२०७८ आश्विन ४ सोमबार

अब घरबाटै नक्सा पास हुने : नेपालमै पहिलो पटक चितवनको भरतपुर मानहानगर बाट सुरु ।।

भरतपुर महानगरपालिकाले नक्सा पास प्रक्रियालाई पेपर लेस बनाएको छ । सेवाग्राहीले नक्सा पास गर्न कागजी फाइल बोकेर प्राविधिकको टेवल धाउनुपर्ने घन्टौँसम्म लाइनमा कुरेर बसिरहनुपर्ने बिगतको बाध्यतालाई अन्त्य गर्न महानगर सफल बनेको हो ।

महानगरमा कार्यक्रमको आयोजना गरी अनलाइन भवन निर्माण अनुमती प्रक्रिया पोर्टल घर नक्सा सफ्टवयरको शुभारम्भ गरिएको छ । महानगर प्रमुख मेयर रेनु दाहालले सफ्टवयरमार्फत १५ दिने सुचना सेवाग्राहीलाई उपलब्ध गराएर घर नक्सा सफ्टवयरको शुभारम्भ गरेकी हुन् ।
भुकम्प प्रबिधि राष्ट्रिय समाज नेपालले करिव २० लाख खर्च लाग्ने सो सफ्टवयर भरतपुर महानगरलाई निःशुल्क रुपमा बनाएर हस्तान्तरण गरेको महानगरका वरिष्ठ इन्जिनियर्स सुर्यप्रकाश लामाले बताए । यो सफ्टवयरले घरमै बसेर नक्सा पास गर्न सकिने लामाले बताए ।

भुकम्प प्रबिधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले सुरक्षित सहर र ब्यवस्थित भवन निर्माण गर्दै स्मार्ट सिटी निर्माण गर्न यो सफट्वयरले महत्वपूर्ण भुमिका खेल्ने बताए । यो सफट्वयर बहुउपयोगी हुने र यसले कर्मचारीलाई कामप्रति थप जवाफदेही बनाउने र सेवाग्राही पनि फाइल बोकेर कार्यालयमा टेवल÷टेवल कर्मचारी खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ ।

यो सफट्वयरले कन्सल्टेन्सी र महानगरलाई थप उपभोक्ता सेवामा जिम्मेवार बनाएको सफट्वयर निर्माणमा काम गरेका इन्जिनियर सुमन प्रधानले बताए । कन्सल्टेन्सीले अनलाइनमा विवरण इन्ट्री गरेपछि नगरपालिकाको विभिन्न फाँटका इन्जिनियरले ठिक भए नभएको जाँच गरेपछि १५ दिने सुचना प्रकाशित हुने र त्यसपछि घर निर्माणको आवश्यक काम अगाडि बढ्ने उनको भनाइ छ ।
निर्माण पुरा भएपछि त्यही अनलाइनमा रेकर्ड भएको डाटाका आधारमा सम्पन्नता को प्रमाणपत्र सेवाग्राहीले पाउने छन् । यसले महानगरमा निर्माण हुने भौतिक संरचनाको अनलाइन रेकर्डका साथै जिपिएस लोकेसनसमेत एकिन गरेर स्मार्ट सहर बनाउन सहजता मिल्ने उनको भनाइ छ । अहिलेको प्रणालीमा अनलाइन शुल्क भुक्तानी गर्ने र कामको प्रगति कति भयो भनेर सेवाग्राहीले हेर्न मिल्ने व्यवस्था सफट्वयरमा समाबेश छैन । यसलाई पनि केहीमहिना भित्र समावेश गर्ने योजना परामर्श दाता कम्पनीले बताएको छ ।

सफट्वयमा सेवाग्राहीको पनि पहुँच हुनुपर्छ : प्रवक्ता भण्डारी

कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता तथा वडा नम्वर १० का वडा अध्यक्ष अरुण पीडित भण्डारीले महानगरले अब हरेक काममा पेपर लेस प्रणालीको विकास गर्न लागेको बताए । सेवाग्राहीलाई अनावश्यक कार्यालयमा हुने झन्झटबाट मुक्ति दिन पनि अब अनलाइन प्रबिधिमा आफूहरु अगाडि बढ्न लागेको उनको भनाइ छ ।

२०७८ भाद्र ५, शनिबार प्रकाशित 0 Minutes 186 Views