२०७८ आश्विन ४ सोमबार

कोरिया लैजाने काम सुरु : सबैको मुहारमा खूसियाली

करिब १८ महिना अघिदेखि रोकिएको इपिएस मार्फत रोजगारीमा दक्षिण कोरिया श्रमिक पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सरकारले कार्यविधि सं’शोधन गर्दै काठमाडौंबाट दक्षिण कोरियाको राजधानी सउलसम्म सिधा हवाई टिकट खरिदका लागि आज अर्थात बुधबार टेन्ड’र आ’ह्वान गरेको हो।

सरकारले आर्थिक वर्ष २०७९/०७९ वा कोरोना महामा’रीका कारण सीधा उडानमार्फत पठाउनुपर्ने सर्तमध्ये जुन पहिला आउँछ, सो अवधिसम्मका लागि हवाई टिकट खरिद गर्न टेन्डर आह्वान गरेको हो। यसअघि पनि दक्षिण कोरिया श्र’मिक पठाउने टे’न्डर आह्वान हुन्थ्यो। तर सीधै दक्षिण कोरिया पठाउनुपर्ने स’र्त थिएन। तर यसपटक कोरोना जोखिमका कारण कोरियाले सीधै सीओल पुग्नुपर्ने स’र्त राखेपछि सरकारले कार्यविधि संशो’धन गरी त्यसअनुसार टेन्डर आ’ह्वान गरेको हो। इजजात प्राप्त संस्थाहरूलाई ३१ दिनभित्र विद्युतीय बोलपत्र पेस गर्न सरकारले भनेको हो।

यसअघि दक्षिण कोरिया जाने श्र’मिक जुन उडानबाट सस्तो हुन्छ, त्यसैबाट ट्रा’न्जिट हुँदै जाने गरेका थिए। तर अहिले सीधै कोरिया पुग्नुपर्नेछ। नेपालबाट दक्षिण कोरियासम्म कोरियन एयरलाइन्सले मात्रै सी’धा उडान गर्छ। नयाँ टेन्डरअनुसार लाग्ने हवाईभाडा पनि श्र’मिकले नै तिर्नेछन्। बढी भाडा तिरेर पनि श्र’मिक कोरिया जान तयार भएपछि सरकारले कार्यविधि सं’शोधन गरी बाटो खुलाएको हो।

कोरियाले राखेका अरू दुई स’र्त पालना गर्न भने श्रमिक यसअघि नै तयार भइसकेका छन्। श्रमिकले त्यहाँ आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्ने र को’रोना बिमा गर्नुपर्ने सर्त पनि दक्षिण कोरियाले राखेको छ। तर मुख्य स’मस्या उडान देखिएपछि कार्यविधि संशोधन गर्नुपरेको हो।

कोरो’ना सं’क्र’मण सुरु ‘भएपछि अन्तर्राष्ट्रिय उडान ब’न्द गरेसँगै रोजगारीका लागि श्रमिक दक्षिण कोरिया पठाउन पनि ब’न्द भएको थियो। झन्डै ७ हजार नियमित र पुनः जान लागेका ३ हजार श्र’मिक रोकिएको श्र’म रोजगार तथा सामाजिक’ सु’रक्षा मन्त्रालयले जनाएको छ।

२०७८ भाद्र २, बुधबार प्रकाशित 1 Minute 148 Views