२०७८ आश्विन ४ सोमबार

दक्षिण कोरियाली महिलाको कपाल छोटो हुनुको रहस्य

दक्षिण कोरियाली धनुकाण खेलाडी आन सानले तीन ओलिम्पिक्स स्वर्ण पदक जित्दा उनले प्रशंसा मात्रै पाइनन्, आलोचना पनि खेपिन्।
किनभने उनले छोटो पारेर कपाल काटेकी थिइन्।उनलाई लक्षित अपमानजनक शब्दमध्ये एक ‘नारीवादी आन’ भन्ने थियो। कोरियाली भाषामा नारीवादी शब्दले पुरुषलाई घृणा गर्ने भन्ने खालको नकारात्मक अर्थ राख्छ।एक पुरुषले एउटा पोस्टमा लेखेका छन्: “उनले स्वर्ण जितेको कुरा राम्रो हो तर उनको छोटो कपालले उनलाई नारीवादी जस्तो देखाउँछ। यदि त्यस्तो हो भने म मेरो समर्थन फिर्ता लिन्छु। सबै नारीवादी मर्नुपर्छ।

उनलाई आलोचना गर्ने बढ्दै गएपछि उनले एउटा अभियान सुरु गरिन्। देशभरिका हजारौँ महिलाहरूले आफ्नो छोटो कपाल भएको तस्बिर सामाजिक सञ्जालमा राख्दै यसले आफूलाई अन्य महिलाभन्दा कम नबनाउने कुरा लेखे।
दक्षिण कोरियाका महिलाहरूले लामो समयदेखि विभेद र दुराचार भोगिरहेका छन् तर गएको दशकमा उनीहरूले मीटू अभियान र गर्भपतन प्रतिबन्ध खुलाएर केही अगाडि बढेका छन्।त्यसो भए यो नयाँ अभियानले थप परिवर्तन ल्याउँछ त?

यसले-मलाई-अरू-महिलाभन्दा-फरक-बनाउँदैन”??
हान जियोङ ट्विटरमा सुरु भएको छोटो कपाल अभियानको केन्द्रमा छिन्। उनले #women_shortcut_campaign  #ह्याशट्याग सुरु गरेकी हुन्।उनले बीबीसीलाई सबै पुरुषप्रधान सामाजिक सञ्जालमा आनप्रति लक्षित एक वा दुई नभई धेरै नै दुराचारी प्रतिक्रिया देख्दा आफूलाई दुःख लागेको बताइन्।उनका अनुसार त्यस्ता प्रतिक्रिया लेख्नेहरू धेरै युवकहरू भए पनि केही पाको उमेरका पुरुष र अझ केही महिला पनि छन्।

यो खालको आक्रमणले पुरुषले महिलाको शरीरलाई नियन्त्रण गर्न सक्ने र महिलाले नारीवादी परिचय लुकाउनु पर्ने सन्देश दिन्छ,” उनले भनिन्।”महिलाहरूले छोटो कपाल देखाउने अभियान सुरु गरेर ओलिम्पिक्स खेलाडी महिलासँग ऐक्यबद्धता जनाउँदा त्यो प्रवृत्तिविरुद्धको अभियान हुन्छ भन्ने मलाई लाग्यो।

बीबीसी नेपाली बाट

२०७८ श्रावण २६, मंगलवार प्रकाशित 1 Minute 131 Views