२०७८ कार्तिक ५ शुक्रबार

गोरखा सामागाउँका स्थानीयबासीद्वारा पहिलो पटक मनास्लुको सफल आरोहण

गोरखा सामागाउँका स्थानीयहरुले पहिलो पटम मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

चुमनुब्री गाउँपालिका वडा नं १ सामागाउँका मिङ्मार छिरिङ र डिकी ल्हामुले आफ्नै गाउँमा रहेको मनास्लु हिमालको सफल आरोहण गरेका हुन् ।

स्थानीयको हैसियतमा दुवै जनाले विना असिक्जन मनास्लु हिमालको आरोहण गरेको स्थानीय धार्के लामाले बताए ।

३७ बर्षका मिङ्मार सोही वडाको वडासदस्य हुन् । यस्तै, २१ बर्षकी डिकीले स्थानीय पोशाकमै मनास्लुको चुचुरोमा पुगेकी थिइन् ।

नुब्रीमा प्रचलित पोशाक(छुपा) लगाएर मनास्लुको शिखर टेकेकी आरोहणको व्यवस्था गरेको कम्पनी पायोनियर एड्भेञ्चर ट्रेक्सले जनाएको छ ।

८,१६३ मिटर अग्लो मनास्लु हिमाल विश्वको आठौँ र नेपालको सातौमा अग्लो हिमालमा पर्दछ

२०७८ आश्विन १४, बिहीबार प्रकाशित 0 Minutes 115 Views

ताजा समाचार