२०७८ आश्विन ४ सोमबार

MCC मिसनमा, कलाकार प्रयोग? प्रकाश सपुतले किन दिदैछन प्रस्तुति?

नेपालमा एमसीसी पास गर्नको लागी मरिहत्ते गरेर लागीरहेको अमेरिकाले एमसीसीलाई लिएर नेपाली जनताले चर्को आ`लो`च`ना गरेपछि जनताको मन जित्न अनेक फण्डा गर्न थालेको छ ।

हाकाहाकी सहयोगका नाममा अमेरिकी सेना नेपाल ल्याइसकेको अमेरिकाले नेपाली जनतालाई गुमराहमा राख्न नयाँ फण्डा रचेको छ । अमेरिकी दुतावासले भदौ ७ गते गाइजात्राका दिन एक भुर्चुअल कार्यक्रम राखेको छ जसमा गायक प्रकाश सपूतले पनि प्रस्तुती दिने उल्लेख गरेको छ ।

नेपाली जनतामा ओलोचित भए पछि सेलिब्रटीलाई प्रयोग गरेर वातावरण बनाउँन अमेरिकाले कुटनितीक चा,र्तु,यता देखाएको चर्चा चलेको छ । प्रकाश सपूतको प्रस्तुती रहने भनी नेपाल स्थीत अमेरिकी दुतावासले समाजिक संजालमा पोष्ट गरि बुष्टनै गरेको छ ।

अमेरिकी दुतावासले गरेको पोष्टमा गायक प्रकाश सपूत भिडियो सन्देश दिएका छन् । निकै हसमुख शैलीमा बोलेका सपूतले कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गरेका छन् । अमेरिकी गतिविधी माथी जनस्तर बाट प्रश्न उठिरहेका बेला र एमसीसीको चर्को आलो,चना भइरहेका बेला प्रकाश सपूत किन अमेरिकी दुतावासको कार्यक्रममा सहभागी भएर विज्ञापन गर्दैछन् भन्ने कुरा विचारणीय छ ।

एमससी विरोधी अभियानमा सक्रिय व्यक्तिहरुले अमेरिकी दुतावासले गरेको कार्यक्रममा सहभागी हुन लागेको भन्दै सपूतको आलोचना गरेका छन् ।कलाकारले जसको कार्यक्रममा पनि सहभागी हुन सक्छनी
होइनर ?भन्ने ओटीभी नेपालको प्रश्नमा एमसीसी विरोध अभियानमा लागेका एक व्यक्तिले त्यस्तो कुरा सामान्य अवस्थामा हो तर अहिले देशकै सवाल उठिरहेको र प्रत्यक्ष एमसीसीकै माहोल बनाउन प्रयोग भएको कार्यक्रममा सहभागी हुने कुरालाई कुनै हालतमा स्विकार गर्न नसकिने बताए ।

Beautiful Mind Rehabilitation Center Pvt. Ltd

ओटीभी नेपाल सँगको कुराकानीमा ती व्यक्तिले प्रकाश सपूत आफैँ एमसीसीमा लागेको भन्ने नसकिने तर उनले कार्यक्रममा सहभागी हुँदा विचार भने पुर्याउन नसकेको बताए । हाम्रा कलाकारहरुको अमेरिका भन्ने वित्तीकै थुक निलीहाल्ने प्रवृतीले पनि यसमा काम गरेको उनले बताए ।अमेरिकी दुतावासको कार्यक्रममा सहभागी हुँदा आफ्नो स्टाटस बढ्ने र अमेरिकाको भिसा सजिलै लाग्ने ठानेर प्रकाश सपूत दंग परेको हुन सक्ने उनले बताए । आफ्नो व्यक्तिगत लाभ हेर्नेहरुकै कारणले गर्दा अमेरिकाले नेपालीलाई खेलौना बनाइरहको उनले बताए ।

भदौ ७ गते अमेरिकी दुतावासले गर्ने कार्यक्रम बारे अमेरिकी दुतावासले समाजिक संजालमा विज्ञापन गरेको सूचना यस्तो छ के तपाईं चर्चित गायक प्रकाश सपुत तथा वहाँका गीतहरू ,गलबन्दी, वा कुरा बुझ्न पर्च, को प्रशंसक हुनुहुन्छरु यदि हो भने भदौ ७ गते सोमबार गाईजात्राको अवसरमा अमेरिकी दूतावासले आयोजना गर्ने भर्चुअल कार्यक्रममा वहाँको प्रत्यक्ष प्रस्तुति हेर्न नभुल्नुहोला।

‘साथमा माल्विका सुब्बाले संचालन गर्नुहुने एक महत्वपूर्ण छलफलमा राजदूत बेरी, निरंजन कुँवर, तथा पिंकी लामाले नेपालमा LGBTQI+ अभियान तथा वहाँहरूको अधिकारको अवस्थाबारे बोल्नुहुनेछ। यो अन्तर्कृया समेत प्रकाश सपुतको प्रत्यक्ष प्रस्तुति त छँदैछ। वहाँको कुन गीत तपाईंलाई सुन्न मन छ, कमेन्ट बक्समा लेख्नुहोला। गाईजात्रामा भेटौंला।’

online khabarr bata

२०७८ भाद्र ९, बुधबार प्रकाशित 1 Minute 69 Views