ इलेक्ट्रोनिक्सबाट पहिलो पटक विश्वको नम्मर १ स्मार्टफोन कम्पनीको ताज खो’सिएको छ।

केहि समययता चिनियाँ स्मार्टफोन कम्पनी साओमीसँग तिब्र प्रतिष्प’र्धा गरिरहेको सामसङलाई पहिलो पटक साओमीले प’छारेको छ। तिन बर्ष अघि नै भारतिय बजारमा सामसङलाई पछाडी पारिसकेको साओमीले यस पटक भने विश्व प्रख्यात अमेरीकी कम्पनी एप्पललाई समेत पछी पार्दै नम्मर १ कम्पनी बन्न सफल भएको छ।

बजार अनुसन्धा’नकर्ता कम्पनी काउण्टरप्वाइन्ट रिसर्चका अनुसार चिनियाँ कम्पनी साओमीले जुन महिनामा विश्व स्मार्टफोन बजारको १७.१ प्रतिशत हिस्सा ओगटेको छ। त्यसैगरी दोश्रो नम्मरमा कोरियन कम्पनी सामसङ रहेको छ। जुलाई महिनामा कुल स्मार्टफोन विक्रीमा सामसङको हिस्सा १५.७ प्रतिशत रहन गयो। त्यसैगरी अमेरिकी प्रख्यात कम्पनी एप्पलको बजार हिस्सा १४.३ प्रतिशत रह्यो। साओमी कम्पनीले अघिल्लो महिनाको तुलनामा जुन महिनामा आफ्नो मोबाईल फोन विक्री २६ प्रतिशतले बढाउन सफल भएको हो।

सन २०११ बाट मोबाईल फोन निर्माणमा छिरेको चिनियाँ कम्पनी साओमीले अहिले विश्व बजारमा आफ्नो छाप छोडन सफल भएको छ। यसका सिइओले धेरै पटक सामसङलाई पछि पारि आफू नम्मर १ हुन चाहेको र आज त्यो सपना पूरा भएको बताएका छन। अमेरिकाले हुवाई कम्पनीमाथि प्रतिबन्ध लगाएपछी साओमीलाई बजार विस्तारमा केहि सहयोग भने पुगको थियो।

सामसङको भियतनाममा रहेको प्लान्टमा को’रोनाको कारण उत्पादन हुन नसकेपछि त्यसको अ’सर कम्पनीलाई परेको बताइएको छ। त्यसैगरी चीनमा जुन महिनामा सपिङ प्रमोसन इभेन्टका कारण साओमीको बिक्री बढेको मानिएको छ। चिनको ब्यापार मे महिनाभन्दा जुन महिनामा १६ प्रतिशतले बढेको पाइएको छ।
Readmore…..

सरकारले कोभिड-१९ विरुद्धका सबै खोप प्राप्तिका लागि पहल गरेको अवस्थामा फाइजरसँग पनि “एक तहको समझदारी भइसकेको” र उक्त खोप खरिद गर्नका लागि “स्रोतको पनि जोहो भइसकेको” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए।अमेरिकासहित केही मुलुकमा फाइजर-बायोएनटेकले विकास गरेको खोप १२ वर्षमाथिका उमेर समूहमा पनि प्रयोगमा ल्याइएको छ।

नेपालमा पनि सरकारले १२ देखि १८ वर्ष उमेर समूहका मानिसलाई उक्त खोप दिने लक्ष्य राखेको अर्यालले जानकारी दिए।

२०७८ श्रावण २३, शनिबार प्रकाशित 1 Minute 87 Views