२०७८ कार्तिक ५ शुक्रबार

अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम यतिबेला टिकटकमा छाएका छन्

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम यतिबेला टिकटकमा छाएका छन् । उनको टिकटकको दुईदिनको कमाइ बाहिरिएपछि टिकटिकबाट १४ महिनाको अवधिमा १ करोड बढी पैसा कमाएर चर्चामा आएका कञ्चनपुरका युवा अंशु बर्मा समेत चकित परेका हन्ु ।

पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै भरमा मनग्गे आम्दानी गर्न सकिने चाल पाएपछि गौतम अरु सबै कामधन्दा (प्राय फोगटका) छाडेर यसमा होमिएका हु्न् । उनलाई छोटो समयमै फलिफाप भएको छ । तीन दिन लाइभ बस्दा करिब २ लाख रूपैयाँ आम्दानी भएको उनले बताए ।

कञ्चनपुरका अंशु बर्मा नाम गरेका युवकले १५ महिनामै टीकटकबाट करोड कमाएको भनेर सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको थियो । उनलाई फ्लप पार्ने गरी पुण्य गौतम उदाएका छन् ।

गौतम पहिलोपटक गत शुक्रबार बेलुकी श्रीमतीसँगै लाइभमा बसेका थिए । ९ बजेबाट लाइभ बसेका उनी बिहान साढे ५ बजेमात्र उठे । आफ्नो लाइभमा एकैपटकमा १२ हजारसम्म प्रयोगकर्ताहरू जोडिएको गौतमले बताए ।

‘त्यसपछि त मलाई रस पसिहाल्यो,’ उनले भने, ‘अब समय मिलेसम्म बसिन्छ ।’ श्रीमतीको प्रेरणाले आफू टीकटक लाइभमा बस्न थालेको गौतमले बताए । उनले भने, ‘यसभित्रका प्राविधिक पक्षहरुबारे मलाई धेरै जानकारी थिएन । श्रीमतीले नै सबै सिकाएकी हुन् ।’

डलर कमाउनकै लागि निद्रा मारीमारी टीकटकमा लाइभमा बस्न थालेको भनेर उनको ट्रोल पनि भइरहेको छ । गौतम भने डलर कमाउने भन्दा पनि संसारभरका मानिसहरूसँग जोडिने उद्देश्य लिएको बताउँछन् ।

‘यो टीकटकको दुनियाँ गजबको रहेछ,’ उनले भने, ‘यसमा अल ओभर द वर्ल्ड जोसँग पनि जोडिन सकिन्छ । यही कुराले मलाई लोभ्याएको हो ।’

गौतमले एक चर्चित मिडियामा दिएको अन्तरवार्तामा भनेको कुराकानी यस्तो छःः इमान्दारितापूर्वक भन्नुपर्दा म योजनाबद्ध तरिकाले आएको होइन । अस्ति शुक्रबार के भयो भने श्रीमतीजीले ‘एकछिन फ्रेस हुनुप¥यो लाइभमा बसौं’ भन्नुभयो । ल न त भनेर बसेँ । म देखिनासाथ एकैचोटि ४–५ हजार जोडिन आउनुभयो ।

लाइभमा आउनेहरूले धमाधम उपहारहरू फ्याँक्नुहुने रहेछ । मलाई त यस्तो हुन्छ भन्ने पनि थाहा थिएन । गजबै लाग्यो । अनि त म ९ बजेदेखि लाइभ बसेको मान्छे बिहान साढे पाँच बजे मात्रै उठेँ ।

त्यतिञ्जेलमा मरोमा ३ लाखजति लाइक आएछ । एकचोटिमा १२ हजारसम्म जोडिन आउनुभयो । तपाईंले हेर्नुभएको होला त्यो बेला निद्राले आँखा पनि राताराता भएका थिए । त्यसदेखि यता लगातार बसिरहेको छु । गजब मजा आइरहेको छ ।

हेर्नुस्, अरुले हेर्दा जाबो लाइभ बस्ने त हो नि भनेजस्तो देखिन्छ । तर, यो सजिलो काम होइन । यसमा धेरै दुःखकष्टहरू छन् । धैर्यता चाहिन्छ । लगातार बोलिरहने सामर्थ्य चाहिन्छ । र, सबैभन्दा मुख्य कुरा त सेन्स अफ ह्यूमर चाहिन्छ ।

मेरो सेन्स अफ ह्यूमर तपाईंलाई थाहा नै छ । मान्छेहरूले भन्ने गर्छन् कि भरतमणि पौडेल कमेडी च्याम्पियन भए पनि पुण्य गौतमले जति हँसाउन सक्दैन । म आफ्नो सेन्स अफ ह्यूमरले सबैलाई लाइभमा अड्याएर राख्न सक्छु । सबैमा यस्तो क्षमता कहाँ हुन्छ भन्नुस् त ?

एकजना विदेशमा बस्ने इशा गुरुङ भन्ने बैनी हुनुहुन्छ । सामाजिक सञ्जालमा धेरै फलोअर्स छन् उहाँका । उहाँले पनि लाइभमा बस्छु भनेर तात्नुभएछ । तर, धेरैले सुझाव दिएछन् कि तपाईंले सक्नुहुन्न किनकी तपाईंसँग पुण्य गौतमजस्तो बोल्ने र हँसाउने क्षमता छैन । त्यसपछि हच्किनुभयो ।

इमान्दारितापूर्वक भन्नुपर्छ पैसा त कमाइँदो रहेछ । तीन दिनमा म दुई दिनमात्रै लाइभ बसेँ । बीचमा एक दिन ब्रेक लिएँ । दुई दिन ४८ घण्टामा शौचालय जाने, खाने र सुत्नेबाहेक सबै समय लाइभमा बिताएको छु । यसरी लाइभ बस्दा झण्डै १८÷१९ सय डलर जति आम्दानी भएको छ । यद्यपि, पैसा साट्न चाहिँ भ्याएको छैन ।

इमान्दारितापूर्वक भन्नुपर्दा मैले चाहिँ सामाजिक सेवामा खर्च अलिकति गरौं भनेर हो । मुख्य उद्देश्य यो हो । अर्को कुरा, टीकटकमा अशिक्षित अल्पशिक्षित र आलाकाँचा मान्छेहरु हावी भए । यहाँ शिक्षित बौद्धिक राजनीतिक बुझेको मान्छे पनि चाहिन्छ भनेर हो ।

मलाई अहिले अंशुबर्मा भन्ने भाइसँग पनि तुलना गरिरहेका छन् । तर, उनको र मेरो कुनै तुलना हुँदैन । उनी मेरो लागि त छोराजस्तो हो । मैले र उनले बोल्ने प्रस्तुति स्तर नै अर्को हुन्छ ।

जे भए पनि म त पीएचडी स्कलर हो नि । म राजनीतिबाट उदाएको मान्छे । ती केटाकेटीसँग प्रतिस्पर्धा गर्नु नै छैन । तर, मान्छे के भन्न लागेका छन् भने अंशु बर्माको मार्केटको सटर पुण्य गौतमले बन्द गराइदिन लाग्यो पनि भन्छन् ।

मेरो लाइभमा विदेशीहरू पनि आउनुहुन्छ । उहाँहरूले पनि मलाई उपहार पठाउनुभएको छ । आज लाइभ बस्दा एकजना यूरोपको व्यक्ति आउनुभएको थियो ।

२०७८ आश्विन १४, बिहीबार प्रकाशित 0 Minutes 68 Views

ताजा समाचार